सम्पदाको नाम परिवर्तन ठिक कि बेठिक

 

बिस्का कि बिस्केट, पाँच तल्ले कि न्यातापोल, तः पुखु कि सिध्दपाेखरी, आघम छे कि देबताको घर, यस्ता प्राचीन नामहरु समयसङै परिवर्तन भएका छन। पहिले पहिले यश ठाउँमा मल्ल राज्य थियो र आजको काठमाडौ उपत्यकालाई नेपाल मण्ड्ल भनेन्थो। र तत्कालीन समयमा नेवारी भाषा बोल्लिन्थो अनि त्यही नेवारी शब्दमा त्यस समयमा बनेका विभिन्न सम्पादका नाम त्यसै बेलाको भाषमा राखियो। तर अहिले यश नेपालमण्डल नेवार मात्रै नभएर अरु थुप्रै जाती र बहुभाषिक व्यक्तिहरु बस्छन। त्यसैले यस्ता प्राचीन सस्मारकका नामहरु आफ्नै भासा अनुसार परिवर्तन गरिए। तर यस्ता सम्पदाको नाम परिवर्तन गरि भन्नू ठिक हो त!
न्यातापोल

नेपालीको इतिहासमा पहिले गोपाल, महिषपाल, सोम, लिच्छवि, गुप्त, मल्ल र शाहा बंशले शाशन गरेको देखिन्छ। गोपाल, महिषपाल र किरातको समय इतिहास भने स्पष्ट छैन तर किरातकालको केही उल्लेख भने लिच्छविलिन अभिलेखमा पाइन्छ। किरातकालमा किराँती भाषा बोलिन्थो भने लिच्छविकालमा संस्कृत तथा मल्लकालमा नेवारी र संस्कृत दुबै बोलीन्थो र शाहाकालमा नेपाली। किरातकालमा माखोपृङ, सुङा, कोलिग्राम, खाेपिङ जस्ता शब्द प्रयोग भएको त्यस समयमा किरात भाषाबाटै त्यस ठाउँको नाम राखिएको थियोे भन्ने स्पष्ट हुन्छ। यसरी नै लिच्छविकालमा यी नामहरु परिवर्तन भै माखाेपृंसतलद्रङ्ग, खोपृङगामद्रङ्ग, कोलिग्रामद्रङ्ग अादि भए भने मध्यकालमा भने यस्ता नामहरु खोप, कान्तिपुर, भक्तग्राम, आदि भए। यो कुराबाट के भन्न खोजीएको हो भने अहिले सुन्दै आएका नामहरु अहिले नै बनेको नभइ निकै पहिलेदेखि क्रमिक रुपमा बन्दै आएका हुन। उदाहरणको लागि भक्तपुरलाई लिउ: किरातकालमा खोपृङ् भएको यशलाई लिच्छविकालमा खाेपृङ्ग्राम तथा भक्तग्राम भनेयो। पुर्ब मध्यकालमा खोप तथा भक्तग्रामको भातगाउ भनियो र उत्तर मध्यकालमा यहि शब्द भक्तपतनबाट भादगाउँ हुँदै भक्तपुर बन्न गयो। यसरी बनेको यश शब्दलाई अब हामिले भक्तपुर भन्न छ्डेर खोप भन्न मिल्दैन कि यस्को सबै भन्दा पुरानो नाम खाेपृङ् भन्नू पर्यो। तर यसरी सबै चिजको प्राचीन नाम भन्न सकिँदैन।

 यस्तै बिस्केट भन्नू हुदैन बिस्का भन्नू पर्छ भन्ने व्यक्ति पनि थुप्रै छ्न यदि यस्को प्राचीन नाम नै भन्ने हो भने बिस्का यस्को प्राचीन नाम नभइ मध्यकालमा बनेको नाम हो। किरातकाल वा पुर्ब लिच्छविकालमा यो जात्रालाई बिश्व केतु वा बिश्व धोजा भनिन्थो जुन अपभ्रमश भैइ बिस्का वा बिस्केट भएको हो। र यस्ता जात्रा र सम्पदाहरु नेवाको मात्र नभई सम्पुर्ण नेपालीको हो। उक्त सम्पदाहरु नेवारले बनाएको नभइ नेपालीले भनाएको हो। त्यस मध्यकालिन नेपालमा नेवार रहन्थे मतलब पूरा नेपालको प्रतिनिधित्व गरेर बस्थे। ती सबै नेपाली थे र यहि सम्पदाहरु नेपालिको हो। त्यसै कारणले नेपाल सरकारले आफ्नो राष्ट्रिय लिपिको रुपमा रन्जना लिपिलाइ आफ्नो राष्ट्रिय लिपिको रुपमा सयुक्त राष्ट्र सघ (UNO)मा पेश गरि आफ्नो राष्ट्रिय लिपिको रुपमा घोषण गरेको छ। 
त्यसैले अहिले चली आएका नामहरु भन्दा केही फरक पर्दैन तर यस्ता प्राचीन नामहरु पनि बिर्सनु हुँदैन।
रन्जना लिपि
REFERENCE:
1. Shrestha.purushottam.2069.sukuldhoka, lu bihar ra dolakha bhimshen
2. Vajracharya.dhanavajra.1977.licchavikalin avhilek
3. Shrestha.purushottam.2054.bhaktapur nagarko namakaran
4.https://pushupatinath.blogspot.com/2019/04/blog-post_5.html?m=1





!-- Go to www.addthis.com/dashboard to customize your tools -->

Comments

  1. samaye anusar yo post jaslae lekhaeko ho usko pani haam change hunu parxa??? Bhinsen Thapa pani lai pani kina bhinsen thapa bhanu.. Boston Tomson bhanan ma.. prachin naam nabirsam samaye anusar ko naam rakhidida kehi farak pardaina haina ??

    ReplyDelete
    Replies
    1. Thank you for your feedback.
      Hami just ye sampada haru newa ko matra na vayi sampurna nepali haru ko ho mero hoina hamro vannus vanni matra chanxau. 🤘

      Delete

Post a Comment

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal