पद्मिनी एकादशी / कमला एकादशी Padmini Ekadashi / kamala ekadashi | Ancient Nepal
पद्मिनी एकादशी / कमला एकादशी
अधिकमासमा पर्ने यस एकादशीमा ब्रत गरे पूर्व जन्मको पाप समेत जाने उल्लेख रहेको छ।
श्रीकृष्ण युधिष्ठिरलाई भन्नुहुन्छ, त्रेता युगमा कृतवीर्य नामका एकजना परम पराक्रमी राजा थिए । धेरैवटी रानीहरू भए पनि सन्तान थिएन्न। त्यसैले ती राजा आफ्ना रानीहरूलाई साथमा लिई तपस्या गर्न वनतर्फ लागे । हजारौं वर्षसम्म तपस्या गर्दा पनि उनको तपस्या सफल हुन सकेन ।
फल प्राप्त नभए पछि ऋषि अत्रिको आश्रम उनकी पत्नीहरू सन्तान प्राप्तिको उपाय सुझाउन अनुरोध गर्न गए । त्यतिबेला अधिकमास परेको थियो र त्यस मलमासमा शुक्ल पक्षमा आउने एकादशीको व्रत लिने कुरा र व्रत कसरी लिने भन्ने बारेमा विधान पनि थाहा पाइन।
बिधि अनुसार व्रत पूर्ण भएपछि भगवान् प्रकट हुनुभयो र वरदान माग्न निर्देश गर्नुभयो । र राजाले मलाई यस्तो एउटा तपाईं जस्तै पुत्र प्रदान गर्नुहवस् जसको अन्त्य कसैले पनि गर्न नसकोस भनि मागे र केही समयपछि कृतवीर्यकी जेठी रानीले गर्भधारण भइन र एउटा छोरो जन्माइन्, जसको नाम कार्तवीर्यार्जुन रह्यो।
धेरै ओटी आमाहरूको ब्रतबाट जन्मिएको हुँदा ऊ जन्मँदै हज्जारवटा हातसहित जन्मिएको थियो । उनी पराक्रमि र तीनै लोकमा प्रसिद्ध थिए । रावणलाई समेत बन्दी बनाउने, उनको अन्त्य स्वयम् भगवानले मात्रै गर्न सकने भएकाले स्वयंम भगवानले पर्शुराम अवतार लिनु भएको थियो।
Comments
Post a Comment