येँया पुन्ही, अर्थात् इन्द्रजात्राको महिमा र इतिहास ( Indra jatra glory and History)
येँया पुन्ही, अर्थात् इन्द्रजात्रा
काठमाडौ उपत्यका लगायत भक्तपुर, धुलिखेल, ललितपुर, दोलखामा मनाइने इन्द्रजात्रा देवता इन्द्र परम्परागत रूपमा पूजा गरिन्छ। नेपाल भाषामा येँया पुन्हि भनिन्ने यस जात्रा काठमाडौँमा विविध जात्रा गरी लिङ्गाे स्थापना गरी मनाइन्छ। ८ दिनसम्म चल्ने यस जात्रा विभिन्न नाचगान रथयात्रा गरी सम्पन्न गरिन्छ। इन्द्रजात्रामा हनुमानढोका दरबार क्षेत्र दशै तिहार भन्दा भव्य रूपमा मनाइन्छ। देबि पुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता ,हरिवंश पुराण, भविष्य पुराण जस्ता पुराण र रामायण महाभारत जस्ता महाकाव्यमा उल्लेख भएको लिंगो ध्वजा ल्याउने प्रचलन इन्द्रजात्रामा पाइन्छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
यस इन्द्रजात्राको किम्बदन्ती हेर्ने हो भने प्राचीन समयमा इन्द्रकी आमा वसुन्धराले व्रत पूर्ण गर्न पारिजात फूलको अभाव भएपछि इन्द्रले फुल खोज्दै जाँदा खेरी दरबार क्षेत्र नजिक फूल भेटाए र टिप्न लाग्दा इन्द्रलाई चोर पनि बाँधेर राखे। र पछि इन्द्र भनी थाहा पाएपछि उनीलाई ईन्द्रजात्रा मनाउँछौं भने। उक्त दिनबाट इन्द्रको पूजा गर्न थाले। वसुन्धरा आफ्नो छोरालाई खोज्दै आइन्। तर इन्द्रको पूजा गरेको देख्दा उनले धानबाली समयमै पाक्ने गराइदिने भनी इन्द्रलाई छुटाएर लागिन्। त्यसबेलादेखि कुहिरो लाग्न थाल्यो जसको कारण बालीहरु सप्रिन थाले।
यस्तै अर्को एक स्रोतअनुसार देव र असुरहरूको युद्ध हुँदा खेरी इन्द्रलाई नेता बनाई सबै देवताहरूले इन्द्रको जितकाे लागि १ ध्वजा निर्माण गरे र विधिवतरुपमा पूजागरि इन्द्रलाई दिए। उक्त ध्वजा इन्द्रले समातेका कारण त्यसलाई इन्द्रध्वजा भनियो र त्यही ध्वजाको कारण इन्द्रको जीत भयो। यसको खुसियाली सर्वत्र ३ लोकमा मनाइयो।.यो खबर पृथ्वीका राजा उपरिचर वसुले थाहा पाएपछि उनीले इन्द्रको आराधना गरे र वरदान स्वरुप इन्द्रध्वजा मागे। इन्द्रले उनको मनकामना पूरा गरिदिए। पछि युद्धमा जीत भयो र उक्त इन्द्रध्वजा हरेकवर्ष पुजा गर्ने चलन स्थापना भयो जुन परम्परा अहिले पनि छ।
प्रामाणिक रुपमा इन्द्रजात्राको उत्पत्ति कहिले भयो भन्ने क्रममा नेपालमा पाँचौंदेखि ७औं शताब्दीसम्म इन्द्रको महिमा बढेको पाइन्छ।८ औं शताब्दीदेखि इन्द्रजात्राको सुरुवात भएको हो। तर यसअघि पनि इन्द्रजात्रा मनाइन्थ्यो। तत्कालीन समयमा अगाडि इन्द्रजात्रामा इन्द्रलाई पूजा नगरी आजु भनिने देवतालाई पूजा गरिन्थ्यो। जसलाई पूजा गर्नुको मुख्य कारण पानी पारिदिनु भन्ने थियो।तर इन्द्रको उल्लेख भने थिएन। पछि संस्कृत बुझ्नेहरुले पानीका देवता त इन्द्र हुन् भनेपछि यस जात्रामा इन्द्रको महत्व थपिएको हो। यसै कुरालाई जोड दिँदै प्रसिद्ध इतिहासविद् गौतम बज्राचार्यका अनुसार, प्राचीन जात्रामा पहिला न इन्द्र थिए न त भैरव नै, उपत्यकामा संस्कृत प्रभावती दिएपछि मान्छेहरूले नेवारको प्राचीन देवतालाई ईन्द्र बनेर तोकिदिए र त्यसैगरी अर्काथरी मानिसले भैरवलाई जोडिदिए।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
सहकालका देवता इन्द्रको पूजा अर्चना सँगै जोडिएको यस जात्रालाई काठमाडौंमा १0 औं शताब्दीका राजा गुणकामदेवले चलाएको मानिन्छ भने कुमारी यात्रा भने अठारौं शताब्दीको मध्ये सुरुवात भएको मानिन्छ।यस जात्रामा लिङ्गो यः सिं ठड्याउने दबू, लाखे प्याख हलचोक भैरवको नाच पुलुकिसी जस्ता अरु कार्य पनि हुने गर्दछ।
![]() |
पुलुकिसी |
काठमाडौंमा मात्र नभएर आसपासका जिल्लामा पनि इन्द्रजात्रा मनाउने गरिन् हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याइन्छ। यसैगरी भक्तपुरको दोबाटोमा छोटो लिङ्ग ठड्याउने चलन छ। जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ र यसलाई इन्द्राका छोरा जयन्तको प्रतीक मानिन्छ।
यो जात्रा विशेषगरी ८ दिन चल्ने गर्दछ। नेवार परम्परा अनुसार भाद्र शुक्ल पक्षको दिन देखि आठ दिनसम्म मनाइने गरिन्छ। यस जात्राको मुख्य चिज लिङ्गो जसलाई नेपालभाषामा यः सिं भनिन्छ। उक्त लिंगो वसन्तपुर दरबारको कालभैरव अगाडि तान्त्रिक विधिअनुसार राखिन्छ। उक्त लिंगमा विभिन्न चिन्ह अंकित पाताहरु सजाईन्छ र सुनको जलप को इन्द्र विराजमान हातीको प्रतिमा राखेर पूजा अर्चना गरिन्छ। यसकाे इतिहास हेर्दा राजा प्रताप सिंह शाहले चलाएको मानिन्छ। यसैदिन हनुमानढोका दरबार क्षेत्रको श्वेत भैरवको मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिन्छ। लिङ्गो ठड्याइएको तीन दिनपछि बसन्तपुर दरबार क्षेत्रमा कुमारी, गणेश र आकाश भैरवको रथ यात्रा गरिन्छ। आठदिनसम्म राजधानीको हल्चोकको आकाश भैरव, भक्तपुरको महाकाली नाच, मजिपातको मजिपा लाखे नाच, दशावतार तथा इन्द्रको वाहन ऐरावत आदिको प्रतिको रुपमा पुलुकिसि नाच चलाउने परम्परा रहिआएको छ। यसै विशेष अवधिमा कुमारी घर गाडिरहेको त्रैलोक्य नारायण मन्दिरमा विष्णुको दशावतार समेत देखाइने गरिन्छ।
यस्तै काठमाडौंबाट करिब ७ किलोमिटर पश्चिममा पर्ने दहचोकमा रहेको इन्द्रदहमा रातभरी जाग्राम बस्ने चलन पनि रहेको छl जात्राको चौथो दिन भैरव र कुमारीको रथलाई कान्तिपुर नगरीको माथिल्लो भागहरु टोलबाट असन तिर परिक्रमा गराइन्छ र साझा बौद्ध धर्मावलम्बीहरुले वर्षभरिमा दिवंगत भएका आफन्तहरुको पाठ गर्ने गर्दछन्। उनीहरुले दियो दान गर्ने गर्दछन्, भने भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको त्रिविक्रमको मूर्तिमा पुजा गरने गर्छन्। उक्त मूर्ति मानदेवले विसं ५२६ मा उनकी आमा राजमाता राज्यवतिको पुण्य बढोस् पनि स्थापना गरेका थिए। यस कुराले यो जात्रा लिच्छविकालमा नै चल्याको प्रतित हुन्छ। यही जात्रा गोपाल राज बंशावलीमा पनि उल्लेख भयको छ। जसमा जात्राको मात्र उल्लेख छ र कुनै देवताको उल्लेख भएको छैन।
यस दिनदेखि इन्द्रको नाममा झ्यालमा बति बाल्ने चलन रहेको छ इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः पनि बसन्तपुर देखि नरदेवी, किलागल, असन, इन्द्रचोक, घुमि फेरि बसन्तपुरमा इन्द्रजात्रा सक्काउने चलन छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/cPkypiRUTM8
****FOLLOW US ON ****
https://www.instagram.com/ancient_nepal/
PC: https://www.facebook.com/pg/xthahsma/photos/?ref=page_internal
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/cPkypiRUTM8
***LIKE, SHARE AND SUBSCRIBE****
REFERENCES:
https://pragyaji.blogspot.com/
https://pragyaji.blogspot.com/2019/07/mukitinaths-history-and-glory.html
https://setopati.com/search?from=&search_text=इन्द्रजात्रा
https://ne.wikipedia.org/wiki/%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%
https://www.facebook.com/ourancientnepal/
Comments
Post a Comment