कहिले र कसरी बन्यो काष्ठमण्डप | how and when did kastamandap was made? | Ancient Nepal
काठ, माटो र ढुंगाबाट बनेको काष्ठमण्डप प्राचीन रहेको छ। नेपालको राजधानी काठमाडौको नामाकरण यसै प्राचीन सम्पदाबाट भएको मानिन्छ। शिव-पार्वती, गणेश, भैरव, गोरखनाथ, सरस्वती, नित्यश्वर,बुद्धि आदि थुप्रै देवी देवताहरु छन। यद्यपि यसको स्थापना कसरी भयो भन्नेमा थुप्रै मतहरु रहेका छ्न।
पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस
यसको स्थापनाको कुरा गर्ने हो भने, प्राप्त एक हस्तलेखित ग्रन्थ जसको नाम `श्री नाथ तिर्थावली´ रहेको छ। यसमा उल्लेख भएअनुसार लोयिपाद नाम गरेका एक सिद्धिले पोखरीमा बसेर एउटा मन्दिर बनाए। कैलासबाट एउटा ठूलो र गज्जबको काठ/थाम लिएर आए थिए। जसबाट उनले ४ वटा स्तम्भ बनाएर र ती चारवटा खम्बामा उनले मन्दिर बनाए भनिएको छ।
आर्को प्रख्यात किमंदन्ती अनुसार ८ औं शताब्दीमा काठमाडौँमा लिलाबज्र नामक सिद्ध गुरु थिए। उनको ख्याति तिब्बत तथा पूरै भारतबर्षमा फल्लिएको थियो। एक पटक सिध्दिकालिको जात्रामा जाँदा उनले सबैभन्दा अग्लो मान्छे देखे। उनले त्यो साधारण व्यक्ति नभएर कोही अरु दैबिय शक्ति भएको बुझे। त्यस ठुलो व्यक्तिलाई उनले समाइ राखे र पछि उनले सोधिनिधी गरे; तिमी को हो भने पछि तेस अग्लो व्यक्तिले म कल्पवृक्ष हु, म देउता हु भनि परिचय दिए। मलाई किन समात्यो भन्ने प्रश्नमा सिद्ध तान्त्रिकले एउटा वृक्ष पाउ जसबाट म बाटोमा हिड्ने बटुवालाई आवतजावत गर्दा सजिलोका लागि एउटा पार्टी बनाउँछु भने। यो सुनि त्यस कल्पवृक्षले एउटा ठूलो रुख दिइ मलाई जान दे भन्नू भयो। तर यस शक्तिशाली देवतालाइ राख्न उनले एक जुक्ती लगाए। जब नुन र तेलको भाउ बराबर हुन्छ तब मात्र जान दिन्छु भनी राखे। तर कहिल्यै पनि तेल र नुन बराबर भएन जसो कारण आजसम्म पनि यस देवस्थलमा वृक्ष देवता छ्न भने मानिन्छ।
यो मन्दिर कति पुरानो हो, त्यो कुरामा सधै विभिन्न मत आइरहेको छ। तर भुइँचालोले यस कुराकोलाई केही सहज बनाइ दिएको छ। यसको निमाण पहिलो पाँचौँ शताब्दी तिर भएको मानिन्छ। यद्यपि केहि काठका सामाग्री भने यो भन्दा पुराना छ्न। यस पछि अंशुवर्माको पाला सातौं शताब्दीमा बनेको देखिन्छ। त्यस्तै अर्को पुर्ण निर्माण ९ औं शताब्दीमा नेपाल सम्वत चलेको बेला भएको देखिन्छ। त्यसपछि एघारौं शताब्दीमा बनेको देखिन्छ। यसै समयमा यहाँ गुरु गोरखनाथको मुर्ती राखेको पाइन्छ। तस समयमा गोरखनाथका अनुयायी आइ यहाँ बसे। तर यो पाली भने निकै बलियो भएकाले आर्को पुण निर्माण गर्न परेन। तर पछि पनि आएको अरु समस्यमा यस्को केही भाग थप वा घटाउ गरियो। यद्यपि यो बेला बेला यस्को जिर्णउद्धार भइ नै रख्यो। त्यसपछि परी अहिले ९ सय वर्षपछि मात्र यो पूर्ण रुपमा निर्माण हुन लागेको हो।
यसको पहिलो उल्लेख १२ औं शताब्दीमा लेखिएको नामसङ्गीति एक ग्रन्थमा पाइएको छ। यसको अर्को उल्लेख बिं सं. १३००को 'परमार्थनामनामसङ्गीति' नामक गर्न्थमा रहेको छ। साथै १२औं शताब्दीका केही अप्रकाशित हस्तलेखित गर्न्थमा पाएको छ। अन्य उल्लेख मन्दिर कै भित्तामा रहेका ताम्रपत्र, शिलापत्रमा छ्न। त्याहा रहेका केही तामपत्र अझै पढ्न बाकी छ्न।
https://youtu.be/v4bNeIaoNQM
काष्ठमाण्डपको नाम कसरी रहन गयो भन्ने कुरा गर्ने हो भने एउटै काठबाट बनाइएको मण्डप हुनाले काष्ठमाण्डप भनियो। पहिला काठमाडौ दुई भागमा बाँडिएको थियो; कोलिग्राम र दक्षिण कोलिग्राम। तर पछि गुणकामदेबले यी दुवैलाई मिसाई काष्टमाण्डपपुरी भनि नाम राखे जुन पछि अपभ्रंश भई कान्तिपुर भयो। त्यसैबाट काठमाडौँ नाम भयो।काष्ठमण्डप भन्नाले एउटा मन्दिर मात्र नभई त्यसको वरिपरि रहेका अन्य संरचना सम्पदाहरु पनि पर्दछन्। जसमा मरु गणेश, मरुहिटी पनि रहेका छन्। यो टोलाई मरु भनिन्छ र मरु मनडपको अपभ्रंश हो। प्राचिनकालदेखि विभिन्न सम्पदाको नाम अनुसार ठाउँको नाम रहन गएको छ। जस्तै: इटुम्बहाल, स्वयम्भू,चावहिल, यसतै काठमाडौको नाम पनि यहि सम्पदाबाट रहन गयो।
Subscribe here: https://www.youtube.com/channel/UCsm9zkQsrw6Zk59KB9M-tog?view_as=subscriber
REFERENCES:
Ramesh Jung Thapa, Kastamandap, 1968
Shree Yogi Narhari Nath, Shandhipatra
https://www.setopati.com/cover-story/katha-ye:/189887
https://en.wikipedia.org/wiki/Kasthamandap
https://youtu.be/v4bNeIaoNQM
Comments
Post a Comment