Posts

Showing posts with the label temple

पचपन्नझ्याले दरवार | 55 Window palace Bhaktapur| Ancient Nepal

Image
पचपन्नझ्याले दरवार नामले भनेझैँ ५५ वटा झयाल भएको यो दरवार काष्ठकलाको एक उत्कृष्ट नमुना हो। नेवारी भाषामा यस दरवारलाइ ङेङापा झ्या भनिन्छ जसको नेपाली अनुवाद पचपन्नझ्याले दरवार हुन्छ। यो दरबार भएको ठाँउमा जितामित्र मल्लले बि.स १७३५ मा थंथु दरवार बनएका थिए। तर बनाएको ३ बर्ष पछि भुकम्पले यो दरवार ढलेको थियो। त्यही भत्केको दरवारको जग माथि राजा भूपतिन्द्र मल्लले नयाँ दरवार बनाउन लगाएका थिए जसलाई पचपन्ने झ्याले दरवार भनिन्छ। यो दरवार बनाउन ५४ बर्ष लागेकोले यस दरवार भुपतिन्द्र मल्लका छोरा रणजित मल्लको पालामा सम्पन्न भएको थियो। रणजित मल्लको पालामा यसमा ५२ वटा मात्र झ्याल थिए भने राणाकालमा यसलाई बनाउदा यस दरवारको स्वरुपमा केही परविर्तन गरि ५५ झ्यालको बनाइयो। यस दरवारको कलाकृतीहरुमा बिशेष तान्त्रिक शैव, शाक्त, बैष्णब र स्वयं भुपतिन्द्र मल्लको बढी प्रभाव भएको पाइन्छ। दरवारको पहिलो तल्लामा भव्य शिवशक्तिमय विश्वरुपको भित्ते चित्र छ जहाँ अनुहार भने भुपतिन्द्र मल्ल र उनका रानी विश्वलक्ष्मीको रहेको छ। यहाँ रहेको भित्ते चित्रमा रामायण र कृष्ण लिलाका चित्रहरु देख्न पाइन्छ भने ने. सं. ८२८ मा तराईको जङ्गलम...

चन्द्र बिनायक | Chandra Banayak | ANCIENT NEPAL

Image
  चन्द्र बिनायक / ल्ह्वंसा गणेद्यः चाबहिल चार विनायक मध्ये चन्द्र विनायक एक हुन। यो गणेशलाई चावहिल गणेश र रक्त विनायक पनि भनिन्छ । यस मन्दिरको दर्शनले मानिसको शरिरमा आएको घाउ खटिरा निको हुने जनविश्वास रहि आएको छ । त्यसैले त वैद्यहरु यस गणेशको बिशेष आराधना गर्ने गर्छन भने कोही वैद्य विद्या सिक्नु अघि यही गणेशको पूजा गरी सुरुवात गर्छन। वैद्यहरु चन्द्र बिनायकलाई गुरु मानी गुरु चन्द्र बिनायक पनि भनी पुकार्छन। एक किंदन्ति अनुसार एक चोरले हाडी गाउबाट धन गणेशको मूर्ति चोर्दा त्याहाका बासिन्दाले थाहा पाई लखेटे छ्न। चोर भाग्दौ चाबहिलको चारुमती बिहारमा लुक्न पसेछ। तै पनि भाग्न नसकेर मुर्ती त्यही रहेको चैत्यमा राखेर भगेछ। पछि गणेशको मुर्ती फेला परे पछि लान खोज्दा उचाल्न नसके पछि त्यही राखी पुजा गर्न थालियो। चन्द्रविनायक गणेशस्थानमा मन्दिरभित्र स्तुप रहेको छ । जसको समय ५ औ शताब्दी मानिएको र त्यही रहेको बुद्ध मूर्ति र कुमारी लिच्छवीकालीन हुन। यसले यो देवल लिच्छवीकालमै बनेको संकेत दिन्छ।यधपि गणेशको मूर्ति भने ९/ १० औ शताब्दीको अनुमान गरिएको छ। अझ हालको मन्दिर निर्माण भने मध्यकालका राजा अमर मल्...

तलेजु मन्दिर | Taleju Temple | ANCIENT NEPAL

Image
  काठमाडौंको तलेजु मन्दिर अन्य स्थानको तलेजुको मन्दिर भन्दा निकै नै आकर्षक र फरक रहेको छ। तलेजु देवी दक्षिण भारतमा श्रीरामको समयमा उत्पत्ति भएको र भारतबाट सिम्रौनगढ हुँदै भक्तपुरमा आइपुगेको मानिन्छ। अरु भन्दा ठूलो भएकाले ठ्यासफुमा यस मन्दिरलाइ "तव देवल" भनी लेखिएको छ र तलेजु नाम यस्कै नयाँ स्वरुप मानिन्छ। त्यहीँ देवि पछि नेपालमण्डल टुक्रा हुँदा यहाँका पहिलो राजा रत्न मल्लले नै बि.स १५५८मा स्थापना गरेका थिए। तर केही इतिहासकारका अनुसार तलेजु नेपालमण्डल कै पुरानो देवि मानेश्वरी नै तलेजु भएको मान्दछ्न।  अहिलेको यो भब्यरुप भने बि.स १६२० माघ १० मा महेन्द्र मल्लले बनाउन लगाएका थिए। पहिले मन्दिर भन्दा ठूलो घर बनाउन नपाइने भएको र प्रजाले ठूलो घर बनाउन थाले पछि महेन्द्र मल्लले यो मन्दिर अग्लो बनाएका थिए। यो मन्दिर तीन तहको १३ पेटि भएको मण्डलाकार स्वरुपमा रहेको छ। १९९० को भुकम्पबाट माथिल्ले तल्ला पुर्ण रुपमा भत्केकाले अहिलेको स्वरुप भने १९९६ मा जिर्णोद्वार गर्दा बनेको हो। दशैमा एकपटक दुर्गा पूजा को लागि सर्वसाधारणका लागि यो मन्दिर खुला रहनेछ। अन्य समयमा भने तान्त्रिक मन्त्रबाट दिक्षा लि...

पशुपति | Pashupati | Ancient Nepal

Image
फागुन कृष्णपक्ष चतुर्दशीको दिनमा मनाइने शिवरात्री नेपालभरी धुमधामसङ मनाइन्छ। यस दिन देशका सबै शैव मन्दिर र बिशेषगरि पशुपतीमा घुइँचो लाग्ने गर्दछ।  नेपालको उल्लेख हिमवतखण्ड र नेपाल माहात्म्यमा पाइन्छ। यी ग्रन्थलाइ स्कन्दपुराण अन्तरगत मानेकाले यसको समय भने ७ औं शताब्दी राख्न सकिन्छ। यद्यपि नेपालमा पौराणिक साहित्यको अभ्यास भने लिच्छविकाल मै भएको कुरा चागुनारायणको अभिलेखबाट थाहा पाउन सकिन्छ। यसरी आधार मान्दा नेपाल र पशुपति यो भुमिमा निकै पहिले देखि रहेको देखिन आउन्छ। प्रमाणिक रुपमा पशुपति कसले स्थापना गर्‍यो भनेर कुनै प्रमाण छैन। गोपालराज वंशावलीमा गोपाल वंशले नै यस मन्दिरको स्थापना गरेको हो भनेर लेखिएको छ। यस्तै अन्य केही वंशावलीहरुमा भने राजा जयदेव वा सुपुष्पदेवले बनाएको भनिएको छ। अभिलेखको आदारमा हेर्ने हो भने पशुपति छेत्रमा मानदेव प्रथम देखिका अभिलेख पाइयका छ्न। र केही अभिलेख भने पुर्व लिच्छविकालका रहेको अनुमान छ। साथै पशुपतिको प्रयोग विभिन्न अभिलेख, मुद्र तथा ग्रन्थमा पाइनुले उक्त समयको यस देवलको महत्व थाहा पाउन सकिन्छ। पौराणिक साहित्यको कुरा गर्ने हो भने नेपालको उल्लेख गर्दा बिशेष...

ङातापोल मन्दिरका १० तथ्यहरु |10 Facts about tallest temple of Nepal

Image
न्यातपोल मन्दिर भक्तपुरको टौमढी टोलमा अवस्थित ङातापोल मन्दिर राजा भुपतिन्द्र मल्लले बनाएका हुन्। न्यातापोल, पाँचतल्ले आदि नामले पनि प्रख्यात यस मन्दिर नेपालकै अग्लो मन्दिरको रहेको छ। यसको उचाई १०८ फिट रहेको छ। तल यसै मन्दिरका १० तथ्यहरु दिएका छन्। भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस १. अहिलेको यस मन्दिर बनाउनु भन्दा पूर्व त्यहाँ पुरानो 'ङातापुल' नामक मन्दिर रहेको थियो। जुन सम्भवतः ने.स ८०१ को भूकम्पमा भत्किएको थियो। त्यस मन्दिर भत्केको लगभग २० वर्षपछि भूपतिन्द्र मल्लले त्यसैमाथि अहिलेको स्वरूप बनाएका हुन्। २. यस्तो भव्य मन्दिर मात्र ६ महिना २१ दिनमा तयार भएको थियो। ने.स ८२२ पौष कृष्ण त्रयोदशी बुधबारका दिन सुरु भई अषाढ सुदि १ मा सम्पन्न भएको थियो। यसका लागि यहाँ वरिपरी भएका सबै व्यक्तिहरुले श्रमदान गरेका थिए। र यो बनाउनुपूर्व चाहिने सबै सामानहरू अड्कलेर ठिक्क पारि राखिएको थियो जस्को कारण यो चाडै बन्न सफल भयो। ३.  यो मन्दिर पूरा निर्माण भएपछि २४ टोल बासी साथै यहाँका वरिपरिका गाउँका मानिस र ललितपुरका राजा सहित यज्ञ गरेका थिए। जसमा २० हजारभन्दा बढी मानिस थिए। यो यज्ञ मन्दिर अग...

कलशलाइ किन पुजा गर्ने ? Why to worship Kalash not Idol? | Ancient Nepal

Image
  गुहेश्वोरी अन्नपूर्ण जस्ता मन्दिरमा किन मुर्ति पुजा नगरी कलशको पुजा हुन्छ त ? नेपाली संस्कृति तथा परम्परामा कलशको  निकै महत्व रहिआएको छ। विभिन्न शुभ कार्य गर्दा होस् या अन्य विभिन्न कार्यक्रम गर्दा, शुभ होस भनी  कलश  राख्ने चलन रहेको छ। साथै कुनैपनि देवीदेवताको पूजा आराधना गर्दा देवतालाई कलसमा नै आह्वान गर्ने गरिएको पनि पाइन्छ भने गणेश र कुबेर जस्ता देवता पनि कलश मै पुजा गरिन्छ।  भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस    जल सहितको    कलश   जितको प्रतीकको रुपमा मानिन्छ। अझै देवि आव्हानको कुरा गर्दै हेर्ने हो भने जसरी कलशमा पानी भएपछि यो पूर्ण हुन्छ त्यसरी नै शरीरमा आत्मा भएपछि त्यो पूर्ण हुन्छ।  खाली घडा या कलशको कुनै पनि महत्व हुँदैन जबसम्म त्यसमा केही भरिदैन। हुनतः कलश भित्र रहेको पानीलाई अमृत कै दर्जा दिइन्छ। त्यसैले नै होला यसबाट निस्केको जलले सबै कुरा पवित्र पार्ने तथा शुद्धीकरण हुन्छ।  र कलशको टुप्पोबाट नया जीवन सुरु हुन्छ भने यहि टुप्पोबाट जीवनको समापन हुन्छ । प्राचीन समयमा घट पनि भनिने गरिन्थ्यो कलशलाइ। घट भनेको विशेष ...

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal

Image
 प्राचीन समयदेखि नेपालमा पाटि पौवा सत्तल तथा ढुङ्गेधारा हरु बनाउने चलन चलिरहेको थियो। नेपालको हरेक धार्मिक, सांस्कृतिक तथ ऐतिहासिक क्षेत्रमा मात्र नभई बाटोघाटोको छेउमा यस्तो पाटि तथा ढुङ्गेधाराहरु निर्माण गरेको पाइन्छ। यस्ता पाटी पैवाहरुलाइ नेवारी भाषामा चापा, चपाल, क्वाछें, फल्चा, फले, हिति, सत: आदि भनिन्ने गरिन्छ। भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस   सामान्य जिवनमा आराम गर्न वा पानी खान बनाएका  ढुङ्गेधारा, सत्तलहरु साधारण मात्र नभई कलात्मक र सुन्दर रुपमा बनाएका हुन्छन्। प्राचीन समयमा यस्ता पाटि पौवा ढुङ्गेधाराहरु राजा महाराजाले मात्र बनाउने भएतापनि समयअनुसार साधारण मानिसहरुले पनि बाटोको छेउमा पाटी पौवा र त्यसको नजिक पानी बग्ने ढुंगेधारा बनाइएको देखिन्छ। हुन त साधारण तया यस्ता पाटी पौवाहरु आराम गर्न बनाइन्छ। बाटोमा हिँड्ने बटुवाहरु गाह्रो हुँदा थकाइ मार्ने ठाउँको रुपमा पाटी पैवा तथा सत्तललाई लिन सकिन्छ। तर त्यस्ता धार्मिक तथा ऐतिहासिक पाटीपौवामा बृद्धबृद्धाहरु बसेको देख्न सकिन्छ। उनीहरु बिहानदेखि बेलुकासम्म यहि नै बस्ने गर्दछन् भने यहि स-साना बालबालिकाहरु खेल्न...

हिरण्यवर्ण महाविहार पाटन | Hiranyavarna Mahabihar, Golden temple, Patan, Nepal| Ancient Nepal

Image
हिरण्यवर्ण महाविहार, पाटन (Golden temple) भास्करदेव संस्कारित- हिरण्यवर्ण महावि हार,  हर्ष बर्ण महाविहार, हेमबर्ण महाविहार,   हिरण्यवर्ण महाविहार पाटनको क्वा बहाल अथात क्वालखुटोलमा रहेको छ। यस महाबिहार बाह्रौँ शताब्दीमा बनेको भने ता पनि यो कुराको पुष्टि हुन भने अझै पनि बाँकी रहेको छ। हिरण्यवर्ण भन्नाले सुनले बनेको बिहार हो। मध्यकालमा जब यहाँका बासिन्दाहरु लास्सा वा भोट जान्थे तब उनीहरुले आएको सुन यहाँ चढाउँथे, त्यसकारण यसलाई यस ठाउँ सुनैलो भएको कारणले यसलाइ हिरण्यवर्ण महाविहार भन्न थालियो। यो महाविहार धनी र पाटनको एक उत्कृष्ट महाविहारको रुपमा मानिन्छ। यस विहारको करिब १४ वटा शाखाहरु रहेका छन् भने अन्य थुप्रै शाखाहरु चैं स्वतन्त्र रुपमा चलेका  छन्। केही वर्ष अगाडिसम्म यस बिहारको सम्बन्ध भोजपुर, दोलखा तथा पाल्पाका पनि रहेको पाइन्थ्यो। यसको पुष्टि ने.सं ६५३ मा एक व्यक्तिले सुनको गहना चडाएकोबाट हुन्छ। भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस  यो विहार कस्ले बनायो? यो कसले बनायो र कत्ति पुरानो छ भन्ने कुरामा सधैं तर्क भइरहेको हुन्छ। किनभने आजसम्म यो कुरा प्रमाणित हुन सकेक...

बुढानीलकण्ठ | Buddanilkantha

Image
बुढानीलकण्ठ  काठमाडौंको उत्तर शिवपुरी डाँडाको फेदमा रहेको बुढानीलकण्ठ मन्दिर नामबाट नै यस स्थानको नाम बुढानीलकण्ठ रहेको हो। यस ठाउँमा बुढानीलकण्ठ नाम गरी जलाशयन नारायणको मूर्ति रहेको छ। काठमाडौँ उपत्यकामा विभिन्न समयका करिब १० प्राचीन जलाशय विष्णुका मूर्ति मध्ये यस मूर्तिलाई सबैभन्दा ठूलो मानिन्छ। राम्रो शरीर भएको, शङ्ख, चक्र, गदा र पद्मबिज लिएको, कानमा ठुला-ठुला कुण्डल, पाखुरामा बाजु र शिरमा मुकुट लगाएको देखिन्छ। यिनको चारहात मध्ये दायाँ हातमा चक्र र गदा लिइएको र बायाँ हातमा शंख र पद्मबिज देखिन्छ, यद्यपि कोहीले खरानीको डल्लो पनि भन्ने गरेका छन्। यसैकारण हरेराम जोशीले यस मूर्तिलाई हरिहरको मूर्ति मान्नुभएको छ। यद्यपि अरु इतिहासकारहरूले भने यस मूर्तिलाई नेपाली कलाको अनुपम नमूना भएको नारायण कै मुर्ती मानेका छ्न। अब कुरा गरौं यस मुर्तीको नाम बुढानीलकण्ठ कसरी रहन गयो?  एक किंवदन्तीअनुसार नीलकण्ठ नामक किसानले यसै क्षेत्रमा खेत खन्दा मूर्ति फेला पारेका कारण उनको नामबाट बुढानीलकण्ठ नाम रहन गयो भनेका छ्न। तर यस बुढानीलकण्ठ यसको प्राचीन नाम भने होइन। पृथ्वीनारायण शाहले काठमाडौं जितिसकेप...

बिक्रमशिल महाविहार| Bikramshil Mahabihar, thamel | थं वहि, भगवान बहाल | Ancient Nepal

Image
प्राचीन सहर काठमाडौंमा थुप्रै मठमन्दिर, बिहार, पाटी पैवाहरु रहेका छन् । यस्तै काठमाडौंका कलात्मक धरोहर  मध्य  माथिल्लो भेगमा रहेको बिक्रमशिल महाबिहार छुट्टै बिशेषता भएको महाविहार हो।  थं वहि, भगवान बहाल, धर्म धातु विहार, सिहंसारथक विहार आदि नाम पनि प्रख्यात यस विहारको मूल नाम भने थं : बहिल नै मानिन्छ। नेवारीमा थं को अर्थ माथिल्लो बुझैन्छ भने वहिल सानो बौद्ध मन्दिर मानिन्छ । हाल यो विहार रहेको ठाउँलाई ठमेल भन्ने गरिन्छ। जुन नाम यहि विहारको नामको अपभ्रंश भई ठमेल रहन गएको हो। https://youtu.be/og-WWoQMwt8  काठमाडौंको उत्तरी भागमा रहेको यस बिहार १०४० देखि १०४१ मा भानुवर्माले निर्माण गरेको बिश्वास गरेता पनि यस अघि नै यस विहार रहेको पुष्टि भएको छ। यस बिहार को निर्माण ११औ शताब्दीमा भएको अनुमान गरिए तापनि यो भन्दा निकै अगाडि देखिको प्रमाण भेटिएका छन। यहाँ रहेका थुप्रै चैत्यहरु लिच्छवीकालदेखिका रहेका छन्। यस विहारमा जनै पुर्णिमाको आसपासमा ८ दिन सम्म बहालको  नामक भण्डारको मुर्ती देखाउने गरिन्छ।  यस विहारमा ५००० मान्छेहरू अट्ने ठाउँ रहेको भनिन्छ।  नेप...