विष्णु र शेषनारायण उत्पति| Bishnu and Shikharnarayan | ANCIENT NEPAL


नेपालमा रहेका विभिन्न प्रख्यात वैष्णव मन्दिरहरूमध्ये शिखर नारायण मन्दिर पनि एक हो। शेषनारायण नामले पनि परिचित यो मन्दिर फर्पिङमा रहेको छ। पहाडको पहरामा शेषनागले झै ओढाएको जस्तै देखिने भएकाले नाम शेषनारायण रहन गएको हो । यस मन्दिरलाई हरिदत्त बर्माले निर्माण गरिएको मानिन्छ। साथै अन्य उपत्यकाका चार नारायण चागुनारायण, इचङ्गुनारायण, विशंखुनारायण र शिखर नारायण। यसै मध्यको शिखर नारायण प्राचीन मन्दिर हो। बिष्णु मात्र नभई यहाँ चामुण्डा पिठ, पद्मसंम्वबले तपस्या गरेको स्थान, शैव देवता आदि रहेका छन।तर पनि यो तिर्थ वैष्णव धर्मको लागि चर्चित रहेको छ।


पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 



वैष्णव धर्मको प्राचीनताको खुल्दै जाने हो भने यसको उल्लेख ऋग्वेद को प्रथम मण्डल पाँचौं अध्याय को २३औं सुक्तको १६औं देखि २१औ मन्त्र सम्ममा विष्णुको वर्णन गरेको पाइन्छ। यसबाहेक ऋग्वेदमा अन्य कुनै ठाउँमा पनि विष्णुको उल्लेख भएको छैन। ऋग्वेदमा थोरैमात्र उल्लेख भएतापनि पछ्याएर यसको महात्मा ठुलै बढेको पाइन्छ। पछि महाभारत काल तथा पुरानो कारण समयमा आइपुग्दा विष्णुको महिमा निकै धेरै भएको पाइन्छ।


 नेपालको सन्दर्भमा वैष्णव धर्मको विकास हेर्ने हो भने रामायणमा जनकपुरको उल्लेख तथा विष्णुको वराह रूप बराह तीर्थमा त्यागेको कुराले वैष्णव धर्म नेपालमा निकै पहिला नै फस्टाएको पाइन्छ। भागवत पुराणमा किराँतहरुले पनि यो धर्म अपनाउन थालेका कुराहरु पाइन्छन् तथा हरिशकर यात्रामा किराँतको सहभागिले पनि किराँतकालमा यो प्रख्यात थियो भन्ने बोध हुन्छ। हिमवत्खण्ड पुरानको नेपालमाहात्म्यमा श्री कृष्णले काठमाडौंमा आइ दहको पानी बगाएको तथा कृष्णका पुत्र प्रधुम्नले फर्पिङको शिखर नारायणको स्थापना गरेको उल्लेख पाइन्छ। साथै लैनसिहं वाङदेलकोले पाटनको च्यासल हिटीमा अवस्थित गजलक्ष्मिको मुर्ति प्रथम तथा शताब्दीका मानेका छन्। जसबाट के प्रमाणित छ भनी प्रथम शताब्दी देखि नै नेपालमा वैष्णव धर्मको प्राचीनता थियो। यस्तै गोपालराज वंशावली का अनुसार राजा हरिदत्त बर्माले उपत्यकाको चार शिखरमा चार नारायणको स्थापना गरेका थिए साथै मानदेवले चांगु गरुडध्वजमा दोलागिरी स्वामीको पनि उल्लेख गरेका छन्। यस्तै मानदेवले विष्णु विक्रान्तका मुर्ति पनि स्थापना गरेका थिए। साथै अंशुवर्माको अभिलेखहरुमा पनि यश सम्बन्धी स्तुति परेको र धनकुटामा प्राप्त विष्णुको प्राचीन मूर्ति, बुढानिलकण्ठ जलाशय नारायण, कालीयदमन, हाँडीगाउँको सत्यनारायण मन्दिर आदि तथा विभिन्न अभिलेखहरुमा उल्लेख भएको जात्राहरूले वैष्ण्व धर्मलाई निकै प्राचीन देखाउँछ l


शिखरनारायणको उत्पत्तिबारे हिमवतखण्ड पुरानमा उल्लेख भए अनुसार कृष्ण भगवानले कामधेनु गाइको आज्ञा पाई गोपालेश्वर लिगंको स्थापना गर्नु भयो र गोपालेश्वरको आज्ञा पाई त्यही शिखरनारायण भएको पर्वतमा श्री कृष्ण रहनु भयो भन्ने कथन रहेको छ। साथै कृष्णका पुत्र प्रद्धुम्नले नै शिखरनारायणको स्थापना गरेको कुरा नेपाल महात्म्यमा लेखेको छ। यो मन्दिर रहेको ठाउँ फर्पिङ हो जुन किराँती भाषा फणपिगंको परिवर्त रुप हो। र किराँतहरुले पनि वैष्णव धर्म मानेको कथन भागवत पुराणमा दिएको छ।  तर यकिनका साथ भन्न न सके पनि प्राय इतिहासकारहरु भने नेपालामा मुर्ती तथा कलाकृतिको स्थापना लिच्छविकालकालदेखि मात्र भयको मान्द्छन। र यसै अनुरुप चार नारायाणको स्थापना राजा हरिदत्त वर्माले चार शिखरमा गरेको मानिन्छ।  यही आधारलाई मान्ने हो भने पनि यस शिखर नारायण मन्दिर निकै प्राचीन रहेको देखिन्छ।


वैष्णव धर्मले विष्णुलाई राजा, नेता तथा लोकप्रिय देवताको रुपमा हेर्ने भएका कारण विष्णुको अवतारलाई व्यापक रुपमा उपासना गरेको पाइन्छ। जसकारण किरात, हुण्ड, खस जस्ता विभिन्न जातिहरूले उनलाई पुज्ने गरेको बिबरण पाइएको छ। शिखर नारायण यसको अपवादको होइन। यसरी शिखर नारायणको क्षेत्रमा शैव, शाक्त, बौद्ध आदि विभिन्न सम्प्रदायलाई स्थान दिएर सर्वधर्म तथा धार्मिक सहिष्णुता अपनाएको छ। नेपालमा वैष्णव धर्मको विकासमा यस शिखर नारायण मन्दिरले ठुलो भूमिका खेलेको छ र प्राचीन समयदेखि नै यस मन्दिरको  महिमा धेरै नै रहिआएको छ।


FOLLOW US:
REFERENCES:
  • Acharya.udhav, bhaishnav dharma ko itiash ra farping ko shikhar narayan
  • gawyali.suryabikram, nepal upatekako madhyakalin etiash,2016
  • regmi.dilliraman, mideval nepal,1965
  • https://www.youtube.com/watch?v=uFWEkYwqO-o

Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal