Some great facts about Nepal from history. It helps you to explore ancient nepal in mordern thought.
And weekly upload on cultural issue. also subscribe on youtube.
विशाल एउटौ ढुङ्गामा बनेको काल भैरवको मुर्ति काठमाडौं दरबारको एक मुख्य आकर्षणको रुपमा आजसम्म रहेको छ। भाषा बंशवलीको अनुसार यो १२ फुटको मुर्ती फलक राजा प्रताप मल्लले रानीवनमा फेला पारेर ल्यएका थिए । दरबारमा रहेको जलाशय नारायणको कुण्डमा पानी हाल्न बुढानिलकण्ठबाट कुलो बनाइ पानी ल्याउने क्रममा यो मुर्ति फेला परेको थियो। अचानक फेला परेकाले यो मुर्तिको प्रचीन इतिहासबारे केही पनि स्रोत छैन।यद्यपि यस्को बनावटले भने यो लिच्छविकालिन मुर्ती हुन सक्ने अनुमान गर्न सकिन्छ। मध्यकालिन नेपालमा धर्मको ठुलो डर थियो र धर्म कै हिसाबमा नियम, कानुन र सजाय दिने गरिन्थ्यो। त्यसैले केही काम गर्दा भगवानलाई नै समर्पित गरि वा भगवानलाई संलग्न गरि गरेने गरिन्थ्यो।विशाल डरलाग्दो र भयङ्कर रुपको मुर्ती भएकाले यो मुर्तीको अगाडि दोषीलाई राखि सत्य बोल्न बाध्य पारिन्थ्यो।त्यसैले काल भैरवको अगाडि जसले झुटो बोल्छ त्यो रगत छादेर मर्छ भन्ने मान्यता रहेको थियो।यस देवतालाइ तान्त्रिक तरिकाले पुजा गरि बलि देने चलन पनि रहेको थियो।खुल्ला आकाश मुनि घाम पानी सहेर बसेको यो विशाल मुर्ति आज पनि दरवारको अगाडि देख्न सकिन्छ।
NOTE: All the media use in this video are taken from internet. So, credit goes to respective creators.________________________References: भाषा वाशावलि, नेपाल राष्ट्रिय पुस्तकालयHanuman Dhoka Rajdurbar (Gautam Vajra Vajracharya)
नेपालले मान्दै आएको राष्ट्रिय संम्वत विक्रम १२ महिना तथा सुर्यलाइ प्रमुख मानी चल्ने गर्दछ। यस सम्बत हाल नेपालको राष्ट्रिय सम्बतको रुपमा चल्दै आइरहेको छ। यसको उद्गम स्थल कतिले भारत पनि भनेका छन् भने कतिले नेपाल नै भन्छन्। पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस नाम बिक्रम भएका कारण यसको स्थापना भारतका राजा विक्रमादित्यले गरिएको मानिन्छ। यद्यपि कोहीले चन्द्रगुप्तले नै आफ्नो नाम विक्रमादित्य राखी उनिले नै यो सम्बत चलेको मानिन्छ। तर यथार्थमा भारतीय राजाले यो सम्बन्ध सुरु गरेको नभई नेपालको आफ्नै मौलिक सम्वत्को रुपमा रहेको छ। जसरी नेपाल संवत् नेपालको आफ्नै मौलिक सम्वत् हो यसरी नै विक्रम संम्वत पनि नेपालको आफ्नै मौलिक संम्वत हो। सर्वप्रथम हामी विक्रम संम्वतलाई बुझौ। विसं शक संवत् भन्दा १३५ वर्षअगाडि तथा नेपाल संवत् भन्दा ९३६ वर्षअगाडि र इस्वी सम्बत भन्दा ५६ बर्ष ८ महिना १५ दिन अगाडि रहेको छ। यो सूर्यको गतिअनुसार चल्दछ र यसको तिथिमिति यसै अनुसार मिलेको छ। जसको कारण एक वर्षमा ३६५ दिन रहेको छ भने उत्तरआम्नाय तथा दक्षिणआम्नाय पन...
वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छl Garud narayan with Shree deviand Bhu devi ( Stolen image ofNepal ) हरिशयनी एकादशी को दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ । बैदिक सनातन सस्कारमा तुलसी पूजा को ठूलो महत्व छ । श्रिमद्ध भागवतको ३ को ५ को १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पतिा रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छl स्कन्द पुराण्ले पनि तुलसी को पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ । औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा ...
मीननाथ नाथ सम्प्रदायको देवता मानेतापनि बौद्धबाट धेरै बाट प्रभावित भएको देखिन्छ। हुन त मिननाथ पहिला नै उत्पत्ति भएको र यिनहरु बौद्ध विशेष देवता मानी पूजा गरिन्छ। यी देबतहरु लिच्छविकाल भन्दा निकै पुरानो मानिन्छ| तर पछि नेवार बौद्ध देवताहरूको पछाडी नाथ थपिएको मानिन्छ; जस्तै स्वयम्भूनाथ, बौद्धनाथ, मच्छिन्द्रनाथ आदि। त्यसैले यिनी दुवै हिन्दु तथा बौद देवता मानिन्छ। यस देवतालाई मत्स्येन्द्रनाथको पुत्र पनि मानिन्छ। कसैकसैले मिननाथ र मच्छिन्द्रनाथ एउटै देवता हो पनि भन्ने गर्दछन्। तर अनुमानित ९ अौ शताब्दीमा लेखिएको एक प्राचीन हस्तलिखित ग्रन्थहरू जुन राष्ट्रिय अभिलेखालयमा रहेका छ त्यसमा हेर्ने हो भने मिननाथ र मच्छिन्द्रनाथ छुट्टै देवताः भएको बुझिएको छ। मुसलमानहरुले हिन्दुस्तानमा आक्रमण गरी त्यहाँ भएका हिन्दुहरुलाई मुसलमान बनाएको थियोे र जो मान्दैन त्यसको हत्या गरिदिए। यो बाट बच्नलाई धेरै हिन्दुहरुले धर्म परिवर्तन गरे तथा कोही भागे। नाथ सम्प्रदाय त्यसबखत बढेको सम्प्रदाय हो। यस सम्प्रदायमा भगवान शंकरलाई उच्च्तम मानिन्छ। त्यस समय यो उत्त्पती भएकाले यस सम्प्रदायको समन्ध दुबै मुस्लिम...
Comments
Post a Comment