के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal
नेपालले मान्दै आएको राष्ट्रिय संम्वत विक्रम १२ महिना तथा सुर्यलाइ प्रमुख मानी चल्ने गर्दछ। यस सम्बत हाल नेपालको राष्ट्रिय सम्बतको रुपमा चल्दै आइरहेको छ। यसको उद्गम स्थल कतिले भारत पनि भनेका छन् भने कतिले नेपाल नै भन्छन्। पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस नाम बिक्रम भएका कारण यसको स्थापना भारतका राजा विक्रमादित्यले गरिएको मानिन्छ। यद्यपि कोहीले चन्द्रगुप्तले नै आफ्नो नाम विक्रमादित्य राखी उनिले नै यो सम्बत चलेको मानिन्छ। तर यथार्थमा भारतीय राजाले यो सम्बन्ध सुरु गरेको नभई नेपालको आफ्नै मौलिक सम्वत्को रुपमा रहेको छ। जसरी नेपाल संवत् नेपालको आफ्नै मौलिक सम्वत् हो यसरी नै विक्रम संम्वत पनि नेपालको आफ्नै मौलिक संम्वत हो। सर्वप्रथम हामी विक्रम संम्वतलाई बुझौ। विसं शक संवत् भन्दा १३५ वर्षअगाडि तथा नेपाल संवत् भन्दा ९३६ वर्षअगाडि र इस्वी सम्बत भन्दा ५६ बर्ष ८ महिना १५ दिन अगाडि रहेको छ। यो सूर्यको गतिअनुसार चल्दछ र यसको तिथिमिति यसै अनुसार मिलेको छ। जसको कारण एक वर्षमा ३६५ दिन रहेको छ भने उत्तरआम्नाय तथा दक्षिणआम्नाय पन...
Comments
Post a Comment