किन जङ्गबहादुर राणाले आफ्नो जात बढाय| Why Janga Bhadur ugrade his caste| Ancient Nepal

नेपालका प्रथम श्री ३ महाराज तथा प्रधानमन्त्री जङ्गबहादुर राणा नेपालका एक शक्तिशाली व्यक्ति थिए। कोत पर्व भण्डारखाल पर्व जस्ता कुरा ठूला नर संहार तथा अन्य धेरै हत्या गरी शक्तिशाली भएका प्रधानमन्त्री जंगबहादुर राणा आफुले आफुलाई निकै शक्तिशाली मान्दथे। उनले धेरै संघर्ष गरेपछि मात्र प्रधानमन्त्री बनेका हुन्।यस्तो संघर्षपछि प्रधानमन्त्री बनेका जङ्गबहादुर राणा धन सम्पति मात्र होइन मानप्रतिष्ठा पनि पाउनु थियो।

पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 


 प्राइम मिनिस्टर पद पाएका उनी अझै पनि आफ्नो मानप्रतिष्ठा बढोस् पनि ठान्थे। त्यसैले उनले भीमसेन थापाको पालामा हारेर गुमाएको जमिनहरु ल्याउन पहल गरे। जसमा उनले दार्जिलिङ पनि नेपालमा मिलाउने प्रयास गरे, तर उनी असफल भए। त्यसपछि उनले भोटसँग युद्ध गरेर जिते साथै भारतमा भएको आन्दोलनमा अंग्रेजलाई सहयोग गरेबापत उनले केहि जग्गा पाए र यसकारण प्रतिष्ठा बढ्यो।

 तैपनि उनलाई खासै चित्त बुझेको थिएन किनकि त्यस बखतमा ३ वटा डोरि भएको जनाइ लाउने खसे छेत्रीहरुलाई उपल्ला क्षेत्रीहरुले तल्लो तहमा राख्दथे। साथै संगै खानपिन गर्न अफ्ट्यारो मान्थे भने बेहे पनि चलाउने थिएन। यसको कारण जंगबहादुरको अगाडि जतिनै प्रशंसा गरे पनि उसको उनलाई यो  कुराले आफ्नो मान घटेको महशुस गर्थे। यसरी माथिल्लो तहको क्षेत्रीय नभएका कारण उनको मनमा किरा खेले रहन्थ्यो। प्राइम मिनिस्टर भइ बिदेशमा चर्चा चले पनि आफ्नो देशमा जात प्रतिको भेदभावले चिन्तित रहन्थे। उनलाई सामाजिक प्रतिष्ठा बढाउनु थियो।




 त्यसैले उनले बिजयराज गुरु पुरोहितलाई बोलाएर उनी मार्फत उनले आफ्नो पुस्ताको वंशावलीमा महाराणा प्रतापको पुर्खेउलीमा आफ्नो पुर्खाको र आफ्नो नाम जोडिदिए।  उनले लेख्न लगाएको वाक्यांश  यस प्रकार रहेको छ, 'हजुरका पुर्खा चित्तरैगढबाट पहाड पस्दा हाम्रा पुर्खा पनि सँगै आएका, हाम्रा पुर्खाले चाहि खसनि स्वास्नि राखेर जन्मेका हामी चाहिँ खस छेत्री भएका है।'  यो बिन्ती उनले श्री ५ लाई चडाए र महाराजले पनि हुन्छ भन्नू भयो। यस्तो प्रकारको विधि उनले आफ्नो जात उन्न्तमा लगेको देखिन्छ। श्री ५ को मन्जुरी पछि वि सं १९०५ वैशाख सुदि १३ ( ५ मे १८४८) मा जंगबहादुरलाई श्री ५ महाराजधिराज सुरेन्द्रबाट `राणाजी´ को उपाधि दिइयो।  अब  प्राइममिनिस्टर याण्ड कमाण्डर इन्चिफ जङ्गबहादुर कुँवर राणा भए | उनी उनको पुस्ता अब राजाका छोराका छोराको छोरा भए र चार पुस्तादेखि राज खाद्यान्नसँग जोडिए। उनी चौतारिया खलक भए यसपछि उनी अब सर्वसाधारण सामान्य व्यक्तिभन्दा मान्छेको दर्जामा पुगे।  उनले आफूले आफूलाई श्री ३ बढाए।
https://youtu.be/TRDyt7iFmEg

सर्वसाधारण सबैलाई थाहा थियो तर उनले यसको प्रचार एकदम ठूलो मात्रामा  प्रचार गरे। राजाबाट पनि हुकुम भएकोले र प्रधानमन्त्री भएकालेे कसैले प्रश्न गरेन। यो कुराको प्रचार उनले भारतमा समेत गरेर भारतका राजपूत क्षेत्री तथा कुरी ठकुरीहरुसँग पनि अब विवाह गर्न पाउने भए। धेरै देश बिदेश घुमेका र राजा महाराजाहरु सँग उनले भेटे सधैभरी प्राइममिनिस्टर या प्रधानमन्त्रीका रुपमा भेटे हुन्थ्यो। उनका सल्लाहकारले उनलाई श्री ५ नै बन्नु बनेका थिए।  तापनि उनले आफ्नो मर्यादा भन्दा माथि नजाने कुरा व्यक्त गरे। उनलाई राजाको खलक तथा श्री ५ महाराजधिराज बनाउँछु भन्ने पण्डित विजयराज गुरु नै थिए, जसले उनका दर्जा बढाइदिएका थिए। तर पनि उनले आफू श्री ३ नै हुने र उनले सधैभरी श्री ५ प्रति बफादार वा मर्यादित हुने धारणा व्यक्त गरे।  उनी आफ्ना भाइहरुलाइ पनि यहि कुरा सम्झाउन्थे।

पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 
https://youtu.be/TRDyt7iFmEg

REFERENCES:
1. Life of Maharaja Sir Jung Bahadur of Nepal, Pudma Jung Bahadur Rana 

2. Jung Bahadur RanaThe Story of His Rise and Glory, Purushottama Śamaśera Ja. Ba Rāṇā   

3. Adhunik Nepal ko Rajanaitik itiash, Surendra K.C
4. https://youtu.be/TRDyt7iFmEg

Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal