हरिशयनी एकादशीको कथा | Harisyani ekadashi | Ancient Nepal

आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । श्रृष्टिकर्ता विष्णु यस एकादशीबाट चार महिनाका लागी क्षीर सागरमा बलि राजा भएको पातालमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी वा असारे एकादशी पनि भनिन्छ। यस पछी हरिबोधिनी एकादशीमा मात्र जाग्ने भएकाले चतुर्मास भरी विष्णुको पूजा गर्ने, ब्रत बस्ने चलन छ ।
Changunarayan, Bhaktapur

ब्रम्हाजिले नारदलाइ भने अनुसार सत्य युगमा मान्धाता नामक राजाको राज्यकालमा एक शुद्रले तपस्या गरेकाले अनिकाल परेछ। ऋषिहरुले त्यस शुद्रलाइ नमारी अनिकाल नरोकिने भनेकाले राजालाइ मार्न लगाइयो। तर बेकसुरलाइ नमार्ने यस्को सट्टामा चारवटै जात राखी हरिशयनी एकादशीमा होम गरेकाले यो उदारता देखि भगवान प्रसन्न हुनु भयो र अनिकाल हट्यो।
Bishnu vikranta, Changunarayan

बैदिक सनातन सस्कारमा तुलसी पूजा को ठूलो महत्व छ ।
श्रिमद्ध भागवतको ३ को ५ को १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पतिा रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छl स्कन्द पुराण्ले पनि तुलसी को पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ । औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ ।
तर यस बर्ष कोरोना महामारीका कारण अघि जस्तो भिड नहोला।

Comments

Popular posts from this blog

हरिबोधिनी एकादशी महिमा | Haribodhani Ekadashni

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal