गाइगोरु पूजा | म्हपूजा | Gai puja maha puja | Ancient Nepal



आजको दिन गाइगोरु र कृषी औजार पूजा गरिन्छ। यसै दिन गाईको पुच्छरमा जनै पूर्णिमामा लगाएको डोरो बाध्ने र गाईको गोडा मुनीबाट छिर्ने चलन छ जसले गर्दा सजिलै स्वर्ग जान पाइन्छ भन्ने मान्यता रहेको छ।


 यस्तै आर्को स्वन्ति नखः मा पर्ने म्ह पूजा नेवार समुदायले मनाउने गर्दछन। तर यो बिधि नेवारले मात्र नभई तन्त्र तथा तान्त्रिक पद्धति मान्नले पनि मनाउने गर्दछन। नेपाल संवतको अवसर पारेर नेवार समुदाय म्हपूजा गर्दैछन्। आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामना लीई म्हपूजा मनाउने गर्छन्।



एक अक्षरले बनेको शब्द, म्ह को शाब्दीक अर्थ शरीर भन्ने बुझाउँदछ। यो भनेको आफ्नो शरीरलाई पूजा गर्नु हो या आत्मालाई पूजा गर्नु हो। नेपाल सम्बत र म्ह पूजा एकै दिन परेकाले यो नेपाल सम्बतको सुरुवात देखि मनाउन थालियो भन्ने भ्रम रहेको छ। तर यो परम्परा नेपाल सम्बत भन्दा निकै पहिला नै सुरु भएको थियो। तर आजकाल यो पर्व खर्चीलो र झनझटिलो लाग्ने भन्दै केहि व्यक्तिहरुले छोर्दै गएका छन जून एकदम नराम्रो हो।

Comments

Popular posts from this blog

हरिबोधिनी एकादशी महिमा | Haribodhani Ekadashni

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal