बिक्रमशिल महाविहार| Bikramshil Mahabihar, thamel | थं वहि, भगवान बहाल | Ancient Nepal


प्राचीन सहर काठमाडौंमा थुप्रै मठमन्दिर, बिहार, पाटी पैवाहरु रहेका छन् । यस्तै काठमाडौंका कलात्मक धरोहर  मध्य  माथिल्लो भेगमा रहेको बिक्रमशिल महाबिहार छुट्टै बिशेषता भएको महाविहार हो।  थं वहि, भगवान बहाल, धर्म धातु विहार, सिहंसारथक विहार आदि नाम पनि प्रख्यात यस विहारको मूल नाम भने थं : बहिल नै मानिन्छ। नेवारीमा थं को अर्थ माथिल्लो बुझैन्छ भने वहिल सानो बौद्ध मन्दिर मानिन्छ । हाल यो विहार रहेको ठाउँलाई ठमेल भन्ने गरिन्छ। जुन नाम यहि विहारको नामको अपभ्रंश भई ठमेल रहन गएको हो।
https://youtu.be/og-WWoQMwt8

 काठमाडौंको उत्तरी भागमा रहेको यस बिहार १०४० देखि १०४१ मा भानुवर्माले निर्माण गरेको बिश्वास गरेता पनि यस अघि नै यस विहार रहेको पुष्टि भएको छ। यस बिहार को निर्माण ११औ शताब्दीमा भएको अनुमान गरिए तापनि यो भन्दा निकै अगाडि देखिको प्रमाण भेटिएका छन। यहाँ रहेका थुप्रै चैत्यहरु लिच्छवीकालदेखिका रहेका छन्। यस विहारमा जनै पुर्णिमाको आसपासमा ८ दिन सम्म बहालको  नामक भण्डारको मुर्ती देखाउने गरिन्छ।


 यस विहारमा ५००० मान्छेहरू अट्ने ठाउँ रहेको भनिन्छ।  नेपालमा रहेका विभिन्न विहारहरु माध्य प्रधान समूहले चलाउने यो एक मात्र विहार हो। प्रधानहरु यस स्थलको मूर्तिलाई कुल देवताको रुपमा मान्दै आइरहेका छन्।

श्रीज्ञान अतिशा दिपङ्कर नामक महान बैध्द ज्ञानी भोट जान लाग्दा केही वर्ष स्वयम्भुमा र केही बर्ष यो विहारमा बस्नु भएको थियो। उहाँले नै बिक्रमशिल समन्धि विषयको नियमहरु लागु गरे त्यसको सिद्धान्तहरु यहाँ पढ्नु भएका कारण यसको नाम बिक्रमशिल महाविहार रहन गएको मानिन्छ। प्राचीन समयमा यस महाविहारको निकै प्रसिद्ध रहेको थियो। उक्त समयमा यस क्षेत्रलाई छुट्टै स्वतन्त्र रूपमा गनिन्थो। यस क्षेत्रका लागि छुट्टै कुमारी राख्ने चलन तथा यहाको कर पनि यहि नै उठाइन्थ्यो। यस महाविहारमा सन्धिपत्र धर्म, ताम्रपत्रहरु भेटिएकाले यसबाट पनि के पुष्टि हुन्छ भने निकै पहिलाको समयमा पनि यस महाविहारको निकै ख्याति थियो। त्यसैले यस बिहारलाई साक्षी मानी राजकीय सन्धिपत्रहरु गरिन्थ्यो।

 यस विहारको मुख्य मूर्ति कसैले पनि छुनु हुँदै भन्ने प्रावधान रहेको छ। यदि छोइयो भने शान्ति स्वती पुजा गर्नु पर्ने नियम रहेको छ। पूर्वतिर रहेको मुख्यद्वार रहेको यस बिहारको तीनतिर अन्य ढोकाहरु रहेका छन्। यसको मुख्य देबता स्वर्ण मूर्ति रहेको छ। यस मूर्ति १६६० साल पछिको हो भन्ने कुरा त्यहा भएको ताम्रपत्रले प्रमाणित गर्दछ।

  विभिन्न अनुसार अनुश्रुतिहरु मध्ये सिंह सार्थकको कथा  यहाँ निकै प्रयोग भएको पाइन्छ। सिंह शारथ नाम गरेका युवराज भोट पुगेर त्यहाँ दुःख पाइ फर्केको कुरा र सोही समयमा यस विहारमा आएर बसेको कुरा परेको छ।


यस विहारको मुख्य आकर्षण भने यहाँ रहेको अष्टसाहस्रिका प्रज्ञापारमिता रहेको छ। यो स्वर्ण अक्षरमा लेखित ग्रन्थ रहेको छ। रञ्जना लिपिमा लेखिएको यस ग्रन्थ मञ्जुश्रीले नै लेखिएको मानिन्छ।
 जब भारतमा मुसलमानको आक्रमण भयो तब त्यहाँ भएका ठूला बौद्ध विद्वानहरुले आफ्नो साथ निकै महत्वपूर्ण पुस्तक लिएर आएका थिए। विद्वानहरूले यसता गोप्य हस्तलिखित पत्रहरु नेपाल लिएर आए। येस्तो महत्त्वपूर्ण ज्ञान नेपाल भित्रेको बखत यो ग्रन्थ लेखेको मानिन्छ।

  यसको ख्याति यहाँ मात्र नभई भारत तथा चीनमा रहेको छ। हरेक वर्ष यसको दर्शनका लागि निकै भक्तजनहरु आउने गर्दछन। यसको महत्व यति छ कि नेपालले राष्ट्रसङ्घको सदस्य बन्न पनि यहीँको ४-५ पन्ना नेपालको प्रतिलिपि स्वरूप नेपालको आफ्नै राष्ट्रिय लिपिको रुपमा प्रस्तुत गरेको थियो।

यो ग्रन्थ धर्मधातु महाविहारमा बसेर लेखिएको मानिन्छ। यो ग्रन्थ निलपत्रमा लेखिएको छ, जुन जरिबुटिबाट बनेको मानिन्छ। साथै यो पुस्तक काठमाडौंमा रहेका १८ महाविहार मध्य पाँच महाविहारले मात्रै यो ग्रन्थ पढ्न पाउनेछन्।
यो प्रज्ञापारमिता त्यस विहारमा कसरी आइपुग्यो भन्ने एउटा किंवदन्ती रहेको छ। जस अनुसार जब मञ्जुश्रीले काठमाडौंको पानी बाहिर निकाल्नु भयो तब उहाँले नागलाई यहि बस्न र ज्ञान लिन भन्नूभयो। मन्जुश्रीले नाल्न्दाबाट एक भिक्षु बोलाई शिक्षित गराउन आज्ञा दिनु भयो। शिक्षा देने नागार्जुन बुद्ध हुनुहुन्थ्यो। नागार्जुन बुद्धकै शक्तिबाट यहाँ रहेको सिंहसारथ नामक मानिस देवता भएका कारण यहाका देवता श्री सिंहसारथवाहुगरुड (दिपंङर) भय। त्यसैले यो पुस्तक यहाँ ल्याएर राखेको मानिन्छ।

केहीको भनाइअनुसार सिंहसार्थ नामक राजाले ठूलो योगदान गरेका कारण उनले एउटा शहर बसालेर भगवानलाइ खुशी पार्न यो विहार बनाए। पछी उनीलाई नै यहाँ भगवान मानेर पुजा गर्न थालियो।

विभिन्न समयमा भूकम्प तथा आक्रमणको मार खेपेको यस महाविहारको अहिलेको स्वरूप तेस्रो रुप मानिन्छ। विभिन्न पटक पूर्ण निर्माण हुँदै अहिलेको अवस्थामा रहेको छ। जब पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गर्नुभयो तब यस अन्तर्गतको थुप्रै जग्गा आफूले लिए तापनि लालमोहर लगायत केही जग्गा गुठीलाई दिनुभयो। त्यसकारण यहाँका मानिसहरूले कान्तिपुर आक्रमण गर्दा पृथ्वीनारायण शाहलाई सहयोग गरेका थिए भनिन्छ।


 यसको पूरा भाग पहिला ठूलो भएको तर अहिले खुम्चिँदै आएको देखिन्छ। विशेषता वहालसङ्गै रहेको कमलपोखरीमा हाल सपिङ्ग कम्पेक्स रहेको छ। राणाकालमा जितशमशेर राणाद्वारा यस कमलपोखरीको केही भाग कब्जा गरिएको थियो। तर हाल यस कमलपोखरी रुप भएको ठाउँमा छायादेवी कम्पेक्स रहेको छ। केशर समसेरले विसं १९७७ मा यस कमलपोखरी आफ्नो केशर महल भित्र राखे भने पछि केसरसंशेरको मृत्युपछि उनका छोराले यो पोखरी सुकाई त्यसमा खेती गरे।
 Subscribe here: https://www.youtube.com/channel/UCsm9zkQsrw6Zk59KB9M-tog
follow us on SOCIAL MEDIA https://www.facebook.com/ourancientnepal https://pragyaji.blogspot.com https://www.instagram.com/ancient_nep... Reference: rukmani pradhan. bikramshil mahabihar ek addhyan https://myrepublica.nagariknetwork.co... https://freepressnepal.com/2019/72752...



Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal