कसले र किन चलायो नेपाल सम्बत ? (Who and Why Nepal Sambat was in pratice?) Ancient Nepal
नेपालको आफ्नै संवत, नेपाल संवत। यो
सम्वत पृथ्बीनारायण शाहको शासन कालसम्म राष्ट्रिय सम्वतको रुपमा मान्यता पाएको
थियो। नेपाल संवत चन्द्रमास अर्थात लुनार क्यालेन्डर अनुसार चल्ने सम्बद्ध हो जसमा
३५४ दिन हुने गर्दछन्। हरेक वर्ष ११ दिनको फरक हुने भएकाले हरेक तीन वर्षमा एउटा
महिला थपी पुरोशोत्तम मास भनि यसलाई सन्तुलन गरिन्छ। नेपाल सम्बताका महिनाहरु यस प्रकारका छन: कछला, थिंला, पोँहेला, सिल्ला, चिल्ला, च्वला,
बँछला, तँछला, देल्ला, गुँला, ञला, कौला l
नेपाल संवतको सुरुवात विसं ९३६ मा भएको हो। यो
सम्बतको हामीलाई सुरु मिति थाहा भएतापनि सो सम्वत कसले चलायो भन्ने कुरा यकिनका
साथ भन्न सकिएको छैन। प्रायजसो सबै इतिहासकारहरु शंखधर साख्वाले सम्बत चलाएको
कुरामा जोड दिन्छ्न।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
उक्त कथाअनुसार शंखधर साख्वा शूद्र जातका थिए। राजाले एकदिन
तान्त्रिकसँग कुरा गर्दाखेरि कुनै खास समयमा टेकु दोभानबाट बालुवा झिकेर ल्यायो
भने त्यो बालुवा सुन बन्छ। यो कुरा शंखधर साख्वाले थाहा पाएपछि उनले त्यो बालुवा
आफ्नो घरमा ल्याउने बिचार गरे। त्यसैले उनी उक्त खास दिनको पर्खाइमा थिए। जब
बालुवा निकाल्ने साहितको दिन आयो तब राजाले भरियाहरुलाई उक्त ठाउँको बालुवा उचित
समयमा ल्याउन पनि अराए। तर सन्खधरले भने चलाखीपूर्ण उक्त बालुवाहरु आफ्नो घरमा
खनाए। समय बितेपछि दरबारमा पठाइसकेको बालुवा सुन नभएकाले राजाले उक्त तान्त्रिकलाई
अपमान गरेर विद्याका किताबहरु च्यातिदिए। तर यता शंखधर को घरमा भने तीन दिनपछि
बालुवा सुन भयो। त्यो सुनहरु सबै उनले गरिवको ऋण तीरमा मद्दत गरे। यहि खुशीमा नयाँ
सम्वत् चल्यो। त्यसैले यो एउटा राजा महाराजाले चलाएको सम्बत नभई एक साधारण
व्यक्तिले चलाएको सम्वत् हो।
भिडियोको रुपमा हेर्न तल गर्नुहोला
यसको अलावा अर्को कथा रहेका छ। यस किम्वदन्ति अनुसार एक व्यापारी
थिए। उनले धेरै पैसा कमाउने गर्थे। धेरै पैसा कमाउने कारण साथीहरूले राजासँग
षड्यन्त्र गरी उसको व्यापार सबै चौपट पारिदिए। र उनलाई गाउँ नीकाला गरिदिए। तर धेरै
पछाडि लेखा जोखा गर्दा खेरि शंखधर छलकपट नगरी आफूले दुःख गरी कमाएको पैसा भन्ने
कुरो थाहा पाएपछि राजाले उनको सबै सम्पत्ती फिर्ता दिएका थिए; त्यो पनि ब्याज
सहित। सम्पती खोसिएको बेला उनी गरिबसँग बसेका थिए। उक्त समयमा उनले गरिबहरूको दुःख
बुझेका थिए। त्यसैले जब उनले आफ्नो सम्पत्ति फिर्ता पाएँ उनले सारा गरीवका ऋण तिरी
दीए। तेस समयदेखि नै नेपाल सम्बत चलेको र उनलाई नेपाल संवतको निर्माता भनियो। धेरैजसो
इतिहासकारहरु यहीमा जोड दिनुहुन्छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/PN6G5jSVuNg
तर यी सबै
कथाहरूलाई प्रमाण गर्ने कुनै पनि आधार रहेको छैन। यहाँसम्म कि सबै ऐतिहासकारहरुले
मान्ने शंखधर साख्वालाई पनि इतिहासमा खोज्न निकै गाह्रो छ। उनको उल्लेख भाषा
वंशावलीहरुमा मात्र रहेको छ। तर नेपालकै सबैभन्दा ठूलो इतिहासको स्रोत गोपालराज
वंशावलीमा भने उनको उललेख काहिँ पनि भएको छैन। तापनि यदि हामीले उनको अस्तित्व
खोज्ने हो भने, भक्तपुरमा उनका अस्तित्व पाउन सक्छौं।
भक्तपुरमा एक टोलको नाम खोमा भन्ने रहेको छ। जसको मतलब प्रचलित भाषामा के हुन्छ
भन्दा पैसाको लेनदेन गर्ने पनि हुन्छ। शंखधरको नाममा पनि
पछाडीबाटै "खाव" लागेको कारण उनीले पनि पैसा दिएकाले उनी इतिहासमा रहेका
थिए।
भर्खरै पनि प्राप्त एक ठ्यासफुमा उक्त
तान्त्रिकको किताबका केही अंशहरु भेटिएको भन्ने सुन्नमा आएता पनि उक्त किताबलाई
लिप्यान्तरण गरिएको छैन। र आज भन्दा ३ बर्ष अगाडी तिब्बतमा खोज गर्दै आएका जर्मन
प्राध्यापकले एक हस्तलिखित ग्रन्थ भेटिएका कुरा उल्लेख गरेका छन्। उक्त हस्तलिखित
ग्रन्थमा एउटा बाक्यांस परेको छ। `उपलक्ष्यमा गरिएको छ भने जनताहरूको कर
तिरिदिएको वर्षमा´ भनेर लेखिएको छ। यो भनाइले हामीहरुले के अनुमान लगाउन सक्छौ भने
माथिको कथा केही हदसम्म सत्य हो।
यस्तै अर्को एउटा कथा अनुसार देशमा धेरै ठूलो महामारी फैलिएको
थियो। धेरै मान्छेहरु मरेका थिए। त्यो क्रम जति गर्दा पनि नरोकिएपछि पशुपतिमा
राजाले धेरैले ठूलो यज्ञ गर्नुभयो। उक्त यज्ञ पछि भगवान खुसी भई रोगको निवारण
गरेपछि सबैले नयाँ जीवन पाएको अनुभूति गरे र त्यो समयदेखि नै नेपाल संवतको सुरुवात
भयो।
आर्को किंवदन्तीअनुसार पशुपतिनाथ को मन्दिर पहिला शिखर शैलीको थियो
र उक्त शिखर शैलीको मन्दिर भत्काएर तल्ले सही बनाएको दिनदेखि नेपाल संवतको सुरुवात
गरियो।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
विभिन्न प्रख्यात इतिहासकारहरूले
नेपाल सम्वतको बारेमा थुप्रै टिकाटिप्पणी तथा अनुसन्धान गरेका छन् जसमध्ये बिदेशी
तथा स्वदेशी इतिहासकारहरूको संलग्नता रहेको छ। तीमध्ये एक बिदेशी खोजकर्ता William Kirkpatrick ले लेखेका An account of the
kingdom of Nepal भन्ने किताबमा उनीले राघब देवको
पालामा संवत् सुरु भयो भनेर लेखेका छन्। तर कुनै सम्वत हो भने उनले स्पष्ट लेखेका
छैनन्।
एक बिदेशी खोजकर्ताको अनुसार नेपालीहरुले ८ शब्दलाई नराम्रो मान्ने
भएकाले शाक सम्बत र मानदेव सम्वत जोड्दा ८०० आउने भएकाले, उनीहरुले सम्बत नै
परिवर्तन गरी नयाँ सम्बतको सुरुवत गरे जसको नाम नेपाल संवत राखियो। कतिपय
इतिहासकारहरु के मान्दछन् भने राघव देवले नै यो सम्वत चलाएका हुन। तर यो कुरा पनि
सत्य देखिदैन किनभने धनबज्र बज्राचार्यले उल्लेख अनुसार पशुपतिमा प्राप्त एक
अभिलेखमा `राघब देवक पालामा नेपाल सम्बत चलाइयो´ भनेर लेखिएको छ।
यसमा पालामा राखेको भनिएकाले उनीले चलाएको नभाइ उनको पालामा अरु कसैले नै यो सम्बत
चलेको कुरा हामीले बुझ्न सक्छ।
यस्तै अर्का नेपाली विद्वान् डि. रा. रेग्मी र
धनबज्र बज्राचार्यले भने एउटै मतलाई समर्थन गरेको देखिन्छ। उनीहरुका अनुसार
तत्कालीन समयमा नेपालमा ठूलो खडेरी परेको थियो र यहि कारण श्रीपशुपतिनाथमा ठूलो पूजा
गरियो अनि पानि पर्यो।उक्त महामारी रोकियो समयदेखि खुशीयालीमा नै राघवले आफूले नै
पूजा गर्न लायकको शंख फुकेको मूर्ति पशुपतिमा राख्न लगाए र धेरै जसोले उनलाइ
शंखधर साख्वा मान्छन् भने कतिपय इतिहासकारहरुले उनलाई राघवदेवनै मानेका छन।
यस्तै नेपाली इतिहासकार बाबुराम आचार्यले भने नेपाल संवत नयाँ
राजाको शूरुसँगै यो नेपाल संवत् सुरु भयो भनेका छन्। उनको अनुसार नयाँ वंशको शासन
काल सुरु भएसँगै नेपाल संवाद सुरु भएको हो। राघव देव ठकुरी वंशका थिए। उनी
सबैभन्दा जेठा छोरा थिए, उनका माइला भाइ जयदेव थिए भने कान्छा छोरा आनन्ददेव। उनीहरूले
ललितपुर भक्तपुरका विभिन्न ठाउँहरुलाई समाल्ने गर्दथे। उनको भनाइमा देवहरुको शासन
सक्कि ठकुरीको शासन सुरु भएकाले नयाँ सम्बत सुरु भएको बताए ता पनि केही भाषा
वंशावलीमा भने मानदेव राघवदेवको छोरा रहेको उल्लेख छ। त्यसैले यो तर्क पनि त्यति
भरपर्दो देखिदैन।
त्यस्तै अर्का विदेशी खोजकर्ता नेपाली आफ्नो पुस्तक ८ औं सताब्दीसम्म
तिब्बतको कब्जामा थियो र नवौँ शताब्दीमा तिब्बतबाट नेपाल स्वतन्त्र भएको
खुसियालीमा नै सम्बन्ध बनाएको भनेर उल्लेख भएको छ ल। तर यो कुरा सरासर गलत देखिन्छ
किनभने आठौं शताब्दी सम्म नेपाल र तिब्बतको राम्रो सम्बन्ध भएको र कसै कसैको
अधिनमा पारेको देखिदैन। जबकि सातौं शताब्दीमा राजा नरेन्द्रदेवलाइ उनका भाइहरुले
लखेट्दा उनी तिब्बतमा शरण लिएका थिए। त्यस्तै सन् ७०३ देखि ७०५ सम्म भएको नेपाल र
तिब्बतको लडाईमा तत्कालिन राजाको मृत्यु भएको कुरा पनि केपी जैसवालले उल्लेख गरेका
छन्।
यहाँसम्म आइपुग्दा हामीले के कुरा
थाहा पाउन सक्छौं भने नेपाल सम्वत कसरी सुरु भयो भने कुनै यकिनका साथ भन्न सक्ने
प्रमाणहरूको कमी रहेको छ। जसमा अध्ययन-अनुसन्धान गर्नु निकै जरुरी देखिन्छ। तर पनि
नेपालको नाम सँगै जोडिएको यस संम्वत निकै नै महत्वपुर्ण रहेको छ। किनभने नेपालको
इतिहासमा प्राप्त भएका थुप्रै अभिलेखहरूमा यही सम्वत् अनुसार चलेको उल्लेख छ। ८८८
वर्षसम्म चलेको यस नेपाल सम्बत चन्द्र चन्द्रशमशेरको पालोमा राजकीय सम्वतबाट हटेको
थियो। नेपाल संवतको पहिलो अभिलेख वि.सं नेपाल संवत ६५४ मा प्राप्त भएको थियो।
त्यसपछि काठमाडौँ उपत्यकालगायत काठमाडौँ उपत्यका बाहिर र भारतमा समेत नेपाल
सम्वतको उल्लेख रहेको पाइन्छ। हाल भारतको विहारका एक राजाले नेपाल सम्वतमा मुद्रा
निष्कासन पनि गरेका थिए। यो कुरा हामीले के थाहा पाउन सक्छौ भने नेपाल संवत् नेपालको
मौलिक संवत हो जस्को ठोलो महिमा थियो। तर पनि आजसम्म आइपुग्दा यस सम्बन्धी अहिले
खासै महत्व पनि पाउन सकिरहेको छैन। मुख्य कुरा के छ भने यस सम्वतलाई कुनै जातिसँग
नजोडी नेपालकै संवत भनि लागेमा यसको महिमा बड्ने तथा संवर्धन हुने देखिन्छ। नेपाल
सम्बत नेवारहरूको मात्र नभई सम्पूर्ण नेपालीहरूको सम्वत् हो भन्ने कुरा जबसम्म
ज्ञात हुँदैन तबसम्म नेपाल सम्बत ओझेलमै पर्ने देखिन्छ।
*********LIKE, SHARE & SUBSCRIBE********* SOCIAL MEDIA: https://www.facebook.com/ourancientne... https://pragyaji.blogspot.com/
REFERENCES:
https://pushupatinath.blogspot.com/2019/04/blog-post_5.html
https://www.google.com/search?q=nepal+samvat&oq=nepal+samvat&aqs=chrome.0.69i59j0.4212j1j4&sourceid=chrome&ie=UTF-8
https://en.wikipedia.org/wiki/Nepal_Sambat
https://www.google.com/search?q=nepal+samvat&oq=nepal+samvat&aqs=chrome.0.69i59j0.4212j1j4&sourceid=chrome&ie=UTF-8
https://en.wikipedia.org/wiki/Nepal_Sambat
Comments
Post a Comment