पद्मिनी एकादशी / कमला एकादशी Padmini Ekadashi / kamala ekadashi | Ancient Nepal

 पद्मिनी एकादशी / कमला एकादशी



अधिकमासमा पर्ने यस एकादशीमा ब्रत गरे पूर्व जन्मको पाप समेत जाने उल्लेख रहेको छ।


श्रीकृष्ण युधिष्ठिरलाई भन्नुहुन्छ, त्रेता युगमा कृतवीर्य नामका एकजना परम पराक्रमी राजा थिए । धेरैवटी रानीहरू भए पनि सन्तान थिएन्न। त्यसैले ती राजा आफ्ना रानीहरूलाई साथमा लिई तपस्या गर्न वनतर्फ लागे । हजारौं वर्षसम्म तपस्या गर्दा पनि उनको तपस्या सफल हुन सकेन ।


 फल प्राप्त नभए पछि ऋषि अत्रिको आश्रम उनकी पत्नीहरू सन्तान प्राप्तिको उपाय सुझाउन अनुरोध गर्न गए । त्यतिबेला अधिकमास परेको थियो र त्यस मलमासमा शुक्ल पक्षमा आउने एकादशीको व्रत लिने कुरा र व्रत कसरी लिने भन्ने बारेमा विधान पनि थाहा पाइन।


बिधि अनुसार व्रत पूर्ण भएपछि भगवान् प्रकट हुनुभयो र वरदान माग्न निर्देश गर्नुभयो । र राजाले मलाई यस्तो एउटा तपाईं जस्तै पुत्र प्रदान गर्नुहवस् जसको अन्त्य कसैले पनि गर्न नसकोस भनि मागे र केही समयपछि कृतवीर्यकी जेठी रानीले गर्भधारण भइन र एउटा छोरो जन्माइन्, जसको नाम कार्तवीर्यार्जुन रह्यो।

 

धेरै ओटी आमाहरूको ब्रतबाट जन्मिएको हुँदा ऊ जन्मँदै हज्जारवटा हातसहित जन्मिएको थियो । उनी पराक्रमि र तीनै लोकमा प्रसिद्ध थिए । रावणलाई समेत बन्दी बनाउने, उनको अन्त्य स्वयम् भगवानले मात्रै गर्न सकने भएकाले स्वयंम भगवानले पर्शुराम अवतार लिनु भएको थियो।

Comments

Popular posts from this blog

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal