नाग पञ्चमीको महत्व | Nag panchami | Ancient Nepal
![]() |
कलियदमन, Hanuman Dokha Durbar |
नाग पञ्चमी
नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। महाभारतको आदि पर्व अनुसार परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र महायज्ञ सुरु गरे। यस पश्चात् तक्शक स्वर्ग गइ माफ मागे पछि सबै सर्पको पुर्ण जन्म यहि दिन भएको थियो। महाभारतमै पाण्डुपुत्र अर्जुनले नागकन्या उपलीसङ्ग, रघुवंशमा नागकन्याहरुको विवाह रघुवंशसङ्ग भएको आदी प्रसंगले नागजातीको प्राचीनताको आधार प्रष्ट हुन्छ ।
स्वयम्भू पुराण अनुसार काठमाण्डौ उपत्यका जलमग्न रहेको समयमा नागजातीले शासन गर्दथे । विभिन्न आख्यान्न अनुसार नागहरुलाई नै नेपालको प्रथम आदिबासी हुन् भनि मानिन्छ । त्यस अर्थ योगी नरहरीनाथले नास्ती अपराधौ सः नाग अर्थात जस्को कुनै अपराध गर्दैन त्यो नाग हो भनि नाग प्रजातीको सरलपनाको व्यख्या गर्नु भएको छ । पश्चिम नेपालमा स्थापना भएको खश राज्यका प्रथम शासक लाई पनि नागराज भनिएको पाईन्छ ।
नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
हरेराम जोशिको अनुसार हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । यसरी नागपञ्चमी मनाउँनुको महत्व प्रष्टिन्छ ।
#Ancientnepal
Comments
Post a Comment