दशैको प्राचीनता र नेपालमा देवीको उपासना ( Antiquity of Dashain and worship of goddess in Nepal)
दशै नेपालीहरूको प्रमुख चाड को रुपमा लिने गरिन्छ। शाक्त सम्प्रदायमा विभिन्न देवीको पूजा आराधना गरिन्छ। लगातार नौ दिनसम्म विभिन्न देवीहरूको पूजा गरी दशै चाडलाई आश्विन महिनाको शुक्ल पक्षको दिनदेखि दशमी तिथिसम्म यो चाड मनाइन्छ। शैलीपुत्रि, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री र नवदुर्गाको पूजा गरी दशै मनाइन्छ। यो चाडमा पूजा गर्दै चण्डी पाठ आराधना गरिन्छ। विशेषगरी यो चाड असत्य माथि सत्यको जित भनी मानिन्छ। नेपालमा विशेषगरी दुर्गा माताले मैहिषासुरको बध गरेको र भारतमा पनि रामले रावरको जिट माथिको पर्व गरेको भनी मनाइन्छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
Dashain
https://youtu.be/3N4MpMRxR1Y
![]() |
Maishashur Mardini |
पहिलो दिन घटस्थापनामा आफ्नो घरको गोप्य ठाउँमा जमरा राखिन्छ। यशलाई दिनदिनै बिधिबत रुपमा पूजा गरिन्छ र अनिवार्यरुपमा बलि गरिदिन्छ। जहाँ पशु बलि वा नरिवल चढाइन्छ। जमरा राखेको सातौं दिनलाई फूलपाती आठौं दिनलाई महाअष्टमी नवौं दिनमा महानवमी र दशौ दिनलाई विजया दशमी भनिन्छ। यस पर्वलाई भगवतीको 'विजया' नाममाथि पनि 'विजयादशमी' भनिएको हो। यस दिन भगवान रामचंद्र चौध वर्षको वनवास भोगेर तथा रावणको वध गरेर अयोध्या पुगे। यस कारण पनि यस पर्वलाई 'विजयादशमी' भनिन्छ। यसरी भव्यरुपमा बनाउने दशै कहिले बाट सुरु भयो त?
नेवार समुदायमा मोह्नी
नख्त्या / मोहनी भनि दशैं मनाइन्छ। यस पर्वमा नेवार
समुदायले दशैंको दशऔ दिन पछि तिन दिन बिशेस आरधना गरि मोहनी साधना गरि प्रशाद लेने
गेदछ्न। यसमा उनीहरुले लगाउने टीकालाई ”मोहनी टिक” भन्दछन l
शाक्त सम्प्रदायको कुरा गर्ने हो भने विश्वमा निकै अगाडिदेखि
नै शाक्त सम्प्रदाय पूजा गरेको पाइन्छ। ऋवेदमा पनि उल्लेख भएका यी देवीहरू पौराणिक
कथामा पनि नेपालसँग जोडिएको पाइन्छ। जसमा महादेव र पार्वतीलाइ नेपालको तपोभूमिको
रुपमा लिएको पाइन्छ र पौराणिककालमा विदेह देशकी राजकुमारी सीतालाई पनि नेपालकै
देवीको रुपमा मानिन्छ। यसैगरी शाक्त सम्प्रदायिक कुरा गर्ने हो भने विभिन्न तरिका
र धेरै देवीदेवताको उल्लेख पुराणमा छ जो नेपालसँग सम्बन्धित छन्। यसरी नै दक्ष
प्रजापतिको छोरी सतीदेवीको कुराले पनी नेपालमा शाक्त सम्प्रदायको प्राचीनता बोध
गराउँछ। किरातकालमा पनि माहिलालाइ प्राथमिकता दीयको र महिलालाइ बढी सम्मान दिने
कुरामा थुप्रै इतिहासकारहरुको एक मत रहेको छ।किरातीहरुले पार्वतीलाई सुम्निमाको
रुपमा पुजा गर्नी गर्दथे l
यसरी नै पुरातात्विक प्रमाणको कुरा गर्ने हो भने नेपालको
बनजहरियामा प्राप्त भूदेवी को मुर्तिहरु ले प्राचीनता दर्साउँछ। साथै पाटनको
च्यासल हिटिको गजलक्ष्मी, तथा
काठमाडौका विभिन्न मातृकाहरुका पुर्वलिच्छ्वी मुर्ती पाएका छन। अभिलेखीय आधारमा
हेर्ने हो भने बिजयाश्वरि अभिलेखमा शाक्त सम्प्रदाय सम्बन्धी केही अंशहरु परेका
छन् तथा अंशुवर्माको अभिलेखमा पनि वनकाली तथा नक्साल भगवती पूर्णदेवी र
छिन्नमस्ताहरूको उल्लेखले यो कुरालाई महत्व दिएको छ। त्यस्तै काठमाडौंको
विभिन्न भागहरुमा पूर्व लिच्छवीकालका उमामहेश्वरको मूर्तिहरुले पनि भेटिएका छन्
जसमा उमालाई देख्न पाइन्छ। यस्तै लिच्छविकालमा बनेको हो मानाकंमा पनि शाक्त
सम्बन्धी झुकावट पाइन्छ। यस्तै गुणाङ्क तथा विभिन्न अरू सिक्का लगायत थुप्रै
मूर्तिहरू देवीहरुको सम्बन्धी भेटेकाले शाक्त सम्प्रदाय लिच्छविकालमा नै लोकप्रिय
रहेको पाइन्छ। शाक्त सम्प्रदाय लाई हिन्दु ले मात्र नभइकन नेपालमा बज्रयान बौद्धले
पनि निकै प्राथमिकता दिएको पाइन्छ। शिव या विष्णुलाई स्वतन्त्ररुपमा देखाय पनि
बुद्ध तथा बोधिसत्व हरुलाई तारा या बज्र बिना कुनै पनि मान्यता नभएको मानिन्थ्यो।
मध्यकाल को कुरा गर्ने हो भने यो सम्प्रदाय लिच्छविकालमा भन्दा
बढी मध्यकालमा प्रख्यात भएको बोध हुन्छ। तलेजु तथा दुमाजु, मल्ल राजाहरूले नै कुलदेवताको रुपमा
पूजा गरेको पाइन्छ र यही
क्रम आधुनिककालमा चली अहिलेसम्म आएको देखिन्छ। यस कुराबाट हामीले के पत्ता लगाउन
सक्छौं देविहरुलाई नेपालमा निकै पहिला देखिने पूजा गरिने गरिन्थ्यो साथै विभिन्न
जात्राहरु जस्तै नवदुर्गा नाच, महाकाली
नाच, गं प्याखं, अष्टमातृका नाच, नरदेवी नाच आदिले यसको मध्यकालमा
चर्चाको आभास गराउँछ। साथै दशैंमा बजाइने मालश्री धुन पनि निकै प्राचीन रहेको
पाइन्छ जुन २००० वर्ष भन्दा अगाडीका रागसँग मिल्ने कुरा
संगीतविदहरु बताउँछन्। शाक्त सम्प्रदायमा पन्चकन्या, सप्तमात्रिका, अष्टमातृका, नवदुर्गा, दशमहाविद्या, सिद्धि देव आदिको उपसाना नेपालमा गर्ने गरिन्छ। यसको
हिसाबले तन्त्र निकै पहिलादेखि नै सुरु भएको मानिन्छ।
यति व्याख्याबाट हामी के निष्कर्षमा पुग्न सक्छौं कि दशै
देविसंग संबंधित चाड हो जुन नेपालमा निकै प्राचीन समयदेखि नै चलिआएको चाडपर्व हो।
जसलाई असत्य माथि सत्यको जीत र नारीको महत्व अनि शक्तिबारे पनि दर्शाउँछ। पृथ्वीनाराण
शाहभन्दा शताब्दियौं अघिदेखि नै दशैं तिहार मनाउादै आइएको हो ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोलाhttps://youtu.be/3N4MpMRxR1Y
REFERENCES:
https://www.facebook.com/ourancientnepal/
https://pragyaji.blogspot.com/
Comments
Post a Comment