प्राचिन नेपालमा नरबलिको परम्परा [human sacrifice in Ancient Nepal


बलि प्रथा नेपालमा मात्र नभई विश्व भरी नै चलेको छ। यस्तो बलिप्रथाको बिरोध भइरख्दा पनि यश प्रथामा कमि भने आएको छैन। बलिको रुपमा खसी, रागां, कुखुरा, हांस, बोका आदिलाई मार्ने गरिन्छ। यसता प्राणिको हत्या उग्र देविदेवताका नाममा गरिन्छ। भैरव, काली, माहंकाल, महालक्ष्मी, जस्ता देविदेवताले यस्ता बलि लेन्छ्न भनी मान्यता पाइन्छ। हिन्दुहरुमा दशैंलाइ बलि लिने ठूलो चाड मान्निन्छ। यश पर्वमा थुप्रै हिन्दुको घरमा बलि दिइन्छ। यो प्रथा निकै पहिलेदेखी चली आएको हो।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/MYpSDaU17Co



वैदिक साहित्यमा रुद्रले उग्र रुप देखाएको र भगवानले विभिन्न जिवको हत्या गरि बिनाश गरेको कुराले उक्त समयमा स्वयम भगवानले बलि लिने कुराको अनुमान गर्न सकिन्छ। तर भगवानले मनपरि बलि लिएको तथा वनमा चर्न गएको बस्तु भाउको हत्या गरि खान थाले पछि मानिसहरुले आफ्नो बाहेक पर्ने समयमा आफै आफ्ना जनावरहरु बलि दिन थाले। र यो चलन पछिसम्म पनि चल्यो। ४ बेद मध्य सामबेदमा यश चलनबारे व्यापक रुपमा चर्चा गरेको पाइन्छ। यसलाई नै आदार मानेर भारतिय उपमहादिपमा बलि प्रथा चलनमा आएको पाइन्छ। नेपालमा पनि यसको व्यापक रुपमा चलन भएको पाइन्छ। 
प्रचिनकालदेखी नेपालमा बलि प्रथा हाल सम्म पनि चली आइरहेको छ। नेपालमा शाक्त, कुलदेवता तथा उग्र देविदेवतालाइ बलि चाडाइन्छ। लिच्छविकाल तथा मध्यकालिन नेपालमा राजकीय सम्मान पाएका देवि मानेश्वरी, दुमाजु र तलेजुलाई समेत बलि दिइन्थ्यो। पञ्चबलि भनी अन्डा, कुखुरा, हास, बोका र रागोहरुको ठूलो सख्यामा बलि दिइन्थ्यो। भक्तपुर राजदरवारमा यो सख्या ५२ रहेको छ। यस्ता बलि मठ मन्दिर तथा चाडपर्वमा मात्रै नभइ जात्रामा समेत दिने गरिन्छ। भक्तपुरको नवदुर्गा नाच, पाटनको नरदेवी नाच, आदिमा पनि विभिन्न थरिका जनावरको बलि दिने गरिन्छ। केही द्शक अघि सम्म यहाँ नर बलि समेत प्रचलनमा रहेको थियो। मनवको बलि लिइ त्यसको खप्परमा सुरापान गर्ने तथा मांशलाइ धुप हाल्ने गरिन्छ। यो चलनमा पहिले ताजा तथा मानवलाइ देवताकै अघि रेटेर हत्या गरिन्थ्यो भने अहिलेको समयमा भने मरिसकेको लासबाट पुजा गर्न सामान ल्याइन्छ। 

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/MYpSDaU17Co

नेपालमा नरबलिको कुरा गर्दा यो प्रथाको सुरुवात बारे थाहा छैन। दण्डको रुपमा होस या पुजाको रुप बलि लिदा कहिले पनि महिलाको बलि लिने गरेको पाइदैन। यश प्रथामा मानवलाइ बलि लिनुको कारण धेरै तान्त्रिक देखाउनु हो। मानव बलिको रुपमा प्रयोग हुनु भनेको नै उग्रतान्त्रिक उपासनाको प्रतीक हो। बलि प्रथामा नरबली प्रथा उच्च कोटिको बलि हो। यस्ता नरबलिको लेखित वा अभिलेखित प्रमाण पनि रहेका छन। 
भक्तपुरको महाकाली मन्दिरमा २१ जानाको बलि तथा चागुनारायणमा ६ जानाको बलि लीएको कुरा भक्तपुर महाकाली मन्दिरको अभिलेखबाट थाहा हुन्छ भने भक्तपुरको नवदुर्गा नाचमा नर बलिको चलन अहिले पनि रहेको छ। नवदुर्गा नाचमा मानव खप्परमा सुरा पान (रक्सी खानु) गर्ने चलन रहेको छ। काठमाडौ काल भैरवको विशाल मुर्ती अगाडि पनि बलि देने चलन रहेको कुरा त्याहा उल्लेख रहेको छ। यस्तै फर्पिङको दक्षिणकालिमा पनि नरबली चल्छ भन्ने कुरा हनुमानढोका दरवारमा रहेको एक ताड्पत्रमा परेको छ। नेपालमा विशेषगरि अस्टमातृका, नवदुर्गा तथा विभिन्न दश महाविद्याको उपासनामा यो बलि चलेको पाइन्छ।

REFERENCES:
Shrestha.purushottam.2054.bhaktapur nagarko namakaran
https://pushupatinath.blogspot.com/2019/04/blog-post_5.html
https://youtu.be/5s86qSB_VfY
Shrestha.purushottam.2073.Guha, guhalek avam anya sampada
Shrestha.purushottam.2060.Bhaktapur ko navadurga gan
Joshi.hareram.2040.Hindu davi dabata
www.google.com
https://youtu.be/MYpSDaU17Co

ALSO SUBSCRIBE MY CHANNEL


















Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal