भक्तपुरका आजसम्म नखाेलिएका एतिहासिक ढोकाहरु (those historical doors which are never opened)
भक्तपुर नेपालको सबैभन्दा सानो जिल्ला भएता पनि यो ठाउँमा सास्कृतिक विविधता तथा सास्कृतिक उन्नति व्यापक रुपमा पाइन्छ। यश ठाउँमा सास्कृतिक सम्पदा निकै रुपमा रहेको देखिन्छ। यहाँको सम्पदा तथा सस्कृतिको अध्ययन गर्न भने निकै कठिन छ। यस्तै भक्तपुरमा अध्ययन गर्न बाकी रहेका थुप्रै कुराहरु छन। र यो रहस्यको बिषय बनेको छ। यस्तै रहस्य मध्य भक्तपुरमा रहेका केही ढोकाहरु हुन।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
भक्तपुरको विभिन्न क्षत्रहरुमा थुप्रै ठाउँ छन जाहा सर्वसाधारणलाई जान मनाहि छ। तर भक्तपुरमा त्यस्ता ठाउँ पनि छन जाहा आजसम्म कोहि पनि गएका छैन्न। सुन्दा हावा जस्तो लाग्छ। नेपालमा यस्ता ठाउँहरु थुप्रै छन तर यसमा भक्तपुरका केहि त्यस्ता ढोका जुन आजसम्म खोलीएका छैनन त्यसको बारे सानो चर्चा गरिएको छ। यस्ता ढोकाहरु खोल्न निकै मुस्किल रहेको छ। यी ढोकाहरु खोल्न मन्त्र चाहिने हुन्छ तर यी मन्त्रहरु लेखिएका पत्रहरु हराइ सकेका छन। त्यसैले अब यी ढोकाहरु खोल्न असम्भव नै देखिन्छ। यहाँ थुप्रै यस्ता रहस्यमय ठाउँहरु छन। ती मध्य केहिको उल्लेख तल दिइएको छ।
![]() |
BHAKTAPUR DURBAR SQUARE |
१. दुमाजु चोक
भक्तपुरको तलेजु भित्र विभिन्न चोक मध्य दुमाजु चोकको उत्तर पश्चिम कुना रहेको ढोका हो। हामीले त्याहा कुनै ठूलो ढोका देख्दैनौ। त्याहा केवल सानो प्वाल मात्र छ र लामो २ ढुंगा देखन सकिन्छ। याहाको किमदन्ती अनुसार र एक ताडपत्र (अप्रकाशित )मा उल्लेख भए अनुसार दुई पक्तिको मन्त्र पढे पछि त्याहाको ढोका आफै खोलिन्छ।
यसै बारे अनुसन्धान गरेका भारतिय प्राध्यापक (नाम गोप्य राखिएको) को अनुसार यश ढोका रहेको मन्दिर मुनि खाली ठाउँ छ, सानो कोठा जस्तो तर देखेको छैन।
२. कुमारी चोकको ढोका
तलेजु मन्दिरको पश्चिम पट्टि रहेको यश कुमारी चोकमा सर्वसाधारणलाई जान मनाही छ। दैसैको बेला यश चोकमा एकान्तकुमारीलाई यहाँ बिराजमान गराइ पुजा गरिन्छ। यो चोक निकै सुन्दर छ। राजा जितामित्र मल्लको (१७२९-१७६७) पालामा यश चोकलाइ १४ बर्ष लगाएर सजाएका थिए। यो चोकको दक्षिण पट्टि कलात्मक ढोका छ जसमा नागको बुट्टाहरु छन। र त्यही ढोकामा अभिलेख पनि छ जसमा यो ढोका खोलेमा तत्काल मित्यु हुने कुरा लेखिएको छ र यो ढोका खोल्न पनि मिल्दैन। र आजसम्म यो ढोका खोलिएको पनि छैन। राणाकालमा यश चोकमा खनीएको थियो तर खन्दा खन्दै अचानक ठुलो आपत आएकले बन्द गरियो र त्यो दिन देखि यो ठाउँमा केही गरिएको छैन। अहिले पनि मानिसहरु यश ढोका भित्र बहुमुल्य सामान छ भन्ने बिश्वास गदर्छन।
![]() |
KUMARI PC:google |
३.भण्डारखाल पोखरी भित्रको ढोका
भक्तपुर राज दरवार भित्री दुमाजु चोकमा भण्डारखाल पोखरी रहेको छ। त्यस पोखरी भित्र ढोका रहेको कुरा यहाँ पाइन्छ। उक्त पोखरीमा बलि दीए पछि धोएको कपडाको रगत तल इन्द्रायणि पिठबाट निस्किन्छ भन्नी जनविश्वास रहेको छ। पुरातनवादीहरु त्यस पोखरीमा रहेको ढोकाबाट नै त्यस पानी आएको अनुमान गर्दछ्न। यश ढोकालाई पानीले छोपेकाले देखन सकिँदैन र त्यस पोखरीमा अलैकीक शक्ति छ भन्ने बिश्वासले मानिसहरु त्यहा जान डराउन्छ।
४.तचपाल दत्तत्राय मन्दिर पछाडीको द्वार
यो ढोका भक्तपुर राजदरबार भन्दा बाहिर छ। भक्तपुरको तचपाल टोलमा पर्ने १५औं शताब्दीमा निर्मित दत्तत्राय मन्दिरको पछाडि एउटा सानो द्वार रहेको छ। उक्त द्वारबाट भारतको काशीनाथ पुगिन्छ भन्ने बिश्वास गरिन्छ। यो कुरालाई प्रमाणिात गर्ने कुरा भनेको यश मन्दिरको अगाडी रहेको इनार हो जसमा पानी बनारसको सारनाथबाट आउन्छ। यी कुराहरू सबै किम्दन्ती भएतापनी यहाँ रहेको द्वार भने सत्य हो जुन आजसम्म पनि खोलीएको छैन।
![]() |
DATTRATRYA,BHAKTAPUR |
REFERENCES:
Shrestha.purushottam.2054.bhaktapur nagarko namakaran
https://pushupatinath.blogspot.com/2019/04/blog-post_5.html
https://youtu.be/5s86qSB_VfY
SUBSCRIBE TO: https://www.youtube.com/channel/UCsm9zkQsrw6Zk59KB9M-tog
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
को हो म चिन्न सक्छु यो बल्कपोष्ठको व्यक्ति ।
ReplyDelete.
hami ek shaskriti ko addhyan garni team hou.
DeleteMa ni tapaiharu ko team join garna sakxu?? I want to know more
DeleteSorry! Hami non-profitable organization bata hau ani hami aafai research garni garchau kei culture ka professional haru sanga.
DeleteAnd thank you
Hawa kura..
ReplyDeleteHajur ko aafno sochai ho bhakkar ko sano aadhyan le yo kura sabit vai sakyako chh.
Delete