गाईजात्रा सा: पारु Gaijatra | Ancient Nepal

सा: पारू


गाईजात्रा / सा: पारु

यस पर्वमा दिवंगत आत्माको मोक्ष्यको प्राथना गरिन्छ। यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ। यो जात्रा लिच्छवीकालमा चलेको जात्राकै एक विकशित रूपमा मानेता पनि केहि किमदंतीहरुले चाही यसको उतपत्ति मध्यकालमा भएको देखिन्छ।

 काठमाडौँ

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् I राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाण्डौ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइनl

भक्तपुर

भक्तपुरमा ९ दिन मनाइने यो जात्रालाई नेपालभाषामा गुन्हु पुन्ही (नौदिने पूर्णिमा) पनि भनिन्छ। जनै पूर्णिमाको दिन  तलेजुको घिन्ताङघिसी निकाले पछि मात्र सर्वसाधारणले घिन्ताङघिसी निकालन पाइन्छ। सापारुको श्रेय भक्तपुरका राजा जगतप्रकाश मल्ललाई दिने इतिहासविद पनि भेटिन्छन्। जगतप्रकाश मल्ल प्रभावशाली थिए। उनले ने.स.७६४ देखि ने.स. ७९३ सम्म राज गरेको देखिन्छ। जगतप्रकाश मल्ल र उनका प्रभावशाली भारदार चन्द्रशेखर मिलेर 'जगच्चन्द' नामबाट कयौं साहित्य रचना गरे। जगतप्रकाश मल्लले धेरै अभिलेख राख्न लगाए। तर सापारु सुरुआत गरेको देखिँदैन।

त्यतिमात्र होइन, जगतप्रकाश मल्लका दुई छोरा जितामित्र र उग्रमल्ल दुवै पछिसम्म जिवित रहेको र तेस्रो कुनै राजकुमार नभएका सन्दर्भमा यो कथन पनि बिना प्रमाण सिर्जित भएको देखिन्छ।

Rani Pokhari


पाटन

यता कोहीकोहीले सापारु पर्वको श्रेय पाटनका राजा सिद्धिनरसिंह मल्ललाई दिने गरेका छन्। उनका छोरा श्रीनिवासमल्लको नाम इतिहासमा लेखिएको भए पनि जेठो छोरो ज्योतिर्नरसिंह मल्लको विषयमा इतिहास बोलेको छैन। उनै ज्योतिर्नरसिंहको मृत्यु ने.स. ७७२ असोजतिर भएपछि इतिहासले पुनः उनलाई सम्झन आवश्यक ठानेन। इतिहासप्रति सचेत सिद्धिनरसिंह मल्लले कहीँकतै उनीबारे जिकिर गरेका छ
काठमाडौं उपत्यकामा प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारु मनाइन्छ। यसदिनलाई बलीवर्द प्रतिपदा तथा वृषभ प्रतिपदाको नामले पनि चिनिन्छ।



Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal