के चांगुनारायण बाैद्ध देेवता हुन ?


चांगुनारायण मन्दिर

चांगुनारायण मन्दिर भक्तपुर जिल्लामा पर्दछ। काठमान्डाैबाट १८ कि०मि पर रहेको यस मन्दिर समुन्द्र सतहकबाट १५४१ मि० माथि रहेको छ। यस मन्दिरमा हरि बोधनिका दिन ठुलो मेला लाग्ने गर्दछ।

इसाको तेस्रो शताब्दीमा निर्माण भएको मानीएको यस मन्दिर हाल दुई तल्लाको रहेको छ। लिच्छविकालमा बनेको यस मन्दिर पैला शिखर शैलीमा थियो भनी मानियको यस मन्दिर हाल मल्लकालिन तल्ले शैलिमा छ।
विभिन्न समयमा यस मन्दिर बाैद्ध हाे या हिन्दु भनी विवाद अाउने गरेको छ। बौद्धमार्गीहरूले यस मन्दिरलाई
हरि हरि हरि वहान लाेकेश्वर भनी मान्द छन भने हिन्दुहरूले यस मन्दिरलाई नारायण/हरि/बिष्णु भनि पुजा गर्ने गर्दछन्। यस मन्दिर नेपाली शैलीमा निर्मित छ। यस धर्मिक क्षेत्रमा अरू पनि हिन्दु देवि देवताको मूर्तिहरू छन्। तर यस ठाँउमा बिशेष  बाैद्ध धर्मावलम्बीले मान्ने देवता पद्मपाणि लाेकेश्वरकाे पनि मूर्ति रहेकाे छ।

चाँगुकाे पद्मपाणि लाेकेश्वर

 तर यस ठाउमा भने बाैद्ध दर्शाउने यही एक प्रतिमा रहेकाे छ। नेपाालकाे बिभिन्न मन्दिरमा यस्ताे देख्न सकिन्छ। नेपालमा आदि समयदेखि नै हिन्दु र बााैद्ध धर्मसँङ्गै बििककास भएकाे पाउछाै। एउटै देवतालाइ बाैद्ध  र हिन्दु भनि पुजा गरिन्छ, जस्तै : महांकाल, बज्रयाेगिनी, सम्मर आदि। यस ठाँउमा चाहे जेकाे मुर्ति हाेस्, मानिसले भगवानलाइ त पुज्ने हाे। त्यसैले बाैद्ध मान्नेका लागि यिनि हरि हरि हरि वहान लाेकेश्वर हुन र हिन्दुका लागि यनि नारायण हुन्। 

हरि हरि हरि वहान लाेकेश्वर

भित्रकाे प्रतिमाले केही फरक पार्दैन। ललितपुरका मछिन्द्रनाथ बाैद्ध भएतापनि सबैले शिव भनि पुजेका छन। शिव भनि पुजिएका पशुपतिलाइ पनि बाेधित्त्व मानि प्राथना गरिन्छ र एक बिशेष दिन पशुपतिकाे गहना निकालि बुद्धकाे पहिरन लगाइन्छ। यस कारण चांगु पनि दुबै हिन्दु पनि बाैद्ध पनि हुन्।






 पद्मपाणि लाेकेश्वर

Comments

Popular posts from this blog

हरिबोधिनी एकादशी महिमा | Haribodhani Ekadashni

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal