किरातकालको पाटन दरबार | Patan Darbar | Ancient Nepal

Patan Darbar

शिवसिंह सिंह मल्लले किल्लाको रुपमा चार कुना बनाए पछि चौकोट दरवार नामले प्रसिद्ध पाटन दरबार अहिले संग्राहालयको रुपमा चलेको छ। हुन त यस पाटन दरबार निकै नै पुरानो र उपत्यकाका अरु दरबार मध्ये सबैभन्दा कलात्मक दरबार मानिन्छ। लिच्छविकालमा नै निर्माण भएको मानिने यस दरबार, इतिहासकारहरुका अनुसार किरातकालमा नै बनेको थियो। साथै किराती राजा यलम्बरले यहीँबाट राज्य सञ्चलन गर्ने गर्द्थे भनिन्छ। जसको नामबाट नै यस शहरको नाम यल रहन गएको हो। हुन त किरातीहरु बसोबास गर्ने थलो पाटन नै हो भनेर च्यासल हिटिको लडाइँ, क्वा बहालको किम्दन्ती तथा त्यागलको सिद्धीलक्ष्मिमा किरातले गर्ने पुजाले नै केही आदार दिने गर्द्छ्न।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 



युपग्राम, अशोक पत्तन, यल, ललितपुरी, मनिगंल, ललितत्रम, ललितपुर, पाटन आदि थुप्रै नामले चिनिने यस शहर उपत्यकाकै सर्वप्रचिन शहर मानिन्छ। यहाँका प्रस्तर मूर्तिकलाहरुले यहाँको प्राचिनता दर्शाउन्छ। लिच्छवीकाल पूर्व यस ठाउँमा थुप्रै बौद्ध सम्बन्धित कलाकृतिहरू रहेका थिए र पछि लिच्छविहरू आएपछि मात्र बौद्ध  कलाकृतिहरू कम बने भने हिन्दु देवीदेवताका मन्दिरहरु बढ्न गए। त्यसैले के अनुमान लगाउन सकिन्छ भने बुद्ध विहारमा बसेर शासन गरिरहेका किराँतीहरुलाई पन्छाए पछि लिच्छविहले त्यसै विहारमा नै बसे र जिण भए पछि यस माथि नै कुनै दरबार बनाउन लगाए। हुनत यी कुराहरूको अहिलेसम् पुष्टि भने भएको छैन तर केही विद्वानहरु भने यही पाटन दरबार लाई नै लिच्छवी राजा मानदेवको मानगृह भनेर भनेका छ्न। साथै केशव नारायण चोकमा रहेको बिं. सं. ७०० नरेन्द्रदेवको अभिलेखले पनि लिच्छविकालमा नै यो छेत्रमा अलि महत्त्व रहेको देखाउन्छ। यही नरेन्द्रदेवको पालामा नै मच्छिन्द्रनाथ ल्याएको कुरा र मिननाथको स्थापनाको किंवदन्तीहरू पाईन्छ। तसर्थ यसबाट हामीले के थाहा पाउन सक्छै भने लिच्छविकालको उक्त समयमा यो पनि एउटा शक्ति केन्द्रको रुपमा स्थापित भइसकेको थियो।

केही वंशावलीहरु हेर्ने हो भने लक्ष्मी कामदेव नामक राजाले एघारौं शताब्दीमा दरबारको जग हालि निर्माण गरिएका थिए। साथै अरु वंशावलीअनुसार वरदेव नामक राजाका हजुरबुवाले यस दरबारको स्थापना गर्नुभएको थियो । तर वरदेवको पालामा चाहिँ उनि दरबार छाडेर अन्य ठाउँमा सरेका थिए। साथै केही पुष्पिका वाक्यको अनुसार जयस्थिति मल्लको शासन पुर्व यहाँका सामन्तहरु यहि ठाउँबाट शासन गर्थे। यी सबै कुराबाट हामीले अनुमान गर्न सक्छौं भने मध्यकालमा नै यस पाटन दरबारक्षेत्र शक्तिको एक प्रमुख केन्द्रको रुपमा स्थापित भइसकेको थियो।


मल्लकालीन समयमा नौवटा चोक रहेको यस दरवारमा अहिले मुख्यतया तीन वडा चोक रहेका छन्। हुन त विभिन्न समयमा विभिन्न राजाहरुले यहा चोकहरू थप्ने काम गरेका छन्। तथा विभिन्न कलाकृतिहरू राख्ने काम गरेका छन्। केही राजाका योगदान तल देएको छ।

                    वरदेवका हजुरबुबा      निर्माण 
१०२४-१०४०   लक्ष्मि कामदेव            जगदेखी निर्माण
११६७           रुद्रदेव                       चोक थपेको
११७०            अमृतदेव                    चोक थपेको
१६००-१६०९   हरिहर सिंह                 तलेजु
१६२०-१६६१   सिद्धिनर सिंह मल्ल     सुन्दरी चोक, नरसिह, गणेश, तुसा हिटि, देगुत, कविर चोक,                                                                        घोडा चोक, केशवनारायण चोक, डोयमाजु चोक गरि ९                                                                             चोक,भण्डारखाल बगैंचा 
१६६१-१६८५   श्रीनिवास मल्ल             देगुतलेजु. मुल्चोक, भडारखाल, लो हिटि, कलमपोखरी                                                                             मुर्तिहरु, दशैं घर, गंगा जमुना मुर्ती, १६७९मा आगमछें 
१६८५-१७०५   योगनरेन्द्र मल्ल             सालिक, तोरण,१७५० मणिमण्डप 
१७१५-१७१७   रिद्धिनर सिंह मल्ल        सुनको मोलव    
१७२९-१७४५   विष्णु मल्ल                   घण्टी 
             
 (** अन्य कलाकृतिहरु पनि छन् जुन यहा छुटेका छन् र सिद्धिनर सिंह मल्ल र श्रीनिवास मल्लको           पालामा बुबा छोराले नै एकै ठाउमा कलाकृति थापेकाले केहि समानता देखिन्छ।)


अब अहिले तत्कालिन समयको कुरा गर्ने हो भने अहिले यहाँ पाटन संग्राहलय रहेको छ। यसको मुख्य प्रवेशद्वार सुनढोकाबाट सुरु हुन्छ, जहाँबाट केशव नारायण चोक पुगिन्छ। यहाँ  एउटा सानो विष्णुको मन्दिर रहेको छ। यस्तै श्रीनिवास मल्लले बनाएका यहाको मुलचोक अन्य दरबारका मूलचोक भन्दा ठूलो रहेको छ। यसै चोकमा अहिले विभिन्न नाच तथा प्याकहरू गरिने गरिन्छ। श्रीनिवास मल्लको पालामा बनेको सुन्दरी चोकमा रहेको तुषा हिटि सिद्धिनरसिहं मल्ले बनाएका हुन। यो एकदम नै कलात्मक रहेको छ। बिभिन्न भूकम्प तथा पानीका कारण यो भाग विभिन्न समयमा निर्माण भएको पाइन्छ। आगोले नष्ट भइ इष्ट देवताको देगुतलेजु पनि सिद्धिनरसिहं मल्लले बनाएका थिए। आर्को ठूलो भागमा रहेको भण्डारखाल बगैचामा थुप्रै कलाकृतिहरू रहेका छन्। जहाँ कमलपोखरी, लो हिटि, सूर्यचन्द्रका मूर्ति तथा अन्य थुप्रै आकृतिहरु देख्न पाइन्छ। यसका साथै यहाँ ११ औं शताब्दीदेखि स्थापना गरिएको कुमारी पनि राख्ने चलन छ। साथै दशैेमा आगमछेंमा उमारिएको जमरा नारायणहिटीमा लाने चलन पनि थियो। 



यसरी पाटन दरबार किराँत काल देखि नै प्रख्यात र शक्तिकेन्द्रमा रहि विकार भयो जुन मध्यकालमा पनी आफ्नो शक्ति नगुमाई अहिले पनि रहिरहेको छ। तर हालको कलाकृती भने मल्लकालमा बनेको थियो जुन यस दरवारको स्वण युग थियो। 

REFERENCE:
Nepālī kalā, vāstukalā ra pratilakshaṇa, Ganesh Chettri Prachin Nepali Murtikala ko Itiash, Lain S. Bangdel Vasa Bamsabali, Devi Pd. Lamsal http://www.patanmuseum.gov.np/ https://en.wikipedia.org/wiki/Patan_Museum https://www.asianart.com/associations/patan-museum/index.html
https://youtu.be/n6ooJVyYinY

Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal