बिस्केट(बिस्का)को इतिहास र उत्पति
बिस्का वा बिस्केट भक्तपुर र यस्को वरिपरिका नेवार बस्तिमा मनाउने जात्रा हो। यो जात्रा नया बर्षको उपलक्ष्यमा मनाइन्छ। ८ रात ९ दिन सम्म मनाइने यो जात्रा ठाँउ अनुसार फरक तरिकाले मनाइन्छ। ठिमीमा सिन्दुर जात्र, बाेडेमा जिब्रो छेड्ने जात्रा, भक्तपुरमा रथ तथा लिङ्गाे जात्रा गरि यो जात्रा सागा, बागलुङ, नाला, बनेपा, पाल्पा, लमजुङ आदिमा पनि मनाइन्छ। हरेक ठाउँमा यो आफ्नै तरिकाले मनाइन्छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/Vv5n4Bzfe_c
भक्तपुर यो जात्रा २७ गते देखि सुरु हुन्छ। रथ तन्ने काम त्यो दिनबाट सुरु हुन्छ भने मसान्तको दिन लिङ्गो उभ्याउने र नव बर्षको दिन लिङ्गो ढाल्ने र अरु विभिन्न दिन थुप्रै जात्रा र पुजा गरि मनाइन्छ। लिङ्गो पशुपतिबाट ल्याइन्छ। तर यो जात्रा कहिले र कसरी सुरु भयो भनी थाहा छैन।
![]() |
PUROSHOTTAM LOCHAN SHRESTHA |
![]() |
HARE RAM JOSHI |
कासीदेखि विश्वनाथ भैरब यहाँ भक्तपुरमा जात्रा हेर्न आए। उनी यहाँ भए देशमा सहकाल हुने कुरा कुरा थाहा पाएपछी एक तान्त्रिकले भैरबलाई समाउन खोजे तर भैरबले आफुलाइ समात्न लागेको थाहा पाई त्याहाबाट अन्तर्धायान हुन लागे। यो देखि तान्त्रिकले हैसियाले भैरबलाइ प्रहार गरे। त्यो हैसियाले भैरबको टाउकाे छिन्नी भुइँमा झार्यो तर शरीर भने काशिमा पुग्यो। त्यो समय देखि याहाको टाैमढीको भैरब रहन थाले। उक्त भैरबको सिरमात्र रहेको छ। र त्यस दिन देखि देशमा सहकाल आउन थाल्यो र देश वासिको हित भयो अनि त्यस दिन देखि बिस्का मनाउन सुरु गरियो।
पुरात्त्व दृस्टीले हेर्ने हि भने यसको उल्लेख टाैमढीकाे यक्ष मल्लको अभिलेखमा रहेको छ। जगजोतिर मल्लको पालामा २ दिन रहेको र भुपतिन्द्र मल्लले विशाल रुप थपी यो जात्रा अहिले ८ दिन ९ रात चल्ने गर्द्छ। र लिङ्गो बिस्वो ध्वजाको रुपमा राखिन्छ। यसको उल्लेख लेलेको शिवदेव अशुवर्माको अभिलेखमा `ध्वज गोष्ठी ´ भनेएको छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/Vv5n4Bzfe_cREFERENCE: +shrestha puroshottam. guha, guhalek avam anya sampada.2073 +Pradhan Khedarnath. bhaktapurko biketjatra ra yesko prag tishaik mathwoo. Ancient Nepal. Archaeology department of Nepal +https://pushupatinath.blogspot.com/20...
+https://www.youtube.com/watch?v=Vv5n4Bzfe_c
**LIKE SHARE AND SUBSCRIBE**
Comments
Post a Comment