बिस्का जात्राको जनश्रुती/ किमदन्ति
नेपालमा थुप्रै जात्रहरु निकै प्रचिन समय देखि चली आइ रहेका छन। यी जात्राहरु मध्य भक्तपुरमा मनाइने बिस्का जात्रा प्रचिन र ऐतिहासिक रहेको छ। यो जात्रा भक्तपुर, थिमी, बाेडे, सागा, बनेपा जस्ता भक्तपुरको आसपास छेत्रमा यो जात्रा मनाइन्छ। यो जात्रा ९ दिन ८ रात सम्म मनाइन्छ। यो जात्रा संगै अरु थुप्रै जात्रा पनि मनाइन्छ। नयाँ बर्षको अबसरमा यो जात्रा मनाइन्छ।
यो जात्रा कहिले सुरु भयो भन्दा कोहिले यो जात्रा बिक्रम सम्बत सुको ताका चलेको मान्दछ्न भने कोहि किराँतहरुले आक्रमण गरेको र बिजयी भय पछी यो जात्रा चलेको मान्दछ्न। तर यो जात्रा कसरी सुरु भयो भनेर याहाको जनश्रुतीलाई हेर्ने हो भने विशेष भक्तपुरमा दुई जनश्रुती/ किमदन्ति चली रहेका छन्।
भिडियोको रुपमा हेर्नको लागि तल क्लिक गर्नु होला:
१. अजिङ्गर रुपि तान्त्रिक
यो अनुश्रुती भक्तपुर सिद्धपोखरीको नागको बारेमा पनि जोडिएको पाइन्छ। यश कथा अन्तरगत देशमा हमला हुदा राजाको अाज्ञाले एक सिध्द तान्त्रिकले आफ्नो मन्त्रले आफू बाघ बनी अरु थुप्रै बाघ तयार गरि दुश्मनलाई पराजित गरि जनता र देशको रक्षा गरि राजालाई खुशी पारेकाले उनलाई सिदुर जात्रा गरि गर फर्काइदिय। यो कुरा तान्त्रिकको श्रीमतीले थाहा पाय पछि आफुले हेर्न चाहेको जीव अजिङ्गर हेर्ने इच्छा गरे पछि तान्त्रिकले मान्यो। तर तन्त्रीक अजिङ्गर भए पछि आफ्नो बास्तबिक रुपमा फर्किनको लागि श्रीमतीलाई मन्त्रले चामल दियो जुन सर्पलाइ छर्किय पछि मात्र उ मानव बन्थ्यो। त्यस पछि उनी भयानक सर्प बने तर त्यस पछी उसको श्रीमती डराएर भागिन। यहि क्रममा उसको पटुका फुस्कियाे र पटुका बाध्न उनले अक्षता अाफ्नाे मुखमा राखिन र उनी पनि अजिङ्गर बन्न पुगिन। त्यस पछि राजालाई देखिन दुबै पुच्छरले उभिएर दरवार तिर हेरि रहे तर राजाले त्यसलाई केही नगर्नु भनी भने पछी दुबै भद्रकालीको प्वालमा गइ मरे। केही दिन पछि राज्यमा हाहाकार भए पछि आचार्य आचाजुलाई खोज्दा दुबै दाम्पतिको लास भद्रकालीमा देखे पछि राजाले अनिकालको कारण थाहा पाई त्यस दिन देखि बर्षको यक पटक जात्रा मनाउने चलन सुरु भयो।
२. सर्प काट्ने तरवार
प्रचिन समयमा एक राज्यको राजकुमारी कुमारी थिन। जो सङ उसको बिबाह हुन्थ्यो त्यो बिबाहको रात नै मित्यु हुन्थ्यो। त्यसैले राजाले जस्ले राजकुमारीलाई बिबाह गरि यक रात जिबित बिताउन सक्छ त्यसलाइ देसको राजकुमार बनाउने घोषण गरियो।
यस्तै यक दिन यक केटो जङ्गलमा हिडिरहदा यौता झरना नेरि यक बुदि आईमाई देखेर सोधपुछ गर्दा त्यस आईमाईसङ एक तरवार रहेको र उक्त लगे त्यो केटा राजकुमार हुने बताइन। यो कुरा सुनी केटा छ्क्क परि सोद्दा त्यस केटीले भनिन,"भक्तपुरको राजकुमारी सङ जो एक रात बिताउन सक्छ उसलाइ त्यो देशको राजकुमार मान्निने छ। त्यो राजकुमारीसङ सुते पछि राती राजकुमारिको नाकबाट दुइटा सर्प निस्किन्छन यो तरवारले हान्नु मर्छन।" यति भनेर त्यो महिला त्यस केटोलाई तरवार दीएर अन्तर्धायान भइन।
मनमा अनेक कुरा खेलाइ उक्त युवक भक्तपुर सहर तिर लाग्यो।( तत्कालीन समयमा भक्तपुर नाम नभए ता पनि सुचना लिदा स्रोतले भक्तपुर नाम लीएकाले त्यही नाम राखिएको हो।) र त्यस महिलाले भने जस्तै भक्तपुरमा राजकुमारको खोजी भै राखेको रहेछ। त्य केटाले राजकुमारी सङ एक रात बस्न सक्छु भनी रात राजकुमारीसङ बस्यो। महिलाले भने अनुसार राती सर्प नीस्कियो र राजकुमारले खडगले दुई दाम्पन्ती सर्पलाइ मार्यो। ती दाम्पती मर्नु अघि उनी हरुले राजकुमारलाइ भने कि हामिले यो देशको थुप्रै केटाहरुलाइ मार्यै तर तिमी भने बलवान रैछौ। धन्य तिमी, यो हाम्रो पराक्रम देखाउन हामीले गर्येको राजकुमारीको सुरक्षालाई जनतालाई देखाउनु। यति भनी दुबै सर्प दम्पतिको त्यहि मित्यु भयो।
भोलिपल्ट बिहान राजकुमारको लास लिन आउँदा राजकुमार जिबित देखे पछि राजाले बिबाह गर्देको र कसरी जिबित रहयै भन्दा त्यस युबकले सबै वृतान्त कहे। त्यस पछि राजाले आफ्नो पुरोहित तथा ज्योतिषहरु राखेर उक्त नागको दाम्पतिलाइ तौमदी टोलबाट यात्रा गरि लामो लिगोमा राखी प्रद्सन गरे। चैत मसान्तको दिन लिगो उठाउने र बैशाखको पहिले दिन लिगो धाली नागको बिसर्जन गर्ने परम्परा चल्यो।
तर सस्कृतीबिदहारु भने यो कुरामा केही मात्रै सत्य लुकेको बताउछन् । विभिन्न श्रोत हेर्दा बिस्वोनाथ भैरब र भद्रकालीको जात्राको रुपमा यसलाइ लिहिन्छ।
भिडियोको रुपमा हेर्नको लागि तल क्लिक गर्नु होला:
https://youtu.be/z6GFRgMdlLg
**LIKE, SHARE AND SUBSCRIBE YOUTUBE CHANNEL**
https://youtu.be/z6GFRgMdlLg
REFERENCE: Pradhan Khedarnath. bhaktapurko biketjatra ra yesko prag tishaik mathwoo. Ancient Nepal. Archaeology department of Nepal.
Comments
Post a Comment