रानीपोखरी | न्हु पुखु | Rani Pokhari | Ancient Nepal
नेपालमा प्राचीन समयदेखि थुप्रै पोखरीहरु रहेका छन्। यस्तै प्राचीन पोखरीहरु काठमाडौँ उपत्यकामा ११८ वटाजति रहेका छन्। जसमध्ये २५ वडामा घर बनेका छन् भने १६ वटा भनी सुकेर चौर बनेका छन् र ९ वटा भने त्यसै सुखा रहेका छन्। बाँकी चलनचल्तीमा रहेको छन तापनि अहिले स्थानीय बासिन्दाहरु जागरुक भई यस्ता पोखरीहरू पुरानै स्वरूपमा लागिरहेका छन्। तर यसमा हामी कुरा गर्नेछौँ रानीपोखरीको बारेमा।
सर्वप्रथम रानीपोखरी कल्ले बनायो?
प्रसिद्ध इतिहासकार हरिराम जोशीका अनुसार यो रानीपोखरी मल्लकालमा नै बनिइसकेको थियो। प्रताप मल्लले यस पोखरीलाई सुन्दर बनाए तथा डिलरहरु मिलाए। उनको अनुसार यसको वरिपरि रहेको सप्त हिति, तिनधारा लिच्छविकालीन धारा भएको हिसाबमा हामी यसलाई यो पोखरीलाई लिच्छविकालीन पोखरी मान्न सक्द छै। उनको अनुसार यस पोखरीलाई कमल पुखु भन्न सकिन्छ। किनभने यसको पश्चिममा कमलाक्षी तथा पूर्वमा कमलादी रहेको छ। उनको भनाइअनुसार कमलादी चाहिँ अपभ्रंश शब्द हो। यसको नाम कमल या ता हो। जसको मतलब हुन्छ कमलको जल अर्थात कमल पोखरीबाट आएको पानी चुहिएर बनेको पोखरी। अब यो कुराको आर्को उदाहरणको रुपमा भक्तपुरमा रहेको सिद्धपोखरी लिनसकिन्छ। सिद्ध पोखरीको पानी पनि बढी भएर चुहिएर हाल भक्तपुर अस्पताल रहेको ठाउँमा सानो पोखरीको रुपमा थियो। यहाँ पनि रानीपोखरीको पानी चुहिएर कमलादी पोखरीमा बनेको हो भन्ने धारणा हरिराम जोशीको रहेको छ।
आर्को एक किमंदन्ती अनुसार पोखरीमा रहेको प्रताप मल्ल हात्तीमाथि उनका रानीहरुसंगको सालिक देखिन्छ। यो किंवदन्तीअनुसार प्रतापमल्लले १३ वर्षीया बालिकाको बलात्कार गरे पछि बालिकाको मृत्यु भयो। त्यस बालिकालाई त्यहीँ गाडिएको थियो तर जब जब उनी त्यस पोखरीमा जान्थे तब त्यस बच्चाले तर्साउने भएका कारण तान्त्रिक गुरुहरुसँग सल्लाह गरि उनीले आफू हात्तिमाथि चढेको शालिगक बनाए र उक्त भुत या किचकन्डीलाई खुशी पार्न पोखरी बनाएका थिए।
तर जनमानसमा तथा धेरैले चाहिँ के मान्छन् भने रानीपोखरी प्रतापमल्लले बनाएका हुन्। यसको ठूलो प्रमाण भनेको यसै प्राङ्गणमा रहेको अभिलेख तथा उनले लेखेको ठ्यासपु हो। एक वर्ष लगाएर विभिन्न तीर्थहरूको पानी हालेका थिए। जस्तै त्रिशुली, सप्तकोशी, सप्तगण्डकी, गोदावरी, बागमती, विष्णुमती, बद्री केदार, गंगा सागर आदि गरी ५१ तीर्थबाट एकवर्ष लगाई पानी ल्याएर भरेका थिए। यस रानीपोखरी बनाउनुको मुख्य कारणचाहिँ उनका छोरा चक्रपतिन्द्र मल्लको चाडै निधनका कारण उनकी रानी शोकाकुल भईन। रानीलाई खुशी पार्न लागि उनीले छोराको सम्झनामा १७२७ कातिक १७ गते यस पोखरीको निर्माण सम्पन्न गरे। यस पोखरीमा किंवदन्तीअनुसार सातवटा इनार रहेका छन्। जहाँबाट पानी आउने गर्द्छ भने बर्खामा चाहि आकाशको पानी आउने प्रबिधी रहेको छ। वि.सं. १७२६ माघको अभिलेखमा काशी छोडेर विश्वनाथ यहाँ बस्न आएका छन् भनी प्रताप मल्लले लेखाएका छन् ।
नाम किन रानी पोखरी रहन गयो?
उक्त पोखरीको नाम न्हु पुखु राखियो। यसको नेपालीमा अर्थ हुन्छ नयाँ पोखरी। तर हाल चलिआएको रानीपोखरी नाम कसरी आयो भन्ने सन्दर्भमा चाहिँ प्रताप मल्लले बनाएको केही वर्षपछि यो फेरी फोहोर हुन थाल्यो, विस्तारै नष्ट हुँदै जाँदा जान थाल्यो। त्यसैले प्रताप मल्लको नातिनी बुहारी भुवनलक्ष्मी अर्थात भुपालेन्द्र मल्लको रानीले यस पुखु सफा गरि बाग्मतीबाट जल ल्याई राखेको कारण वा रानीले सफा गरेका कारण यसको नाम रानीपोखरी रहन गयो।
रानीपोखरीको बीचमा यमलेश्वोर अथवा बालगोपालेश्वर मन्दिर रहेका छ्न भने महिषाशुरमर्दिनीको पनि मिर्ती रहेको छ। यतिमात्र नभई रानीपोखरीलाई चारतिरबाट तान्त्रिक देवीदेवता स्थापना गरी तान्त्रिक रुपमा बलियो बनाएइको छ।
हुनतः प्रताप मल्लको कला प्रेम वा भनै उनको अरुबाट प्रेरणा लिने बानी अनुसार धेरै इतिहासकारहरूले यो पोखरी पनि अरु पोखरीहरुको प्रभाव भनेका भनेका छन्। यो पोखरी पाटन पिम बहाल तथा भक्तपुरको भाज्या पुखुबाट प्रभावित भएको देखिन्छ। त्यसैले यसको बीचमा सबैभन्दा पहिला शिखर शैलिको मन्दिर रहेको थियो। तर पछि १८९० को भुइँचालोमा भत्केपछि यसलाई गुमबज शैली दिइयो र पछि १९९० को भुइँचालोमा दिएको रुप दिएको २०७२ सालको भुइँचालोले भत्कायो। तर अहिले निर्माण हुनलागेको रानीपोखरी भने पहिला प्रताप मल्लले बनाएको शिखर शैलीमै बन्न लागेको छ। खासमा यो थाहा पाउने भनेको राजकुमार वल्डेमर उन्नाइसौं शताब्दीमा नेपाल आउँदा उनीसंगै आएका चित्राकारले बनाएको एक चित्रमा शिखर शैलिको मन्दिर देखेपछि सम्पदा प्रेमी तथा विभाग मिली यही रुपमा मन्दिर बनाइएको हो।
यो पोखरीको वरिपरी फलामको बार लगाउने काम भने जुद्ध शमशेरको पालामा भएको थियो। किनभने जुद्धशमशेरको छोराको निजी कलेजबाट फालिने फोहोर रानीपोखरीमा पालेका का दुर्गन्ध बढेको थियो र सोही कुरा लुकाउन जुद्धशमशेरले फलामको बार लगाएका थिए भनिन्छ।
FOLLOW US FOR MORE
ancientnepal2019@gmail.com
https://youtu.be/fAQYtRG7MLA
Reference
https://en.wikipedia.org/wiki/Ranipokhari
Kathmandu Durbar Square (Hanuman Dhoka Old Palace in & Around): A Living Museum of Great Nepalese Art and Architecture and Centre of Important Festivals and Religious Ceremonies by Trilok Chandra Majupuria
D.R.Regmi's Medival Nepal
Comments
Post a Comment