Some great facts about Nepal from history. It helps you to explore ancient nepal in mordern thought.
And weekly upload on cultural issue. also subscribe on youtube.
विशाल एउटौ ढुङ्गामा बनेको काल भैरवको मुर्ति काठमाडौं दरबारको एक मुख्य आकर्षणको रुपमा आजसम्म रहेको छ। भाषा बंशवलीको अनुसार यो १२ फुटको मुर्ती फलक राजा प्रताप मल्लले रानीवनमा फेला पारेर ल्यएका थिए । दरबारमा रहेको जलाशय नारायणको कुण्डमा पानी हाल्न बुढानिलकण्ठबाट कुलो बनाइ पानी ल्याउने क्रममा यो मुर्ति फेला परेको थियो। अचानक फेला परेकाले यो मुर्तिको प्रचीन इतिहासबारे केही पनि स्रोत छैन।यद्यपि यस्को बनावटले भने यो लिच्छविकालिन मुर्ती हुन सक्ने अनुमान गर्न सकिन्छ। मध्यकालिन नेपालमा धर्मको ठुलो डर थियो र धर्म कै हिसाबमा नियम, कानुन र सजाय दिने गरिन्थ्यो। त्यसैले केही काम गर्दा भगवानलाई नै समर्पित गरि वा भगवानलाई संलग्न गरि गरेने गरिन्थ्यो।विशाल डरलाग्दो र भयङ्कर रुपको मुर्ती भएकाले यो मुर्तीको अगाडि दोषीलाई राखि सत्य बोल्न बाध्य पारिन्थ्यो।त्यसैले काल भैरवको अगाडि जसले झुटो बोल्छ त्यो रगत छादेर मर्छ भन्ने मान्यता रहेको थियो।यस देवतालाइ तान्त्रिक तरिकाले पुजा गरि बलि देने चलन पनि रहेको थियो।खुल्ला आकाश मुनि घाम पानी सहेर बसेको यो विशाल मुर्ति आज पनि दरवारको अगाडि देख्न सकिन्छ।
NOTE: All the media use in this video are taken from internet. So, credit goes to respective creators.________________________References: भाषा वाशावलि, नेपाल राष्ट्रिय पुस्तकालयHanuman Dhoka Rajdurbar (Gautam Vajra Vajracharya)
आजबाट श्रीस्वस्थानी ब्रतकथा सुरु भएको छ। पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा, एक महिनासम्म यो व्रत लिने गरिन्छ। यस व्रत विधिमा माधवनारायणको पूजा गरिन्छ भने नेपालीहरुले स्वस्थानीको व्रत कथा सुन्ने गर्दछन्। यो स्वस्थानी कथा कहाँबाट उत्पत्ति भयो भन्ने कुरामा अझै पनि थुप्रै मत रहेका छन्। तर स्वस्थानी कथा भने नेपालमै उत्पत्ति भएकोमा दुई मत छैन। स्वस्थानीको उल्लेख अरु कुनै वेद पुराण तथा अन्य कुनै वैदीक साहित्यमा नभएका कारण यो यहीको स्थानीय कथाको रुपमा चिनिएको छ। सबैभन्दा पुरानो प्रती बि.स १६२९ को संस्कृत भाषाको स्वस्थानी भेटिएको छ। यद्यपि यो भन्दा केही पुराना हस्तलेखित ग्रन्थमा पनि यस्को उल्लेख परेको छ तर पुष्टि भने भएको छैन। श्री स्वस्थानीको थुप्रै प्रती सन् १९७० को दशकमा भेटिएको थियो। सन् १९७५ देखि २० वर्षसम्म नेपालमा रहेका थुप्रै प्राचीन हस्तलिखित ग्रन्थहरू नेपाल र जर्मन सरकार मिलेर सबैलाई डिजिटलाइजेसन गरिएको थियो। उक्त समूहमा जर्मन सरकारले स्वस्थानीका थुप्रै प्रतिहरु भेटिएको उल्लेख गरिएको थियो। उक्त समयमा जम्मा जम्मी ६२० वटाजति पन्नाहरु रहेको बताइएको थियो। तर आजसम्म पनि काठमाडौ
सन्तान नहुनेलाई सन्तान दिने, दुःखीको कल्याण गर्ने तथा दुःख नष्ट गर्ने खोटाङ जिल्लामा रहेको हलेसी महादेव मन्दिर एक प्रमुख तीर्थस्थल रहेको छ। रामनवमी, बाला चतुर्थी, तिज र शिवरात्रीमा मेला लाग्ने यस तीर्थस्थल नेपालमा मात्र नभई भारत, भुटान तथा अन्य देशहरूमा पनि चर्चित रहेको छ। भिरालो तथा खोलानाला को बीचमा अवस्थित यस हलेसी महादेवको गुफा समुद्री तहबाट ३१०० माथि देखि ४७०० फिटको उचाइमा रहेको छ। पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस हलेसी महादेव को उत्पत्ति बारे कुरा गर्ने हो भने यसको उल्लेख पुराणहरुमा पाउन सकिन्छ। पौराणिककालमा वृकासुर नाम गरेको राक्षसले दिव्य बाह्र हजार वर्षसम्म तपस्या गरी महादेवबाट जसको टाउकोमा हात राखु त्यो भस्म होस भन्ने वरदान पायो। पार्वतीलाई आफ्नो बनाउन खोजी महादेवलाई नै भष्म गर्न महादेवलाइ लखट्न थाल्यो। महादेव दुधकोशी बाटो उकालो चढी सुन्दर हलेसीको थुम्कोमा आफ्नो त्रिशुलले एक लामो ठाडो गुफा बनाई भित्र छिरी बस्नु भयो। आफ्ना बसाहा, नाग तथा अन्य गणहरुलाई राक्षेस आएमा बाजा बजाई संकेत दिनु भनी त्यहाँबाट अर्को प्वालबाट निस्कि अर्को गुफामा गइ
प्राचीन समयदेखि नेपालमा पाटि पौवा सत्तल तथा ढुङ्गेधारा हरु बनाउने चलन चलिरहेको थियो। नेपालको हरेक धार्मिक, सांस्कृतिक तथ ऐतिहासिक क्षेत्रमा मात्र नभई बाटोघाटोको छेउमा यस्तो पाटि तथा ढुङ्गेधाराहरु निर्माण गरेको पाइन्छ। यस्ता पाटी पैवाहरुलाइ नेवारी भाषामा चापा, चपाल, क्वाछें, फल्चा, फले, हिति, सत: आदि भनिन्ने गरिन्छ। भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस सामान्य जिवनमा आराम गर्न वा पानी खान बनाएका ढुङ्गेधारा, सत्तलहरु साधारण मात्र नभई कलात्मक र सुन्दर रुपमा बनाएका हुन्छन्। प्राचीन समयमा यस्ता पाटि पौवा ढुङ्गेधाराहरु राजा महाराजाले मात्र बनाउने भएतापनि समयअनुसार साधारण मानिसहरुले पनि बाटोको छेउमा पाटी पौवा र त्यसको नजिक पानी बग्ने ढुंगेधारा बनाइएको देखिन्छ। हुन त साधारण तया यस्ता पाटी पौवाहरु आराम गर्न बनाइन्छ। बाटोमा हिँड्ने बटुवाहरु गाह्रो हुँदा थकाइ मार्ने ठाउँको रुपमा पाटी पैवा तथा सत्तललाई लिन सकिन्छ। तर त्यस्ता धार्मिक तथा ऐतिहासिक पाटीपौवामा बृद्धबृद्धाहरु बसेको देख्न सकिन्छ। उनीहरु बिहानदेखि बेलुकासम्म यहि नै बस्ने गर्दछन् भने यहि स-साना बालबालिकाहरु खेल्ने गर्दछ्न। यतिमात्र
Comments
Post a Comment