के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal



नेपालले मान्दै आएको राष्ट्रिय संम्वत विक्रम  १२ महिना तथा सुर्यलाइ प्रमुख मानी चल्ने गर्दछ।  यस सम्बत हाल नेपालको राष्ट्रिय सम्बतको रुपमा चल्दै आइरहेको छ। यसको उद्गम स्थल कतिले भारत पनि भनेका छन् भने कतिले नेपाल नै भन्छन्।

पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 

 नाम बिक्रम भएका कारण यसको स्थापना भारतका राजा विक्रमादित्यले गरिएको मानिन्छ। यद्यपि कोहीले  चन्द्रगुप्तले नै आफ्नो नाम विक्रमादित्य राखी उनिले नै यो सम्बत चलेको मानिन्छ। तर यथार्थमा भारतीय राजाले यो सम्बन्ध सुरु गरेको नभई नेपालको आफ्नै मौलिक सम्वत्को रुपमा रहेको छ। जसरी नेपाल संवत् नेपालको आफ्नै मौलिक सम्वत् हो यसरी नै विक्रम संम्वत पनि नेपालको आफ्नै मौलिक संम्वत हो।

सर्वप्रथम हामी विक्रम संम्वतलाई बुझौ। विसं शक संवत् भन्दा १३५ वर्षअगाडि तथा नेपाल संवत् भन्दा ९३६ वर्षअगाडि र इस्वी सम्बत भन्दा ५६ बर्ष ८ महिना १५ दिन अगाडि रहेको छ। यो सूर्यको गतिअनुसार चल्दछ र यसको तिथिमिति यसै  अनुसार मिलेको छ। जसको कारण एक वर्षमा ३६५ दिन रहेको छ भने उत्तरआम्नाय तथा दक्षिणआम्नाय पनि मिल्ने गर्दछ। यसको निर्माण गणित शास्त्र अन्तर्गत सुॠ सिद्धान्त ज्योतिषशास्त्रबाट बनेको हो। यसको उल्लेख स्कन्द पुरानको हिमवतखण्डमा पनि पाइन्छ। यो प्राचीन समयदेखि चल्दै आएको सम्वत हो।

 वैज्ञानिक ढंगको सम्बत यसको विकास र उत्पत्ति कोबाट भयो भन्ने प्रसङ्गमा धेरै विवादहरु रहे आएका छन्। यसको सर्वप्रथम उल्लेख स्कन्दपुराण हिमवत् खण्डमा पाइन्छ। संसारमा कलियुगको अन्त्य भई सत्ययुग आएका कारण एउटा नयाँ संवत चलाइएको मानिएको छ। र यही सम्बतलाई नै विक्रम संम्वत मानिएको छ। जसको सुरुवात मेष राशि बाट हुन्छ। विक्रम संवतको सुरुवात वैशाख १ बाट हुनुको कारण यो मेष राशीमा सुर्य बस्नु हो। पुराण अनुसार ब्रह्माले चैत्र मास्को शुक्लपक्षमा पृथ्वीको निर्माण गर्नुभएको थियो र चैत मासको शुक्ल सकेपछि यस पृथ्वीमा जीवनको सुरुवात भयो र त्यसै दिनदेखि नै विसं मनाउन थालियो। जसको उदाहरणको लागि भक्तपुरमा चलिने बिस्का जात्रा रहेको छ।

नयराज पन्त

 पुरातात्विक कुरा गर्ने हो भने नेपालका विभिन्न इतिहासकारहरूले यसमा प्रकाश पारेका छन्। योगि नरहरिनाथको अनुसार एक देवि वंशावलीमा राजा विक्रमादित्यले बत्तिसपुतलि भएको ठाउँमा एउटा दरबार बनाएका थिए र उनी सूर्यवंशी परेका कारण उनले आफ्नो नामबाट एउटा सम्बत चलाएका थिए। जुन विक्रम संम्वत थियो। यस्तै अर्का इतिहासकार नयराज पन्तका अनुसार नेपाल अभिलेखालयमा रहेको एक भाषा वंशावलीको अनुसार नारायणहिटि भएको ठाउँमा चतुर्मुखी नारायणको मूर्ति राखिएको थियो। त्यो समय नै बिक्रम राजाको थियो। त्यस समयदेखि नै विक्रम संम्वत चल्यो भनिन्छ।

यदि हामीले यसको अभिलेखको बारेमा कुरा गर्ने हो भने विक्रम संम्वत भएको अभिलेख पृथ्वीनारायण शाहको पालो भन्दा निकै अगाडिदेखि देख्न पाइन्छ। भारतको गुजरातबाट आएका भगवानलालइन्द्रजिले पनि मानदेवको शिलापत्रमा भएको अभिलेखलाई विक्रम संम्वत मानेका छन्।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/J9OHZ-smXFE

विश्वमा विक्रम संवतको पहिलो अभिलेख ३ शताब्दि भन्दा अघि भेटिएको छैन। नेपालमा पनि यसको उल्लेख भेटिएको पाइन्छ। तर यसको उल्लेख भने लिच्छवि शासनमै देखिएको छ। हरिसिद्धी मंदिरमा विक्रम संवत् ७११ उल्लेख भएको बंशावली साथै यसै मन्दिरको नाटक मञ्चनमा विक्रम संम्वत ९४५ मा भएको हरिसिद्धी उपपुराणमा उल्लेख छ। रिपु मल्लको १३ औ शताब्दीको अभिलेख पनि फेला परेको छ। यस्तै जयस्थिति मल्लको पालामा विक्रम संम्वत १४४८ को एक सुवर्णपत्रमा पनि यसको उल्लेख छ। यस्तै काठमाडौंबाहिर मकवानपुर मोरङमा पनी सत्रौं शताब्दी र अठारौं शताब्दीमा यसको उल्लेख पाइएको छ। भक्तपुरमा पनि भक्तपुर दरवारको गहिरो धाराको पश्चिममा बिक्रम संवत् १७३५ को अभिलेख साथै भक्तपुर दरबारको तलेजु चोकमा रहेको तोरणको संवरण पट्टामा पनि विक्रम सम्बत १७४१ र यसै दरबारको कुमारी चोकमा पनि जितामित्र मल्लको अभिलेखमा बिक्रम सम्वत् १७३४ को लेख भएको कुरा नवराज पौडेलले आफ्नो किताबमा उल्लेख गरेका छन्।  भक्तपुरको डोलेश्वरमा रहेको मन्दिरमा पनि विक्रम सम्बत १७६४ को उल्लेख रहेको छ। यस्तै राजा भूपतिन्द्र मल्लले पनि बिक्रम सम्बत १७६३ उल्लेख गरिएको कुरा परेको छ। साथै जयप्रकाश मल्लले पनि वि.सं १८१४मा पृथ्वीनारायण शाहलाई खस नेपाली भाषामा एक पत्र पठाइएको उल्लेख रहेको छ। येस्तै इतुम्बहालमा रहेको अष्ठशहश्रीका प्रज्ञापारमितामा पनि बि .स को उल्लेख रहेको छ |



 बिभिन्न विद्वानहरुले विक्रम संम्वत भारतको उज्जैनबाट आएको मान्दछन् तर भारतमा बिक्रमआदित्य नाम गरेको कुनै पनि राजाको उल्लेख यस संम्बत हुदा नभेटेका कारण यसको उद्गम स्थल भारत नभैइ नेपालमै मान्दै आएको छ।नेपालमा जब किराँतहरूलाई पराजित गरे तब जितेका शाशकको नामका पछाडि वर्मा भएका थिए। उनीहरुले नै वर्मा सम्बत चलाए। जुन पछि अपभ्रंश भई विक्रम सम्बत भएको देखिन्छ। वा यो सम्बत भारततिर पुग्दा बिक्रम सम्बतले चिन्नियो। र लिच्छविकालमा नेपाल, हाल भरतको वाराणसीसम्म भएको मानिन्छ।

लिच्छविकालको नेपाल पनि निकै विकास भइसकेको थियो। त्यसैले उनीहरुले हरेक क्षेत्रहरुलाई याद गरि नाप गरि ३६५ दिनको सम्बत चलाए। जुन सम्बतमा हरेक तिथिहरु मिलेको देखिन्छ। खास यसलाई व्यवहारिक रुपमा चन्द्रशमशेरले ल्याएका हुन्। शंक सम्बत र नेपाल संवतमा ३५४ दिन मात्र हुने भएकाले त्यसलाई आधिकारिक रुपमा मान्न सकिएन।  त्यहीबेलादेखि विक्रम संवतलाई भने राष्ट्रिय संम्बतको रुपमा चलनमा ल्याइयो।

Subscribe here: https://www.youtube.com/channel/UCsm9zkQsrw6Zk59KB9M-tog?view_as=subscriber




REFERENCES:
https://en.wikipedia.org/wiki/Vikram_Samvat
https://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=65533&cat_id=18
https://ne.wikipedia.org/wiki/%E0%
https://www.youtube.com/channel/UCsm9zkQsrw6Zk59KB9M-tog?view_as=subscriber
https://youtu.be/J9OHZ-smXFE


Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal