अन्तिम मल्लकालिन नमुना: सुवर्णद्वार/ लुः ध्वाका ( About golden gate of Bhaktapur) l Ancient Nepal


सुवर्णद्वार भक्तपुर राजदरबारको मुख्यद्वारको रुपमा रहेको छ। यस द्वार लाइ सुबर्द्वार भन्नुको मतलब सुनको ढोका भन्ने बुझिन्छ। मल्लकालको अन्तिम समयमा बनेको यो कला नेपालमा मात्र नभई विश्वभर प्रख्यात रहेको छ। पूर्वपट्टि पचपन्नझ्याले दरबार र पछिममा सिंहध्वाखा दरवारको बीचमा रहेको यस द्वारको उत्तर भागमा यमद्वार चोक रहेको छ भने दक्षिणमा ठुलो खुल्ला ठाउँ रहेको छ।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
 उक्त समयमा पाटनको निवाहरुले यस सुवर्णद्वारा नेपाल सम्वत ८७१ मा बनाउन सुरु गरी ८७४ मा सकेका थिए। यस द्वार बनाउन तीन वर्ष लागेको थियो। यद्यपि यसलाई रणजीत मल्लको पालामा बनाए तापनि यसको परिकल्पना भने नेपाल सम्बत ७६६ मा जगज्योति मल्लले गरेका थिए। उनले ललितपुरको क्वावहालबाट केहि निवाहरुलाई(गुणसिहदेव र भावदेव) भक्तपुरमा ल्याई सुवर्ण द्वारको सानो नमुना बनाउन लगाएका थिए। तर उक्त समयमा त्यस सुवर्ण द्वार बन्न सकेन। र  पछि जगज्योति मल्लकै पालामा ल्याएका निवाहरुको सन्तान नै रणजित मल्लको पालामा उक्त द्वारा निर्माण गरेका थिए। तत्कालीन समयमा रणजित मल्लले यो सुवर्ण द्वारा मनाउन बनाउनुको मुख्य प्रयोजन के थियो भने, त्यस समयमा विभिन्न प्रदेशहरुबाट धेरै कर उठेको तथा तिब्बतसँग पनि राम्रो व्यापार भएका कारण यसवर्ष त्यसबेला आर्थिक लाभ निकै रहेको थियो। साथै तिब्बतमा चाँदीका मुद्राहरू पनि धेरै प्रचलन बढेका थिए। जसको कारण नाफा भएको थियो र यहि बेलामा उनले सुर्वणद्वार बनाएका हुन्। उनले त्यस दिनदेखि आर्को एक थापुजा(पैष शुदी ५) पनि तलेजु मन्दिरमा थपेका थिए, जसको पूजाआजा हालसम्म पनि हुँदै आएको छ।

  पुर्खाहरुले सोचेको तर बन्न पाएको यस सुवर्ण द्वारा आफ्नो पालामा बनेका कारण रणजित मल्लले यो ढोका बनाइदिने कार्यगढहरुलाई जेतवर्ण महाविहार र  खैमाबहाल निर्माण गराए र केही जग्गाहरु पनि प्रदान गरेका थिए। यस द्वार मल्लकालीन दरबारहरु मध्ये केही विशिष्ट रहेको थियो किनभने अरु कुनैपनि मलद्वार हरुमा सुनको ढोका थिएन र प्रथम पटक यहाँ सुनको ढोका बनेका कारण उनको फूर्ति बढेको थियो। उनले उक्त समयमा उनको राज्यअन्तर्गत पर्ने उत्ततिरको प्रदेशहरू आफ्नै अधिकारमा आएको कारण उनले दरबारमा पत्निसंग एक कोटयाहुति यज्ञ गरे। त्यसैकारणले सुवर्णद्वारको अगाडि रहेको अभिलेखमा उनले उनको राज्य पूर्वमा नाल्दुम, पश्चिममा दुधकोसी र दोलखासम्म रहेको भनेर लेखेका छन्। यस सुबर्णद्वार मल्लकालको एक उत्कृष्ट नमुनाको रुपमा पनि देखिन्छ।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला
https://youtu.be/oAtykrh2qDw
   यस द्वारमा विभिन्न कलाकृतिहरू छन्। तोरणमा भित्र तलेजुको प्रतीक देखाउने वैष्णवीको मूर्ति छ भने दायाँबायाँ गंगा जमुनाका मूर्तिहरु रहेका छन्। यस सुवर्ण द्वारको तोरण मुनिको द्वारको दायाँबायाँ नै विभिन्न प्रकारका देवी देवताहरुको रहेका छन्। जसको बायाँमा माथिबाट काली, गणेश, भैरव, कलश, कुबेर र सिंह छन् भने बायाँपट्टि कालि, कुमार, भगवती, कलश, कुबेर र सिंह रहेका छन्। यस्तै मल्ल राजाहरूले आफुलाई भगवान रामचन्द्रका वंश देखाउनको रुपमा हनुमानको आकृति पनि ढोकामा राखिएको छ । यस्तै तीन वटा गजुर सहित अरु विभिन्न आकृतिहरु कुँदिएको यस सुवर्ण द्वारा मल्लकालिन कलाको एक उत्कृष्ट नमुनाको रुपमा आजसम्म पनि रहेको छ।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोला


If you don't have intrest in blog, then follow us on SOCIAL MEDIA:

REFERENCES:
shrestha puroshottam.suvarnaduar.Ancient nepal
sakhya.tej ratna.suvarnaduar ra neba sakhya

Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal