अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal
मीननाथ नाथ सम्प्रदायको देवता मानेतापनि बौद्धबाट धेरै बाट प्रभावित भएको देखिन्छ। हुन त मिननाथ पहिला नै उत्पत्ति भएको र यिनहरु बौद्ध विशेष देवता मानी पूजा गरिन्छ। यी देबतहरु लिच्छविकाल भन्दा निकै पुरानो मानिन्छ| तर पछि नेवार बौद्ध देवताहरूको पछाडी नाथ थपिएको मानिन्छ; जस्तै स्वयम्भूनाथ, बौद्धनाथ, मच्छिन्द्रनाथ आदि। त्यसैले यिनी दुवै हिन्दु तथा बौद देवता मानिन्छ।
यस देवतालाई मत्स्येन्द्रनाथको पुत्र पनि मानिन्छ। कसैकसैले मिननाथ र मच्छिन्द्रनाथ एउटै देवता हो पनि भन्ने गर्दछन्। तर अनुमानित ९ अौ शताब्दीमा लेखिएको एक प्राचीन हस्तलिखित ग्रन्थहरू जुन राष्ट्रिय अभिलेखालयमा रहेका छ त्यसमा हेर्ने हो भने मिननाथ र मच्छिन्द्रनाथ छुट्टै देवताः भएको बुझिएको छ।
मुसलमानहरुले हिन्दुस्तानमा आक्रमण गरी त्यहाँ भएका हिन्दुहरुलाई मुसलमान बनाएको थियोे र जो मान्दैन त्यसको हत्या गरिदिए। यो बाट बच्नलाई धेरै हिन्दुहरुले धर्म परिवर्तन गरे तथा कोही भागे। नाथ सम्प्रदाय त्यसबखत बढेको सम्प्रदाय हो। यस सम्प्रदायमा भगवान शंकरलाई उच्च्तम मानिन्छ। त्यस समय यो उत्त्पती भएकाले यस सम्प्रदायको समन्ध दुबै मुस्लिम तथा हिन्दुमा देखिन्छ। तर पनि हिन्दुको उपनिषद पुराणहरुमा खोज्ने हो भने यस सम्प्रदायको उल्लेख भेटिँदैन तथा मुसलमानी ग्रन्थहरूमा पनि यसको कुनै पनि उल्लेख रहेको पाइँदैन। यद्यपि यस सम्प्रदायको मूल भने भगवान शिवसँग नै जोडिन्छ।
मिननाथ |
यसमध्ये मिननाथको स्थापना कसरी भयो भन्ने प्रसङ्गमा लिच्छवीकालीन राजा अंशुवर्माको समयमा यमराज स्वयं प्रकट भएका थिए भनिन्छ। यो संकट हटाउन कलिगत सम्बत ३४०४ चैतमा यमराजलाई प्रसन्न पार्न मिननाथको स्थापना गरियो। यो पश्चात् यमराज पनि प्रश्सन हुनु भयो र यमराज फर्किनु भयो। लिच्छवीकालिन देखिंदै प्रख्यात रहेको यस मन्दिरका मिननाथको रथयात्रा राजा नरेन्द्रदेवको पालामा चल्ल्यो। यसको सुरुवात कलि सम्बत ३६९४ मा सुरु भयो। त्यस बखतदेखि यसको छाना मान्द्रोको थियो। तर श्री ५ सुरेन्द्रको राज्यकालमा जंगबहादुरका छोरा जगतगङले यसको छाना सुनको मोल्लोम्बको बनाइ छाउन लगाए। साथै भूकम्प तथा बिपतमा यस मन्दिरलाइ ठुलो क्षति पुगेको देखिदैन।
हठयोग प्रदीपका नाम गरेको प्राचीन ग्रन्थमा मिननाथको नाम छैठौं नम्बरमा साथै मानव शरीर भएका महासिध्दहरुको उल्लेख गर्दा दोस्रो नम्बरमा पर्दछ। यस्तै तन्त्रको कुरा गर्ने हो भने बाह्र सिध्दमा पनि इनको उल्लेख रहेको छ। साथै बज्रयानमा पनि नाथ मध्य सर्वश्रेष्ठ मिननाथ मानेका छ्न। र मिननाथ पछि मात्रै गोरखनथको नाउ आउन्छ।
प्रत्येक पाँच वर्षमा हुने सम्यक महादानमा पनि मिननाथ रहेको महाबिहारकि बसुन्धरालाई आशनमा बसालेपछि मात्र अरुले बसाले तथा त्यही बसुन्धरालाई उठाएपछि बल्ल अलि देवतालाई उठाउने चलन रहेको छ। यसबाट पनि के स्पष्ट हुन्छ भने यि देवता निकै प्राचीन र शक्तिशाली रहेका छन्।
subscribe to: https://youtu.be/DgyWVQYZto8
references
Nath Sampradhta, Hajari Pd Dridbrine, 1950
https://youtu.be/DgyWVQYZto8
Siddhi Minnth, Dr. Raja Ram Subdri
Comments
Post a Comment