सिद्धपोखरीको इतिहास र कलाकृतिहरु



भक्तपुरमा थुप्रै थरीका साना ठुला पोखरीहरु छन। यी पोखरीको आ-आफ्नै विशेषता रहेका छन। र यनीहरु विभिन्न काल खण्डमा बनेका हुन। भक्तपुरमा रहेका यी थुप्रै पोखरी मध्य सिध्दपोखरी एक प्रचिन पोखरी हो। 

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला 
https://youtu.be/w-VITlxfw0Y

यश पोखरीको निर्माण कहिले भयो भन्नी यकीनका साथ भन्न सकिँदैन। यो पोखरीलाई त: पुखु पनि भनिन्छ। त को अर्थ ठूलो र पुखु भनेको पोखरी हो। यसको आसपास अरु ३ पोखरी पनि रहेका छन। रानी पुखु, न:पुखु र भाज्या पुखु। यी तीन मध्य यो ठूलो पोखरी भएकाले यसलाई त: पुखु भनेको हो। याहाको किम्दन्तिको अनुसार भाज्या पुखु र त: पुखु दिदी बहिनीले एक रातमा बनाएका हुन। तर यसको त्यति प्रमाण भने रहेको छैन। 
 भाज्या पुखु

यश दहको बारे एउटा किम्दन्ती रहेको छ। एक शक्तिसालि तान्त्रिकले ठिमीको केटीलाई बिबाह गरेको थियो। उनीहरू सिद्धपोखरी गुम्न गएछ्न। तान्त्रिकलाई थाहा थियो त्याहा सर्प अजिङ्गरहरू छ्न र बेलाबेलामा त्यसले दु:ख दीने गरेका छ्न। यहि मैका छोपी तान्त्रिक आफ्नो श्रीमतीसङ्ग त्याहा गुम्न गयो। उनीहरु त्याहा घुम्न जादा सर्पहरुलाइ देख्यो र त्यसले सर्पहरुलाइ दुख देकोले तिनीहरुले फेरि दु:ख नदिउन भन्ने हेतुले उसले सजाय दीने ठान्यो र राजाबाट पनि अाज्ञा पाई उ ती खराब मन्सतिती भएका अजिङ्गरलाई त्याहाबाट लखेट्ने भने पोखरीमा पुग्यो। 
पोखरीमा पुगि उसले आफ्नो श्रीमतीलाई मन्त्रयुक्त चामल दिदै भने,"म अजिङ्गर बन्छु। मैले यी सर्पहरुलाइ मारे पछि यो चामलले मलाई हान्नु अनि म आफ्नै रुपमा आइ पुग्छु।" यति भने पछि उस्को श्रीमतीले हुन्छ भनिन। र तान्त्रिक ठूलो  अजिङ्गर बनि पोखरीमा पस्यो। तर उस्को श्रीमतीले ठूलो अजिङ्गरदेखि त्यो चामल त्यही भुइमा फ्याली त्याहाबाट भागिन। जब अजिङ्गर रुपि तान्त्रिकले सर्पलाइ मारी मानव रुपमा आउनको लागि श्रीमती तिर गयो तर त्याहा श्रीमती नदेखी उसले ध्यान दृस्टीले हेर्दा उनी डराएर आफ्नो माइती ठिमी गएको देख्यो। त्यस दिनदेखी जो कोहि थिमिका मान्छे सिद्धपोखरीमा आउन्छ त्यसलाई खाने गर्दछ। 
यो अजिङ्गर रुपि तान्त्रिकको कथा बिस्केट जात्राको अनुश्रुतिमा पनि पाइन्छ। त्यस कारण यो मन्दिर बिस्का जति नै प्राचीन देखिन्छ।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला 
https://youtu.be/w-VITlxfw0Y

यो पोखरीको सक्कल नाम इन्द्र दह हो। यहाको अभिलेखमा इन्द्रदहमा इन्द्रदेवले पानी जम्मा गरि चीनदेखि रगिन माछाहरु ल्याइ श्रीङ्गारेको कुरा लेखिएको छ। यस कुराले ७ औ सताब्दीसम्म यो पोखरीलाइ लान्छ। तर त्यही रहेको एक अभिलेख यो भन्दा प्राचीन देखिन्छ। तर यो अभिलेख पढ्न सकिँदैन। यहाँको यो अभिलेख पुरानो भएर अक्षरहरू पढ्न मिल्दैन।
अभिलेख
यस्तै यहाँ रहेको प्रसिद्ध बराह मुर्तिलाई लाैंसिह वाङ्देलले इ.सा.को ५ औ सताब्दिमा राखेका छन भने पुरुशोत्त्म लोचन श्रेष्ठले भने इ.सा.को अन्तिम ४औ देखि ५औको पहिलो सताब्दी बनेको बताउँछन्। तर पछिल्लो समयमा भने त्याहा रहेको गणेशको मूर्तिलाई पनि निक्कै प्रचिन मानिएको छ। यश मूर्तिलाई त्याहा रहेको बराह मुर्ती भन्दा प्राचीन मानिएको छ। २ स्रो ३ स्रो सताब्दिको मानिएको गणेश मुर्तीको अलावा सुर्य, भिमसेन तथा बिष्णुका मुर्ति रहेका छन। यहि सिद्धपोखरीको चन्द्र सुर्यको मुर्ती भक्तपुर कला संग्रहालयकमा राखिएको छ। यो पोखरीको पश्चिमी तर्फ उमा महेश्वर, लक्ष्मि नारायणको मुर्ती रहेको छ। यसमा रहेको पेटीमा पनि ने.स.३६४को अनग मल्लदेव अभिलेख रहेको छ। आर्को अभिलेख ने.स.को यस्तै आर्को भिम्सेन थापाको अभिलेखमा यो पोखरीको वरिपरि पर्खाल लगाएको कुरा पनि परेको छ। यो पोखरीको उत्तर पट्टी रहेको पाटिलाई गुहेशोरी भनिन्छ। यसमा पनि लिच्छविकालिन बुद्ध मुर्ती तथा माहाकालको मुर्ति रहेको छ। यश पोखरीको वरिपरि थुप्रै साना साना प्रस्तरको तिरणहरु देखिन्छ्न। यसको अलावा यश पोखरीमा थुप्रै अरु कलाकृती रहेका छन। र यश क्षत्र एतिहासिक दृस्ठिले महत्त्वपूर्ण रहेको छ भने यहाँ अरु थुप्रै कलाकृती रहेका छ्न।



भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला 
https://youtu.be/w-VITlxfw0Y

LIKE SHARE AND SUBSCRIBE**

**NOTE: All the media in this video are taken from the source of internet. So, all the credits goes to their respective creators.



REFERENCES: 
1.https://www.google.com/search?q=siddha+pokhari+bhaktapur+nepal&source=lnms&tbm=isch&sa=X&ved=0ahUKEwjquZuCysrhAhUM5o8KHc--DCgQ_AUIDigB&biw=1366&bih=625
2.Shrestha lochan puroshottam.https://www.google.com/search?q=siddha+pokhari+bhaktapur+nepal&source=lnms&tbm=isch&sa=X&ved=0ahUKEwjquZuCysrhAhUM5o8KHc--DCgQ_AUIDigB&biw=1366&bih=https://www.google.com/search?q=siddha+pokhari+bhaktapur+nepal&source=lnms&tbm=isch&sa=X&ved=0ahUKEwjquZuCysrhAhUM5o8KHc--DCgQ_AUIDigB&biw=1366&bih=625https://www.google.com/search?q=siddha+pokhari+bhaktapur+nepal&source=lnms&tbm=isch&sa=X&ved=0ahUKEwjquZuCysrhAhUM5o8KHc--DCgQ_AUIDigB&biw=1366&bih=625
2. Shrestha lochan puroshottam.2050B.S. Shiddhapokhari ek atishaik bishlan
3.https://pushupatinath.blogspot.com/2019/04/blog-post_5.html
4.shrestha puroshottam. guha, guhalek avam anya sampada.2073
5.Pradhan Khedarnath. bhaktapurko biketjatra ra yesko prag tishaik mathwoo. Ancient Nepal. Archaeology department of Nepal
6.https://pushupatinath.blogspot.com/20...
7.https://www.youtube.com/watch?v=Vv5n4Bzfe_c

Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal