गुँलापर्व | Gula parva | Ancient Nepal

स्वयम्भु (Swyambhu)

बौद्ध धर्मालम्बीको महत्वपूर्ण सांस्कृतिक पर्व ‘गुँलापर्व’ साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छl यो पर्व नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना मनाइने गर्दछन्।
नेवाः नेवार समुदायले मनाउने गुँलापर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ । सथै मध्यपुर थिमिमा पनि न्याकुबाजा नामक अर्नाको सिंङको बाजा र चितबाजा नामक भेडाको सिंङको बाजा बजाइन्छ। यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई बिराजमान गराइन्छ। काठमाडौ उपत्यका बहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरि कृष्ण जन्म अष्ट्मी सम्म मनाइन्छ।
गुँलाबाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालिन राजा हर्षदेवको शासनकाल ने.सं. २०४–२१८ बाट सुरु भएको अनुमान यहाँ एक महिनासम्म राजा हर्षदेवद्वारा रचना गरिएको दशवलास्तव स्रोत सांगितात्मक रुपमा चलाउँदै आएको कुराले पुष्टि हुन्छ।
तर यो पाली Covid-19 को कारणले कुनै भिडभाड नगरि मनाइने भएको छ भने केही स्थानमा चाहिँ कार्यक्रम नै स्थगित भएको छ।


गुँला पर्व समाप्ती
नेपाल: सबंतको यो बाहौ महिना हो अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवा समुदायको बाहुल्यता भएका ठाँउमा भव्यताका साथ मनाइयो। नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा वर्खाका समयमा यात्रा नगरि एकै ठाँउमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ। विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा छ।दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरुको यस दिनमा विशेष पुजा गरिन्छl

FOLLOW US FOR MORE





ancientnepal2019@gmail.com

Comments

Popular posts from this blog

हरिबोधिनी एकादशी महिमा | Haribodhani Ekadashni

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal