मन्दिरमा किन याैन सम्धित कला हुन्छन् ?


नेपालमा मात्र नभएर सम्पुर्ण हिन्दूहरूमा विभिन्न थरीका रस तथा राग रहेको छन। यी मध्य यौन राग पनि एक हाे। यसकाे प्रयाेग विभिन्न कलामा भएको पाईन्छ। मूर्ति, चित्र, टुडांल तथा अन्य कलाकृतिमा यस्ता चिजहरू रहेको पाईन्छ। हिन्दु धर्ममा यौनजन्य कुरा खुल्ला रूपमा नभएता पनि किन मठ मन्दिरमा खुल्ला रूपमा यस बारेमा कला बने त ? 
यश प्रशङ्गमा चर्चा गर्ने हाे भने हिन्दु समाजमा यसकाे चलन वैदिककाल देखि नै पाईन्छ। सामवेद तथा अथर्ववेदमा यसकाे क्रमिक रूपमा उल्लेख रहेको छ। येस्तो उल्लेख अरु विभिन्न धार्मिक ग्रन्थमा पनि रहेको छ। हिन्दु धर्मिक ग्रन्थमा यौनजन्य चिजको कुरा गर्दा काम सुत्र नामक ग्रन्थको विशेष महत्त्व रहेको छ। यस् ग्रन्थमा २४५ वटा यौन प्रक्रिया दिएको छ। 



नेपालमा यसको प्रयोग विशेष गरि टुडालमा व्यापक रूपमा देख्न पाईन्छ। शिव र शाक्त देवालयमा याे विषेश गरि राखिन्छ। टुँडालकाे तल पटी मानव वा जनावरले यौनजन्य वा रस रातल गरेकाे हामीले देख्न सक्दछै। यो किन राखछन भनी थाहा पाउन हामी यस् बारे तल बुदागत रुपमा चर्चा गर्न सक्छौ।

१. यौनशिक्षा बारे ज्ञान दिन
    -- समाजमा यसबारे त्यति कुरा नहुने भएकाले याे कलाको माध्यमबाट यौनशिक्षा दिन खोज्यो।

२. नब बिबाहितलाई सिकाउन
    -- हिन्दु समाजमा बिबाहको भोलिपल्ट मन्दिर जाने चलन रहेको छ। यहि समयमा यी जोडीले यसबारे ज्ञान पाउन भन्ने हेतुले यस्ता कला उत्किर्ण गर्याको हो।

३. सामान्य जिबनको खुलासा
   -- कतिपय युवती तथा युवकहरु यश कुरालाइ नराम्रो तथा अनैतिक मादछन। तर यस्तो कलाको मार्फत यो कुरा सामान्य हो सबैले येस्तो गर्छन भन्न खोजेको हो।


यी भए सामान्य पक्ष। अब हामी आध्यात्मिक पक्षबारे कुरा गराैं।

१. टुडालले मन्दिरलाइ चट्याङबाट बचाउन्छ भन्ने बिश्वास गरिन्छ। यहि टुंडालमा रस रातलको भाब राखयो भनी नराम्रो शक्ति मन्दिर भित्र पस्दैन भनी मानिन्छ।
२. टुंडाल तथा मूर्तिकलामा यस्ता कलाको प्रयोगको अर्थ निर्वान वा माेक्ष प्राप्तिकाे प्रतीक मानिन्छ। जब मानिसले यश धर्तिमा राम्रो कर्म र भक्ति गर्दछ त्यही ब्यक्ती भगवाको नजिक वा स्वग पुग्छ। त्याहा अत्यन्तै सुख हुन्छ। त्यही खुशीको प्रतिकको रुपमा यस्ता कला बनाइन्छ। 
३. एक जनसुर्ती अनुसार मल्लकालिन समयमा राजा लामो समयको लागि देश भन्दा टाडा गयकोले उक्त समयमा रानी लगायत दरवारका सबै यौन कृयामा लागे। यो कुरा जनतालाइ थाहा थिएन, त्यसैले दरवारमा भैइ राखेको कुरा कला मार्फत भन्न खोजेको थियो।

यी कारण मन्दिरमा रसयुक्त कला हुने गर्द छ। 
बढी जान्नकाे लाागि यस लििङ्मा  क्लिक गर्नुहाेला 

https://youtu.be/XWOIT43HxSk
LIKE, SHARE AND SUBSCRIBE



Comments

Popular posts from this blog

हरिबोधिनी एकादशी महिमा | Haribodhani Ekadashni

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal