गठेमगंल/ घन्टाकर्ण/ गथांमुगः | Ghantakarna , Ghatemangal | Newar festival

गठेमगंल

गठेमगंल/ घन्टाकर्ण/ गथांमुगः


गथांमुगः शब्दवाट अपभ्रशं हुँदै नेपालीमा गठेमंगल भएको बताइन्छ । नेवार समुदायले यस पर्वलाइ रोपाइँ सकिएको रूपमा मनाउने गर्दछन्। यसमा गरिने विधि पुरुषहरुले गर्ने भएकाले पनि छोराको चाड पनि भन्ने गरेको पाइन्छ।

गठेमगंलमा भिमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ , उक्त राक्षसको मृत्यू पछि धेरै जना त्रास र भयवाट मुक्त भएको मानिन्छ । घन्टाकर्णलाई सनातन धर्ममा भनें भगवान शिवका उदण्ड भक्त र केहिले महादेवकै उग्र रुप भैरवको रुपमा मानिन्छ। यद्यपि कत्तिले भने गथांमुग र भिमकाय राक्षसको कथा बेग्ला बेग्लै रहेको मान्दछ्न। घन्टाकर्ण भन्नाले ठूलो ठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरुका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ र यसो गर्दा एकजना सम्पूर्ण रुपमा नीलो बस्त्र लगाएको पुरुषले घरघरमा दानदक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरुलाई खोलामा लगेर बगाइन्छ या आगो बालेर जलाइन्छ । यसरी सेलाँउदा उक्त नीलो बस्त्र धारी पुरुष प्रतिमाहरु माथि बस्ने चलन छ । यसअर्थमा गठेमगंल नराम्रो शक्तिमाथि मानवता को जीतका रुपमा लिन सकिन्छ ।
 घन्टाकर्ण


गठेमगंलवाट लाखे नाच पनि शुरुवात हुन्छ, लाखे नाच एक महिनासम्म चल्दछ । प्राचिनकालमा पानी या सरसफाईका कारणले सामान्य पेट दुख्ने या वान्ता हुने समस्याहरु हुँदा पनि ज्ञान या सुचनाको अभावमा मान्छेहरुले भुतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुनसक्दछ हाम्रो सस्कारहरुमा भगवान र भुत दुबैले उत्तिकै आकर्षण पाएका छन l

 राति राँको बालेर भूत भगाउने र बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ ।

Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal