दरबार हत्याकाण्ड | Birendra | Ancient Nepal

नेपालका दशौं शाहवंशीय राजावीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए।


बि.स २०५८ साल जेठ १९ गते सुक्रबार राती ९ बजेर १५ मिनेट ज“ादा नेपालको ईतिहासमा एउटा अकल्पनिय घटना घट्यो । नेपाली जनतामा एकाएक त्रास फैलियो ।
सन् २००१ जुन १ तारिखका दिन राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ । नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारे। गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। जुन ४ तारिखका दिन राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए। षड्यन्त्र सिद्धान्तले बल पुर्यादइरहेकै बेला नेपाली जनता मध्ये केही अझै यो तीतो सत्य स्वीकार्न तयार भइसकेका थिएनौं।
यसमा प्रयोग भएका हतियार(हरू):
Colt M16A2 rifle
H&K MP5K 9mm submachine gun
Franchi SPAS-12 shotgun
Glock 19 9mm pistol
दरबार हत्याकाण्ड पछि समयका पत्रहरु निरन्तर पल्टिरहे तर राजतन्त्र नै ईतिहासमा कहिद भईसकेपनि त्यो त्रासदीको रहस्यका पानाहरु अझै पल्टन सकेका छैन ।

Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal