नेपाल भाषाको इतिहास (नेवारी भाषा) | History of Nepa bhasa (newari)| Ancient Nepal
![]() |
Ranjana Script |
काठमाडौ उपत्यका उदगम स्थल रहेको नेपाल भाषालाई नेवारी भाषा पनि भन्ने गरिन्छ। नेवा समुदायले विशेषगरी बोल्ने यस भाषा चिन तिब्बती अन्तर्गत तिब्बती बर्मेली शाखामा पर्दछ। यो भाषा नेपालको मौगोलिक र आफ्नै भाषा हो। हाल यो भाषा बोल्ने ८ लाख भन्दा बढी मानिस रहेका छन्। यो भाषाको छुट्टै प्रचलित लिपि पनि रहेको छ।
यो भाषाको उत्पत्ति कहिले भयो भन्ने विषयमा प्रकाश गर्दा खोज्दा यसको उत्पत्ति दुई हजार वर्ष पहिले भएको मानिन्छ । जब लिच्छविहरू नेपाल छिरे तब नयाँ भाषा उत्पत्ति भयो। यो भाषामा किराँती, मैथिली र संस्कृति भाषा मिसिएको देखिन्छ। पछि आधुनिककाल सम्म आउदा यसमा केहि खस नेपाली भाषा पनि थपिएको छ। लिच्छविकालमै यस भाषाको उत्पत्ति भएतापनि त्यस बखत यसलाई राष्ट्रिय भाषाको रुपमा लिएको थिएन। त्यसबखत संस्कृत भाषालाई नै राष्ट्रिय भाषाको रुपमा लिएको थियो। तापनि नेपाल भाषा आफ्नै क्रममा विकास हुँदै थियो।
यो भाषाको उत्पत्ति कहिले भयो भन्ने विषयमा प्रकाश गर्दा खोज्दा यसको उत्पत्ति दुई हजार वर्ष पहिले भएको मानिन्छ । जब लिच्छविहरू नेपाल छिरे तब नयाँ भाषा उत्पत्ति भयो। यो भाषामा किराँती, मैथिली र संस्कृति भाषा मिसिएको देखिन्छ। पछि आधुनिककाल सम्म आउदा यसमा केहि खस नेपाली भाषा पनि थपिएको छ। लिच्छविकालमै यस भाषाको उत्पत्ति भएतापनि त्यस बखत यसलाई राष्ट्रिय भाषाको रुपमा लिएको थिएन। त्यसबखत संस्कृत भाषालाई नै राष्ट्रिय भाषाको रुपमा लिएको थियो। तापनि नेपाल भाषा आफ्नै क्रममा विकास हुँदै थियो।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
जब मल्लहरुको शासन आयो तब भने यस भाषा बोल्ने र प्रयोग गर्नेमा व्यापकता आइसकेको थियो। त्यसबखत खस भाषा पनि आइ सकेको थियो। संस्कृत पनि बोलिने गरिनथियो। मल्लको शासन कालको सुरुवातमा यो भाषा कम देखिएता पनि १२ औं शताब्दीदेखि नेपाल भाषा बोल्ने धेरै देखियो। र यसलाई राजकिय भाषाको रुपमा चलाउन थालियो। राजाहरूले साहित्य तथा अभिलेख लेख्दा पनि नेपालभाषामै लेख्न सुरु गरे। मध्यकालीन नेपालमा चरम विकास भएको यो भाषा १९ औं शताब्दीसम्म बिना बाधा चल्यो।
पृथ्वीनारायण शाहको पालामा पनि यो भाषामा त्यति बाधा परेको देखिँदैन। पृथ्वी नारायण शाहका छोरा प्रताप शाहले पनि नेपाल भाषामा साहित्य लेखिएका थिए। खस भाषा राजकाजमा प्रयोग भएता पनि एक तिब्बतसँगको शन्धिपत्र नेपाल भाषामा लेखिएको छ। यसले के देखाउन्छ भने त्यसबखत नेपाल भाषाको महत्व गुमाउएको थिएन।
तर जब जङ्ग बहादुर राणा सत्तामा आए तब यश भाषालाइ दमन गर्न सुरु गरियो। उनले नेपाल भाषामा लेखेका धेरै बौद्ध पुस्तक तथा बिभिन्न धार्मिक ग्रन्थहरु फालिदिए। यहि बेला यस्ता पुस्तको महत्त्व बुझेका बिटिश राजदुतले नेपाल भाषाका ग्रन्थ लगे। जुन अझौ पनि लन्डनको संग्राहलयमा देख्न सकिन्छ।
चन्द्रशमशेरको पालामा पनि यस भाषालाइ निकै अवरोध पुर्याए। नेपालभाषामा लेखिएको कुनै दस्तावेजहरु आधिकारिकता प्राप्त नगर्ने भयो। भिम शम्शेरले भने नेपाली भाषा बोल्नेलाई मात्र जागिर दिने तथा अन्य भाषा बोल्नेलाई लागि नदिने भनीयो। जुध्द शमशेरले नेपालको ईतिहासमा सबैभन्दा बढी नेपाल भाषालाई दबाए। नेपाल भाषा प्रयोग गर्न प्रोत्साहन गर्ने योगविर कंसाकार, सिद्धिचरण श्रेष्ठ, फत्ते बहादुर सिंह, चित्तधर ह्रदय जस्ता साहित्यकारहरुलाई विं. सं. १९९७ मा जेल हालिदिएका थिए।
तर पद्म शम्शेरको पालादेखि भनी केही खुकुलो बनाइएको थियो। यस्तै २००७ साल पछि भने देश भएका थुप्रै सकारात्मक परिवर्तनहरुमध्ये यो पनि एउटा थियो। २००८/९ सालतिर हनुमानढोका दरवार भित्र नै नेपाल भाषाको साहित्यिक सम्मेलन भएको थियो। तर २०१७ सालपछि भने फेरी नेपाल भाषामा त्यति उन्नति प्रगति देखिएन। २०४६ सालको आन्दोलन पछि भने भाषालाई संविधानमा पनि उल्लेख गरियो। तापनि यसको विकास त्यति राम्रो गरी भएको देखिँदैन।

यो भाषा प्राचिन नेपाली साहित्यहरुमा व्यापक रुपमा प्रयोग भएको देखिन्छ। हालसम्म सबैभन्दा पुरानो नेपाल भाषा अभिलेख ई. सं. १११४ को रूद्रवर्ण महाविहारमा रहेको ताड पत्रलाई मानिनछ। त्यस बेलादेखि यो राम्ररी विकास भएको देखिन्छ किनभने १४औं शताब्दीमा लेखिएको नारदसंहिता, गोपालराज वंशावली, अमरकोश जस्ता महत्त्वपूर्ण पुस्तकहरु पनि नेपाल भाषामा लेखिएको छ। साथै १५०५ मा लेखिएको भागवत पुराण पछी थुप्रै साहित्यहरु नेपाल भाषामा लेखियो। त्यति हुँदै यसको विकास हुँदै गयो। नेपाल भाषाको साहित्यको जग महिन्द्र मल्ले हाले जो नेपाल भाषाको आदिकवि भनी चिनिन्छन। यस्तौ सिद्धिदास महाजुलाई महाकवि भनिन्छ भने शुक्रराज शास्त्रीले चाइ व्याकरण लेखेका थिए। यो भाषा मात्र नभएर यसका लिपिहरु पनि थुप्रै रहेका छन्। नेपालभाषा विशेषतः रन्जना लिपी, प्रचलित नेवारी लिपिमा लेखिन्छ भने यसको एउटा अत्यन्त राम्रो लिपि कुटिल लिपि चाहिँ माथिबाट तल लेखिन्छ। यो भाषा प्रयोग भएको अन्य लिपिहरु ब्राम्हि लिपि, गुप्त लिपि, लिच्छवि, भुजिमोल, लितुमोल, पाचुमोल, गोलमोल, कुंमोल आदि पर्दछन।
हामीले अघि नै चर्चा गरे अनुसार २ हजार वर्षअगाडि उत्पत्ति भएको यो भाषा उक्त समयमा रहेका नेपाल भाषा बोल्ने व्यक्तिहरु विभिन्न ठाउँमा छरिएर ; त्यसकारण यसको भाषामा पनि केही विभेद देखियो। जस्तै दोलखामा छुट्टै नेपालभाषा भक्तपुर, काठमाडौँ, कृर्तिपुर, पाटन, बनेपा, चित्लाङ आदि ठाउँमा अनुसारको भाषामा केही फरक फरक देखिन गयो। तापनि यसको मूल थलो भने काठमाडौ उपत्यका नै हो।
follow us on SOCIAL MEDIA
https://www.facebook.com/ourancientnepal
https://pragyaji.blogspot.com
https://www.instagram.com/ancient_nepal/?hl=ne
Reference:
https://youtu.be/_25eM7e1Dik
Comments
Post a Comment