हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal


सन्तान नहुनेलाई सन्तान दिने, दुःखीको कल्याण गर्ने तथा दुःख नष्ट गर्ने खोटाङ जिल्लामा रहेको हलेसी महादेव मन्दिर एक प्रमुख तीर्थस्थल रहेको छ। रामनवमी, बाला चतुर्थी, तिज र शिवरात्रीमा मेला लाग्ने यस तीर्थस्थल नेपालमा मात्र नभई भारत, भुटान तथा अन्य देशहरूमा पनि चर्चित रहेको छ। भिरालो तथा खोलानाला को बीचमा अवस्थित यस हलेसी महादेवको गुफा समुद्री तहबाट ३१०० माथि देखि ४७०० फिटको उचाइमा रहेको छ।

पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 


हलेसी महादेव को उत्पत्ति बारे कुरा गर्ने हो भने यसको उल्लेख पुराणहरुमा पाउन सकिन्छ। पौराणिककालमा वृकासुर नाम गरेको राक्षसले दिव्य बाह्र हजार वर्षसम्म तपस्या गरी महादेवबाट जसको टाउकोमा हात राखु त्यो भस्म होस भन्ने वरदान पायो। पार्वतीलाई आफ्नो बनाउन खोजी महादेवलाई नै भष्म गर्न महादेवलाइ लखट्न थाल्यो। महादेव दुधकोशी बाटो उकालो चढी सुन्दर हलेसीको थुम्कोमा आफ्नो त्रिशुलले एक लामो ठाडो गुफा बनाई भित्र छिरी बस्नु भयो। आफ्ना बसाहा, नाग तथा अन्य गणहरुलाई राक्षेस आएमा बाजा बजाई संकेत दिनु भनी त्यहाँबाट अर्को प्वालबाट निस्कि अर्को गुफामा गइ बस्नुभयो। श्री महादेवले नबनाएको गुफा अघि बसाहा पत्थर महादेवको बसाहा रहेको मानिन्छ। यसैगरी माथि पट्टिको बाजा र मादल सङ्केतको लागि राखिएको किम्बदन्ती छ। गुफाको अन्तिममा मानिस जस्तो आकृति पाइला महादेवले टेकेको भन्ने किम्वदन्ती प्रचलनमा रहेको छ। महादेवले माथिपट्टि लुक्न बनाएको गुफा महादेवस्थान हो भने प्रचलन रहेको छ। यही गुफामा लुक्दै रहँदा श्रीविष्णुले यो कुरा थाहा पाई आफू नै पार्वती बनी आए। उनले आफुसंग नाचे विवाह गरौंला भन्ने कुरा गरिन्। यही नाच सिकाउने क्रममा नाचादा नादौ असुरलाई आफ्नो आफ्नै थाप्लामा राख्न लगाई लाई नै भष्म गरिदिनुभयो। यसपछि तेत्तिस कोटी देवताको पुष्पवृष्टि गराए। वृकासुरको खप्पर र हाड त्यहि नजिक रहेको जनविश्वास रहेको छ।


अर्को एक किंवदन्तीअनुसार यसै जङ्गलमा एक सिकारी बन्दुक बोकिरहेका थिए। यसैमा उनले एक सुनौलो मृग देखि लखेट्न थाले। शिकारीसँग भएको कुकुर र मृग दुवै गुफा भित्र छिर्दै गर्दा दुवै भित्र बिलाए। शिकारी गुफा भित्र हेर्न जादा, गुफा भित्र बत्ती बलेको तथा बालबच्चासंगै महादेव पार्वती र अन्य गणहरु नाचिरहेको देख्यो। र यो कुरा उनले सर्वत्र प्रचारप्रसार गरे र त्यस बखत देखि हलेसी महादेवको महिमा शुरु भएको किंवदन्तीहरू रहेका छन।
अर्को कुरा यस ठाउँको नाम कसरी रहन गयो भन्दा यस ठाउँमा हलेसी नाम गरेको चरा पाइने हुनाले सबैले हलेसि भनेको पनि कुराहरु यहाँ सुन्न पाइन्छ। यद्यपि केही बुढापाकाको अनुसार महाभारतको युद्ध पूर्व गौ हत्याको अभियोग लागेकाले बलरामले यहाँ अाई हलोले गुफा बनाई भित्र शिवलिङ्ग स्थापना गरेकाले हलेश्वर महादेव रहेको मानिन्छ। आर्को पौराणिक किंवदन्ती अनुसार नारायणले राक्षसको बध गरेपछि बिष्णु अर्थात् हरि यसै स्थानमा आइ महादेवलाइ दर्शन दिएकाले यहाँको नाम हरिश्वर रहन गयो। कालान्तरमा हलेश्वर र पछि हलेसी नाम रहन गएको किम्वदन्ती प्रचलनमा रहेको छ।

यस हलेसी महादेवको प्रचीनताको बारे कुरा गर्ने हो भने नेपालका किराती जातहरुको घनिष्ठ सम्बन्ध रहेको पाइन्छ। किराती राजा येकेन हागका जेठा छोरा लेलिंमहागले कलिगत सम्बत २२९५ तिर हलेसी महादेवको दर्शन गरेको र यस्तै अर्का किराती राजा शाङखहागले कलिगत सम्बत २२४७ माघ महिनामा यस गुफामा पुजा गरेकोको साथै हलेसी महादेवलाई किराँतीहरुले आफ्ना इष्ट देवता मानी नित्य पूजा पनि गरिएको पाइन्छ। यद्यपि यस ठाउँमा बलिप्रथा प्रतिबन्ध भएका कारण यो कुरालाई ठोस रुपमा प्रमाणित गर्न सकिँदैन।

 श्री ५ रणबहादुर शाहले लेखेको पत्र

पुरातात्विक हिसाबमा हेर्ने पनि श्री ५ रणबहादुर शाहले वि.सं १८४७ मा लेखेको पत्रमा हलेसीमा लाख बत्ति बाल्नु भनी मनोरथ आचार्यलाई पठाएको पत्र मात्र रहेको छ।साथै तिब्बतमा प्राप्त एक अभिलेखमा विसं १८०० ताडपत्रमा `अनकन्टार पहाडमा रहेको शिवको मन्दिर एक शिकारीले पत्ता लगाएको´ भन्ने उल्लेख रहेको छ। तर यो भन्दा अघि नै त्यहाँ रहेका घन्टी तथा अन्य अभिलेखहरू प्राचीन रहेका छन्। जसमध्ये सर्वप्राचीन चढाइएको घन्टी १६६४ को देखिन्छ। यसको अलवा नेपाल पुरात्त्व विभागको सर्वेक्षण अनुसार हलेसी महादेव ७/८ सय वर्ष पुरानो मानिएको छ।

https://youtu.be/n-rQfuE-SWc

यस स्थान शैव तथा हिन्दुसँग मात्र नभई बौद्ध धर्मसँग पनि उत्तिकै कुमा कुम मिलाएको छ। ८ औ शताब्दीमा बुद्धधर्मका सुप्रसिद्ध भिच्छू पद्मसम्भवले यश ठाउँमा तपस्या गरेको हुनाले बौद्ध धर्मावलम्बीहरूले यस ठाउँलाई निकै महत्वपूर्ण ठाउँ मानेका छन् । पद्मसम्भवले अतिसा दिपंगर नामक बुद्ध भन्दा पनि पहिले भारतबाट तिब्बत गएको हुँदा, उनीले नेपालमा हुदा यस गुफामा तपस्या गरेकाले यस ठाउँ बौद्धहरूको लागि पनि एक तिर्थ स्थलको रुपमा रहँदै आएको छ।
यस्तो प्राचीन तथा प्राकृतिक रुपले धनी रहेको यस तीर्थस्थल लाई विकास गर्ने हो भने यसको लोकप्रियता बड्ने देखिन्छ।


पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 
https://youtu.be/n-rQfuE-SWc
FOLLOW US:

REFERENCES:

# Subba prem bhadur. Sanchipta Nepal Etisash. 2047 V.S
#  Subdri om prasad. Haleshi mahadev ek aadhyan. 2051 V.S
# Subdri om prasad. Saskrit prapechyama haleshi mahadev, ancient nepal

Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal