सापारु/ गाइजात्रा | Gai jatra |Sa Paru| Ancient Nepal

सापारु/ गाइजात्रा 



सापारु नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा (जनैपूर्णिमा) भोलिपल्ट पर्दछ।वर्षभरी दिवंगत भएका पितृहरुको सम्झनामा गाईको पूजा वा गाईलाई नै नगरपरिक्रमा गरी उनीहरूको सम्झनामा विभिन्न प्रहसन तथा बाजागाजा बजाउँदै यो चाड मनाइन्छ। वर्षभरि बन्द रहने यमलोकको ढोका आज खोल्ने र जो कोहीको पनि गाईजात्रा हुन्छ, गौमाताले वैतरणी र नर्कबाट मुक्ति मार्ग वा स्वर्गलोकमा लान्छन भन्ने मान्यता रहेको छ।

 नेपालभाषामा 'सा' भन्नाले 'गाई' र 'पारु' भन्नाले 'प्रतिपदा बुझिन्छ'। त्यसैले यसलाई गाइजात्रा पनि भनिन्छ। विशेषगरी नेवा समुदायबाट सुरु भएको यो चाडपर्व नेपालका विभिन्न अन्य समुदायहरुले विभिन्न ठाउँमा मनाउने गर्दछन्। यद्यपि यसको रौनक भने काठमाडौ उपत्यकामा भव्य रुपमा देख्न पाइन्छ।काठमाडौँ उपत्यका बाएक बनेपा, धुलिखेल, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरामा गाइजात्रा मनाइन्छ । यो जात्रामा मृतकको संख्या पनि गर्ने गरिन्थ्यो जसबाट सरकारलाई तथ्यांक निकाल्न सजिलो हुन्थ्यो।

काठमाडौँ उपत्यकामा धुमधामसँग मनाउने भएतापनि यो चाडपर्व सुरुवात कहाँ र कहिलेबाट भयो भने निश्चित छैन। काठमाडौँ उपत्यकाका प्रमुख तीन सहरहरुमा सामान्य फरक रहेका छन् त्यसैकारण मल्लकालमा यहाँका राजाहरुले यो जात्राको सुरुवात गरेको मानिन्छ।  यी बेग्लाबेग्लै शहरहरुमा छुट्टै छुट्टै प्रकारका कथाहरु प्रचलनमा रहेका छन्।

काठमाडौँ
विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् I राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाण्डौ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइनl
भक्तपुर
सापारुको श्रेय भक्तपुरका राजा जगतप्रकाश मल्ललाई दिने इतिहासविद पनि भेटिन्छन्। जगतप्रकाश मल्ल प्रभावशाली थिए। उनले ने.स.७६४ देखि ने.स. ७९३ सम्म राज गरेको देखिन्छ।
अन्य ठाउँको भन्दा भक्तपुरको गाईजात्रा विशेष प्रकारको रहेको छ। भक्तपुरमा गाईजात्रा देखी कृष्णजन्माष्टमीसम्म विभिन्न खड्ग जात्रा ,नाच, प्रहसन लगायत विभिन्न जात्राहरू गरी यो पर्व मनाइन्छ। भक्तपुरमा तलेजुबाट घेन्ताघिंसी नाच ल्याएपछि सापारु सुरु भएको मानिन्छ। र बेलुका पख भैरव र भद्रकालीको तहामच्चा हुन्छ। यसमा सबभन्दा आकर्षक जात्रा ताहासाँ अर्थात चारवटा लामो लामो बाँसबाट बनेको गाई हो।
पाटन
यता कोहीकोहीले सापारु पर्वको श्रेय पाटनका राजा सिद्धिनरसिंह मल्ललाई दिने गरेका छन्। जेठो छोरो ज्योतिर्नरसिंह मल्लको मृत्यु ने.स. ७७२ मा भएपछि उनैको नाममा गाईजात्रा सुरुवात गरियो पनि भनिन्छ। पाटनमा विशेषगरी कृष्ण मन्दिरबाट निकालिने कृष्ण गणको नगरपरिक्रमा गरिन्छ।
तर सर्वप्रथम गाईजात्राको उल्लेख भने गोपालराज वंशावलीमा (पत्र संख्या ६१; सायात) रहेको पाइन्छ।   गोपालराज वंशावली जयस्थिति मल्लको पालामा लेखिएको हो। यसैलाई आधार मानेर यसको सुरुवात जयस्थिति  मल्लको पालामा भएको हो  पनि लेखेका छन्।  यद्यपि यो कुरालाई  मान्ने अरू स्रोतहरू रहेका छैनन्। यस कुरामा भने इतिहासकार धनवज्र बज्राचार्य को भनाई फरक रहेको छ।  उहाको अनुसार गाई र गुरुलाई छुट्टै छुट्टै बान्ने प्राचीन नेपालमा लक्ष्मीपूजाको दिन गाई र  साडे एकैठाउँमा  बाल्ने गरिन्थ्यो।  त्यसैले अहिले यस गाईजात्राको समयमा गाईले बच्चा पायो भने धेरै खाना पाउने तथा पोषिलो खाना खान पाउने समय भएका कारण कृषकहरूको लागि यो समयमा नै राम्रो हुन्थ्यो। यसै आधारमा निकै यो पहिलादेखि नेपालमा कृषक समूहले मनाउने गरेको बुझाइ छ।  त्यसैले यो चाडपर्व आजभन्दा हजारौं वर्ष पूर्व मनाउन थालेको अनुमान गरिन्छ
x

Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal