गोर्खापत्रको इतिहास | History of Gorkhapatra | Ancient Nepal


 

गोर्खापत्रको पहिलो प्रति

बि. स १९५८ (1909 May 6)
12.50×10in
राष्ट्रीय अभिलेखालय, काठमाडौं
नेपालमा पहिलो पल्ट गोरखापत्र २४ वैशाख १९५८ मा प्रकाशन भएको थियो। यस गाेरखापत्रमा नेपाल सम्वत लेखिएको छ। त्यस समयमा नेपालमा विक्रम सम्वत नभएर नेपाल सम्बत नै चलिरहेको थियो भने कुरा यसबाट पनि थाहा पाउन सकिन्छ। यसमा नेपालसम्बत १९५८ जेष्ठवदी ३ सोमबारका दिन संख्या १ पनि लेखिएको छ।

यो दैनिकी पत्र नभई एक हप्ताको एकपटक मात्र छापिन्थ्यो। हाल यसको प्रथम प्रति नेपालको राष्ट्रिय अभिलेखालयमा रहेको छ। यसको पहिलो प्रति भने २०१३ सालमा मदन पुस्तकालयमा कमल दिक्षितले फेला पारेका थिए (?)। उनले नै यसको मिति हेरेर वैशाख २४ गते बिहान ११ बजे भनेर यसको प्रकाशन मिति प्रष्ट पारेका हुन। त्यतिबेला यस गोरखा पत्रको एकप्रतिको मुल्य २आना भनेर लेखिएको छ। यो गोरखापत्रलाई राणा प्रधानमन्त्री देव शमशेरले छाप्न लगाएका थिए। आदेश पाएको दुई हप्ताको समयमा नै यसको पहिलो प्रती छापिएको थियो। यसै समयमा बर्ष भरिको खर्च भनी ३९०४ रुपैयाँ एकमुस्ट छुट्याएको थियो। यसको छपाइको काम भने पशुपति छापाखानामा पंण्डित नरदेव मोतिकृष्ण शर्मालाई थाप्न लगाइएको थियो। यद्यपि यस पत्रिकाको सम्पादकको थिए भन्ने कुरा अझै पनि विवादास्पद नै रहेको छ।
Gorkhapatra from Nation Archive 


______________

Follow us for daily content: https://www.facebook.com/ourancientne... https://www.instagram.com/ancient_nep... https://www.youtube.com/channel/UCsm9... https://www.reddit.com/user/Ancient_N... https://pragyaji.blogspot.com/ https://vm.tiktok.com/ZSuveMFS/

https://anchor.fm/ancient-nepal/episodes/Origin-of-name-khwopa--Ancient-Nepal-eqvn9u/a-a4o1hc5


Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal