पाटनमा प्राप्त मानदेवकालिन अभिलेखको चर्चा (Mandeva Inscription from Patan)
पाटनमा प्राप्त मानदेवकालिन अभिलेखको चर्चा (Mandeva Inscription from Patan)
ललितपुरमा हालसम्म ४० भन्दा बढी लिच्छविकालीन अभिलेखहरु प्राप्त भएका छन्। यस्ता अभिलेखहरु विगमा घटेका घटना तथा विगतको सामाजिक परिस्थितिलाई बुझाउने गर्दछ यस्ता अभिलेखहरु पुरातात्विक, ऐतिहासिक र धार्मिक दृष्टिले निकै महत्वपूर्ण रहेका छन्।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
स्वथा पाटनमा २०५२ सालमा फेलापरेको अभिलेख मानदेवको समयको रहेको छ। वि.सं ५४६ पाटनको स्वाथा टोल भन्दा उत्तर दिशामा रहेको कृष्णमन्दिर ढाँचाको मन्दिरमा प्राप्त शिलालेख जुन देव मूर्ति आसामको जलहरि आकृतिमा रहेको छ। लम्बाइ १७५ सी र १३ सी चौडाई रहेको यस शिलालेख करिब ६ इञ्च बाक्लो आसनको अग्रभागमा अक्षरहरू कुदिएका छन्। लिच्छवी सम्वत् ४११ जेष्ठ महिनाको शुक्ल पक्ष त्रयोदशीका दिनको तिथिमा राखिएको यस अभिलेख ललितपुर जिल्लाको एक सर्वप्राचीन अभिलेख रहेको छ।
यस अभिलेख राजा मानदेव प्रथमको पालोमा राखिएको थियो। यसको स्थापना गर्ने शीलवती नामक एक धर्मात्मा केटीले राखेकी थिइन्। उनी त्यस समयको महाप्रतिहार भिम गुप्तको पत्नी थिएन। यस अभिलेख राख्नु को मुख्य कारण भने भगवतीको मुर्ति चढाइएको भनिएको छ। र भगवती देवीको पुजाको व्यवस्था राम्रोसँग गरी गुठी राखिएको छ।

![]() |
A Copy of Orginal Inscription |
oldest inscription of PATAN
OLDEST INSCRIPTION OF PATAN
उक्त अभिलेखको पाठ तल दिइएको छ:
पाठ
१.संवत ४११ ज्येष्ठ मासे शुक्ल पक्षे तिथी त्रयोदस्याम
तत्राज्ञापयति प्रभो गुण निर्धन थ्री मानदेवो नपो
साणां वरदामनुत्तम गुणां सर्वाभि बन्धवक्रमाम
२. शश्वत्पुण्याविवृद्धयेत्र विधिवत्संस्थापयामास स
भक्तया शीलवती प्रसन्न हृदयाभीमाभिमानि प्रिया
३. भगवत्यं देव्य सम्यक्कारण पूजादि क्रिया प्रवृत्तं नॉर्थ
विषयपति महाप्रतिहार भीमगप्तस्य भाया शीलवत्या
४. दत्तंचात्र वाहन पदिचिम प्रदेश दशोत्तर शतम्भमि ११०
'त्रिशस्थिकया पिण्डकम्मान्यष्ट पञ्चाशदिति ५८ ।।
अनुवाद:
सम्बत ११ ज्येष्ठ महीना शुनल यक्ष त्रयोदशी तिथिमा । गुणका खानिमा मालिक श्री मानदेव राजा आज्ञा गर्नु हुन्छ । सबलाई वर दिने उत्तम गण भएका
सबैले बन्दना गरिने भगवती देवीलाई बारम्बार पुण्य वृद्धि को लागि प्रमत्र हृदय
भएकी भीमाभिमानीकी पत्नी शीलवतीले सभक्ति ले विधिपूर्वक स्थापना गरिन ।
ती भगवती देवीलाई राम्ररी कारण पूजा चलाउना निमित्त विषयपति महाप्रतिहार
भीमगप्तकी पत्नी गीलवतीले बाहनको पश्चिम पट्टिको ३०० पाथी आयस्ताको
पिण्डक मानिका ५८ कुत लाग्ने भूमि ११० दिइन् ।

स्वाथा टोल |
यस अभिलेखमा प्राप्त मिति लिच्छवी सम्बद्द ४११ रहेको छ। जुन पशुपतिनाथमा रहेको त्रिशूल अभिलेख भन्दा एक वर्ष पछाडिको रहेको छ। यस अभिलेखबाट हामीले के थाहा पाउन सक्नु भने उक्त समयमा देवी हरुलाई पनि उत्तिकै प्राथमिकता दिने गरिन्थ्यो। मानदेव वैष्णव धर्म मान्ने भएतापनि उनी धार्मिक सहिष्णुता थिए भन्ने कुरामा दुई मत रहेको छैन। उनको चांगुनारायण तथा त्रिविक्रम मुर्ति स्थापनाले उनी बैष्णव र शिवलिङ्ग स्थापना साथै मान विहारको निर्माणले उनी बौद्ध धर्मप्रति पनि आस्था राख्थे भन्ने कुरामा यस अभिलेख उनी शाक्त सम्प्रदायमा पनि उत्तिकै रुपमा आस्था राख्दछ थिए भन्ने कुरा प्रमाणित हुन्छ। यसभन्दा अघि को अभिलेख विसं ५४५ मा पशुपति पञ्चदेवल प्रांगणमा शिवलिङ्ग स्थापना गरेका थिए। जसमा उनले बालकको पुण्य नबढोस् पनि स्थापना गरेका थिए। त्यसपछि प्राप्त यही अभिलेख जुन ललितपुरमा रहेको छ यसमा उनले भगवतीको मूर्ति स्थापना गराउन आज्ञा दिएका थिए। मानदेवका सबै भन्दा पुरानो अभिलेख वि.सं. ५१६को पशुपति प्रांगणमा प्राप्त भएको थियो। जुन खण्डित भएकाले व्यक्तिको नाम स्पष्ट छैन यद्यपि विष देवको उल्लेख पनि पाइन्छ।
यस अभिलेखमा पाटनलाई बिषय/ जिल्ला भनिएकाले उक्त समयमा पाटन राजधानी नभई एक जिल्ला रहेको थाहा हुन्छ। केही इतिहासकार क अनुसार मानगृह मंगलबजारमा रहेको अनुमान गरे तापनि यसअघि उक्त ठाउँमा मानगृह नभएको पुष्टि गर्दछ। किनभने जाहा मानगृह छ, त्यो ठाउँ कुनै जिल्ला या विषय नहुने कुरा इतिहासविद्हरु बनाउँछन्। जिल्ला वा विषय भनेको राजधानीभन्दा छेउको समिद्द ठाउँलाई भनिन्छ ना कि राजधानीलाई।
लिच्छवीकालमा विषयपति र महाप्रतिहार भन्ने एउटै व्यक्तिहरु हुने गर्दथ्यो। प्रतिहारको अर्थ राजदरबारको ढोके पनि बुझिन्थ्यो। यस अभिलेखमा उल्लेखित महाप्रतिहार विषयपति भिमगुप्त थिए। उनीहरुलाई अगं रक्षक वा राजा र अरु बिच संवाद गर्ने व्यक्ति पनि भन्ने गरिन्थ्यो।
भारतमा भने महाप्रतिहार भन्नाले राजाको हजुरिया थियो। भारतमा मन्त्रीले समेत राजासँग बोल्नुपर्दा प्रतिहारको अनुमति लिनु पर्ने कुरा भारतीय पुरातत्वविद् डि.सि साकारले बताएका छन्। तर लिच्छविकालीन नेपालमा भने राजाले जनताको लागि मुद्दा मामिलाको लागि भनेर खटाइएको महाप्रतिहार थियो। जो सँग केही अधिकार पनि हुने गर्दथ्यो। यसैगरी लिच्छविकालमा सर्वदण्डनायक भन्नाले प्रहरी तथा बलाध्यक्ष भन्नाले सेनापति बुझिन्थ्यो। जे होस न्यायिक कामहरु, न्यायाधीश कामहरु प्रतिहार ले गर्ने गर्दथिए। मानदेवको समयमा महाप्रतिहारका पदहरुमा विशेषगरी गुप्तहरु नै देखिन्छन्। तर अंशुवर्मा पछि भने बर्माहरु पनि थपिएका थिए।
यस अभिलेखमा भगवती देवीको कुरा गरिएको छ। देवी महात्म्यमा देवी भवानीको रुपमा स्तुति गरिने जसलाई असत्य माथिको विजयको प्रतीकको रूपमा देवी भगवतीलाई त्रिशूल तथा अन्य आयुधसँग नवदुर्गाको रुप पनि भनिएको छ। नेपालमा देवीहरूको उपासना निकै अगाडी देखि नै गरिन्थ्यो। सर्व प्राचीन मूर्ति नेपालको तराईको बन्जहरियामा प्राप्त भएको देवीको मूर्ति रहेको छ। साथै ललितपुरकै च्यासल हिटिको गजलक्ष्मी, हैगलबहालको मातृकाहरुको मुर्ति पनि निकै प्राचीन रहेका छन्। यस अभिलेखमा किटानी परेको देवी भगवतीको मुर्ती पनि प्राचीन भगवती मूर्ति मध्ये एक हो। लिच्छविकालमा बनेको पलान्चोक भगवती, विजयश्वरी भन्दा पनि यस मूर्तिको निकै पुरानो देखिन्छ जुन मूर्ति पाटनमा थियो भन्ने कुरा यस अभिलेखले प्रमाणित गर्दछ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/ID7PkF9ItZc

च्यासल हिटिको गजलक्ष्मी |
अन्त्यमा यसमा ललितपुर लिच्छवीकालमा एक जिल्लाको रुपमा रहेको थियो। जिल्ला भन्नाले राजधानी नजिकै या राजधानीबाहिर विकसित क्षेत्रलाई पनि बुझाउँदछ। यसको आधारमा लिच्छविकालमा ललितपुर निकै नै समृद्ध रहेको कुरा थाहा पाउन सकिन्छ। साथै लिच्छविकालमा बौद्ध धर्मको महत्वपूर्ण केन्द्र भएको यस पाटन देवीहरूको पनि उत्तिकै रुपमा पूजा गर्ने चलन थियो भन्ने स्पष्ट पार्दछ।
By:Pramod Basnet
(pramodbasnet039@gmail.com)
By:Pramod Basnet
(pramodbasnet039@gmail.com)
REFERENCES:
https://pushupatinath.blogspot.com/2019/04/blog-post_5.html
shyam.sundar.rajbanshi.lalitpur ko sabraprachin avilek.2052
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
Comments
Post a Comment