कसरी बन्याे न्यातापाेला र यसकाे महिमा



थुप्रै मन्दिर भएको देश नेपालमा  आफ्नै शैली नेपाली शाैलि वा तल्ले शाैलि नेपालकाे अाफ्नाै माैलिक रचना हाे। येस्तो मैलिक तल्ले मन्दिरको उत्पत्ति नेपालमा भएको र पछि अरु देशमा गयको मानिन्छ। जापान, चीन, भारत जस्ता देशमा देखिने तल्ले शैलीका मन्दिरहरु यहि नेपाली शैलीको परिवर्तित रुपमा प्यागोडा भनी चर्चित छ। पशुपतिनाथ, कुम्भेश्वर, नाला भगवती, तलेजु, ङातापाेला, चाँगु नारायण, इन्द्रेश्वर अादि नेपालीका केही प्रख्यात तल्ले शौलि मन्दिरका उदाहरण स्वरूप रहेका छन्।

भिडियाेकाे रूपमा हेर्न क्लिक गर्नुहाेस : 

नेपालमा तल्ले शाैलिका मन्दिरहरू थुप्रै भएता पनि प्राचीन तल्ले शाैलि अन्तरगत सबै विशेषता मेल भएकाे मन्दिर भक्तपुरकाे टैमढी टाेलमा रहेको न्यातापाेल मन्दिर हाे। याे मन्दिर नेपालकाे एक मात्र त्यस्तो मन्दिर हाे जुन मन्दिरकाे नाम देवताले वा नाम नभई शैलिकाे कारणले चर्चित रहेकाे छ। याे मन्दिर पाँच तल्ले रहेको छ। त्यसकारण यश मन्दिरकाे नाम ङातापाेल राखिएको हाे। नेपाल भाषा अनुसार 'ङाता' भनेकाे पाँच तल्ला र 'पाेलाँ´ भनेकाे छाना हाे। यो भक्तपुरको विभिन्न स्क्वायर मध्य एक स्क्वायरमा पर्दछ। 


टौमढी टाेलमा पर्ने यश मन्दिर १७०२ मा बनेको हाे। 'त' काे अर्थ ठूलो र 'मार्री' काे अर्थ राेटी हाे, यसकाे अर्थ ठूलो राेटी हाे। यो स्क्वायर ठूलो रहेको छ र उत्तर पट्टी रहेको यश मन्दिर भव्य रहेको छ। 

याे मन्दिर बनाउन ४ महिना ७ दिन (१५२ दिन)लागेको थियो भनी सुरु गरेको ६ महिना २१ दिनमै यो मन्दिर निर्माण भायको थियो। मन्दिरमा भएको जिर्णेद्धार गर्दा २६४ वट पान्ना भएको हस्तलेखित ग्रन्थ फेला पर्यो। छनामा ८ दिन र मन्दिरको जगनेरी ७ दिन भएको उत्खननमा यो फेला परेको हो। उक्त ठ्यासपु राजा भुपतिन्द्र मल्लको दैनिकी थियो। त्यसमा यश मन्दिर कसरी बन्यो भनेर उल्लेख छ। डा. जनकलाल बैद्यले यश ग्रन्थको अध्यन गरि `सिद्दिग्निकोतिहुति देवल प्रतिस्था´ नामक पुस्तक प्रकाश गर्नु भएको छ जसमा उहाले उक्त फेला परेको ग्रन्थको तस्बिर पनि छाप्नु भएको छ। यदि कोहि त्यस ग्रन्थको अध्ययन गर्न चाहान्छ भनी नेपाल अभिलेखालयमा गइ त्यसको अध्ययन गर्न सक्छ। 


यश मन्दिर बन्न वरिपरिका बस्तीबाट सहायोग लीइ बनाइएको थियो। यसका लागि छालिङ्ग, चागु, नाला, बनेपा, साखु, बागेश्वरी, झौखेल, जितपुर, गोकर्ण आदिबाट सहयोग आएको थियो। यहाँ प्रयोग हुने ईट्टा यहिका मानिसले ७ वटा इट्टा उद्योगमा बनाएका थिए भने काठकाे काम पनि यहि भएको थियो। यहाँ प्रयोग भएका ढुङ्गा छालिङ्गबाट ल्याइएका थिए र यी सबै सामान ठीक भए पछी मात्र मन्दिर बनाउन सुरु गरिएको थियो। मन्दिर बनाउन सकिय पछि ठुलो होम गरियको थियो जसमा २३००० मानिस सहभागी थिए। उक्त समयमा गरिएको होममा पुरोहितलाई सुनको मुकुट दिइएको थियो। यो भोजमा कृतिपुर र कान्तिपुर बाहेक वरिपरिका राज्यका बासिन्दा तथा मुख्य अथितिका रुपमा पाटनका राजा थिए। यो मेलमीलाप देखेर कान्तिपुरले भक्तपुरमा आक्रमण पनि गर्‍यो तर सफल हुन सकेन। र यहि समयमा भारतमा भनी ताज महल बनी रहेको थियो। 


यहाको जनश्रुति अनुसार भैरबले यहाँका मान्छेलाई दु:ख देकाले राजाले माता पार्वतीलाई बोलाउनु भयो। पार्बती आफ्नो विभिन्न रुप मध्य एउटा रूप सिद्दी लक्ष्मीको रुप धारण गरेर त्याहा आइ बस्नु भयो। यो मन्दिरको मुल मुर्ती गुप्त रुपमा पुजा गरिन्छ र सर्वसाधारणलाई यो मुर्ती हेर्न मनाही गरिएको छ। पाँच तह भएको यश मुर्ति भयानक दुई बेताल माथी उबियकि, नरमुड माला धारी, विभिन्न आयुद लीयकी, भएकर भब्य र उग्ररूपको रहेको छ। यो मन्दिरको मुल मुर्ती मन्दिर भन्दा २ तह जति तल रहेको छ भने यश मन्दिर सधै बन्द हुन्छ।

MORE ON

https://youtu.be/f-aaBiHX2Vg





Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal