कुलदेवता / इष्ट देवता को हुन् त? किन पुजा गरिन्छ? (Why are KULDEBATA worship?)
इष्ट देवता को हुन् त? इष्ट देवता कुन देउता हुन? किन पुजा गरिन्छ?
इष्ट देवतालाई निकै पहिलादेखि नै पुज्ने गरेको पाइन्छ। तन्त्र शास्त्र अध्ययन गर्दा सन्सार सृष्टिमा देवीदेवता देखि ऋषि तथा गोपाल वशं देखिनै इष्ट देवतालाई पूजा गर्ने चलन रहेको छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/9gemx9-ppkg
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/9gemx9-ppkg
अन्य देवताहरुलाई एकातिर पन्छाइ मुख्य एक देवता लाई मात्र प्रमुख मानेर पूजा गरेर इष्ट देवताको पूजा गरिनछ। यसको मतलब अरु देवतालाई भन्दा कुनै देवतालाई विशेष पूजा गर्नु नै इष्ट देवता मान्नु हो। यी देवतालाई आफ्नै परम्पराबाट पूजा गर्ने गरिएको पाइन्छ। यस देवतालाइ आत्मसाथ गरे पछि आफ्नो कुलको उद्धार हुन्छ भन्ने कुरा नै तन्त्र विज्ञानमा लेखिएको छ। यही देवतालाई अंगालेर मुख्य देवता मानी पूजा गर्दा उक्त देवतासँग लिन वा मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ। इष्ट देवतालाई पूजा गर्नाले आफु जन्मेको सिद्ध हुन्छ। आफ्नो सामाजिक कार्य प्रतिको कर्तव्यहरु पनि सिद्ध हुने कुराको उल्लेख रहेको छ।
इष्ट देवताहरूलाई कहिलेदेखि मान्दै आएको भनेर हेर्दाखेरि देवता जस्तै ब्रम्हा, बिष्णु, महेश्वरहरुले पनि इष्ट देवताको पुजा गर्दै आएको पाइन्छ। त्यसकारण प्राय सबै समुदायहरुले इष्ट देवता या कुलदेवताको पूजा गर्ने गर्दछन्। यी कुल देवताहरुलाई अति गोप्य रुपमा राखेर पूजा गर्ने गरिन्छ। उनको कस्तो आकृति हुन्छ? कस्तो पहिरन हुन्छ? भन्ने कुनै स्पष्ट भने हुँदैन। यी देवताहरुलाई जति गोप्य रुपमा पूजा गर्न सकियो त्यतिनै शिध्दी प्राप्त हुन्छ भन्ने बिश्वास गरिन्छ। हिन्दुहरुले इष्ट देविको रुपमा महामाया भगवती तथा अन्य कुनै शक्तिशाली देवीहरुलाई नै मान्ने गर्दछन्। आफ्नो कुल देवताहरू सबै हिंसाको र बलि लिने खालका हुने गरेका पाइन्छन्। कोहिले ब्रह्मा, विष्णु, महेश्वर, हनुमानलाई समेत पनि इष्ट मानेको पाइन्छ भने बौद्धमार्गीहरुले लोकेश्वर, गोरखनाथ, सरस्वती, इन्द्र आदिलाई इष्ट देवता मान्ने गरेको पाइन्छ। कतिपय समुदायमा भने महादेवको रूप भैरब, नाट्यश्वर, बराह आदिलाई पनि पूजा गर्ने गरिएको छ कुल देवता को पुजा हिन्दु तथा बौद्धहरुले मात्र नभईकन अन्य सम्प्रदायका मानिसहरुले पनि पूजा गर्ने गर्दछन्। कुलायन पुजा अथवा कुल पूजामा रागा, बोका, सुँगुर, कुखुरा, हाँस लगायत अन्य पशुपंक्षीको बलि दिने गरिन्छ। तर हिन्दुधर्मको पबित्र ग्रन्थ गीतामा भने हिंसा गर्नु महापाप हो भनिएकाले पुजा गर्दा दुध, खिर र फलफूलले पूजा गर्नुपर्छ भनेर लेखिएको छ। सबै जातिले आफ्नो कुल देवता को पूजा आफ्नै तरिकाले गर्ने गर्दछन्। यो पुजा नेपालमा थुप्रै ठाउँमा गरिन्छ। मष्ट देखेर नेवार, बाहुन, क्षेत्री, वैश्य, शूद्र सबै जातिले कुल देवताको पूजा गर्ने गर्दछन्। कुलदेवताको पूजा दुइटा नक्षत्र अनुसार गरिन्छ सूर्य र चन्द्र।
![]() |
Telaju of Golden gate |
तन्त्रशास्त्रमा उल्लेख भए अनुसार यस्ता इष्ट देवताहरुको नाम अरुलाई खोलेर भन्ने गर्नुहुन्न वा अरुलाई देखाएर पूजा गर्नुहुन्न। जसको कारण सिद्ध प्राप्त नहुन सक्छ! यस्तो देउता भनेको प्राय आफु जन्मेको ठाउँको नाम पहाड वा प्राकृतिबाट राखिएको हुन्छ। नाम जे भएतापनि उनीहरुले भने गोप्यरूपमा देवतालाई नै पूजा गर्ने गर्दछन्।
नेपालमा यो पूजा कहिले देखि गरिन्छ भन्ने कुरा खोज्दै जाँदा खेरी इतिहास कालदेखि नै मान्ने चलन रहिआएको देखिन्छ। राजाहरुले पनि आफ्नो इष्ट देवता मानेका छन्। लिच्छविकालमा राजाहरुले मानेश्वरिलाई इष्ट देवी मानेका छन। मानदेवको अभिलेखमा उनले मानेश्वरलाई इष्ट देउता मानेको भन्ने कुराको उल्लेख छ तर त्यो समय कुन हो भन्ने यकिन हुन सकिएको छैन। तर पनि यस अभिलेखबाट हामीलाई यो प्रमाण मिल्छ कि उक्त समयमा पनि इष्ट देवताको पूजा हुने गर्दथ्यो। उक्त समयमा तलेजुको उल्लेख नभए तापनि मानेश्वरिको रूपमा पूजा गरिन्थ्यो भन्ने कुराको प्रमाण मिल्न सक्छ।
![]() |
Bhupetendra Malla |
मल्लकालमा तलेजुलाई इष्ट देवता मान्ने गरेका थिए। नेपाल सम्वत् ४४४ मा हरिसिंहदेबले भक्तपुरमा ल्याई तलेजुको स्थापना गरेपछि तलेजुलाई इष्ट देवता मानी पूजा गर्न थालियो तर लिच्छवि राजाहरुले मान्ने मानेश्वरि र तलेजु फरक-फरक देवता हुन् कि एउटै देवता हुन् भन्ने कुराको यकिन भने रहेको छैन!!!!
*******LIKE SHARE AND SUBSCRIBE*********
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/9gemx9-ppkg
*******LIKE SHARE AND SUBSCRIBE*********
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/9gemx9-ppkg
REFERENCES:
https://pushupatinath.blogspot.com/2019/04/blog-post_5.html
Esta devata. Ancient nepal
taleju puja
tha. puja. lochan.puroshottam
Comments
Post a Comment