प्राचीन समयदेखि नेपालमा पाटि पौवा सत्तल तथा ढुङ्गेधारा हरु बनाउने चलन चलिरहेको थियो। नेपालको हरेक धार्मिक, सांस्कृतिक तथ ऐतिहासिक क्षेत्रमा मात्र नभई बाटोघाटोको छेउमा यस्तो पाटि तथा ढुङ्गेधाराहरु निर्माण गरेको पाइन्छ। यस्ता पाटी पैवाहरुलाइ नेवारी भाषामा चापा, चपाल, क्वाछें, फल्चा, फले, हिति, सत: आदि भनिन्ने गरिन्छ। भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस सामान्य जिवनमा आराम गर्न वा पानी खान बनाएका ढुङ्गेधारा, सत्तलहरु साधारण मात्र नभई कलात्मक र सुन्दर रुपमा बनाएका हुन्छन्। प्राचीन समयमा यस्ता पाटि पौवा ढुङ्गेधाराहरु राजा महाराजाले मात्र बनाउने भएतापनि समयअनुसार साधारण मानिसहरुले पनि बाटोको छेउमा पाटी पौवा र त्यसको नजिक पानी बग्ने ढुंगेधारा बनाइएको देखिन्छ। हुन त साधारण तया यस्ता पाटी पौवाहरु आराम गर्न बनाइन्छ। बाटोमा हिँड्ने बटुवाहरु गाह्रो हुँदा थकाइ मार्ने ठाउँको रुपमा पाटी पैवा तथा सत्तललाई लिन सकिन्छ। तर त्यस्ता धार्मिक तथा ऐतिहासिक पाटीपौवामा बृद्धबृद्धाहरु बसेको देख्न सकिन्छ। उनीहरु बिहानदेखि बेलुकासम्म यहि नै बस्ने गर्दछन् भने यहि स-साना बालबालिकाहरु खेल्ने गर्दछ्न। यतिमात्र
Comments
Post a Comment