भक्तपुर: एक तान्त्रक शहर

भक्तपुर: एक तान्त्रक शहर

नेपाल लगाएत प्राचीन हिन्दुराज्यहरूमा बिभन्न थरीका सुरक्षा बेबस्था हुनेगर्दथे। यस्ता राज्यको सुरक्षा ब्यबस्था भौतिक तथा अभौतिक रूपमा हुनेगर्दथियाे। भाैतिक तर्फ सुरक्षा पर्खाल, सौन्य, खाई, गढि आदि हुन्थ्यो भने अार्काे तर्फ तान्त्रिक सुरक्षा हुन्थे। 

बढी जान्नकाे लागि यसमाक्लिक गर्नुहाेस्

https://youtu.be/ftPMfEhJXr0

यस्तो तान्त्रिक शहरीकरणकाे अवधारणा वौदिककालदेखि नै चलिअाएकाे पाईन्छ। विभिन्न शहर जस्तै अयाेध्या, हश्तिनापुरमा पनि विभिन्न तान्त्रिक देविदेवता स्थापना गरि सुरक्षा दिने गारिन्थाे। यस्ताे चलनपछि सम्म पनि चलिअाएकाे देखिन्छ। यहि व्यवस्था नेपालमा पनि परिवर्तित रूपमा चलेकाे पाईन्छ। 
नेपाल मण्डलकाे पहिलो नगर बिशालनगरमा पनि विभिन्न तान्त्रिक देविदेवता जस्तैः भाटभटेनी, टुडांलदेवि, नक्शाल भगवती अादि राखि तान्त्रिक सुरक्षा दिएकाे थियोे भने पछि मध्यकालिन समयका शहर पाटन, कान्तिपुर, भक्तपुर पनि तान्त्रिक शहरका रूपमा बिकास भए।



भक्तपुरको कुरा गर्ने हाे भने याे शहरकाे तान्त्रिक मत अलि बलियो रहेको छ। यस शहर पूर्व मध्यकालमा नेपालकाे राजधानीकाे रूपमा करिब ३०० बर्ष रहेको थियोे। त्यही समयमा राजा आन्नददेवले भक्तपुरकाे ८ कुनामा अष्टमातृकाकाे स्थापना गरि शहरलाई शाक्त तान्त्रिक शक्तिबाट सुरक्षा दिए। यी अष्टमातृकालाई मण्डलाकाे रूपमा राखि बिचमा त्रिपुरा सुन्दरीकाे स्थापना गरियाे। 
अष्टमातृकाकाे स्थापना दिशा र सुरक्षाकाे आदारमा गरीयाे।
यसको अतिरिक्त भक्तपुरलाई ८ तहमा बिभाजन गरि सुरक्षा प्रदान गर्यियो। यी आठ तह यश प्रकार छन् :
१. आठ मसान
२. हनुमन्ते र खासाङ खुसुङ खोला
३. अष्टमातृका पिठहरू
४. अष्टभैरव र अष्टसिध्दीहरू
५. अष्टगण
६. दशमहाविद्या र सिध्दि देविहरू
७. त्रिकोणिय गणेश 
८. त्रिपुरा सुन्दरी 

यसरी तयार यस शहरको बारे अष्टमातृकाकाे अबधारणा वृहद रहेकाे छ। जसको दिशा र नाम यश प्रकार छन् :

पूर्व -- ब्राह्मयणी
पूर्व दक्षिण -- महेश्वरी
दक्षिण -- कौमारी
दक्षिण पश्चिम -- बैष्णवी
पश्चिम -- वाराही
पश्चिम उत्तर -- इन्द्रायणी
उत्तर-- महाकाली
उत्तर पूर्व-- महालक्ष्मी 

यसरी राखिएको यस मण्डललाई बिचमा त्रिपुरा सुन्दरी राखि शक्ति प्रदान गरिएको छ। याे कारणले भक्तपुर ठूल्ठूला तान्त्रिक रहस्य भयको शहर हो।

बढी जान्नकाे लागि यसमाक्लिक गर्नुहाेस् ⇝ https://youtu.be/ftPMfEhJXr0

Comments

Popular posts from this blog

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

कुलदेवता / इष्ट देवता को हुन् त? किन पुजा गरिन्छ? (Why are KULDEBATA worship?)