बुढानीलकण्ठ | Buddanilkantha


बुढानीलकण्ठ 

काठमाडौंको उत्तर शिवपुरी डाँडाको फेदमा रहेको बुढानीलकण्ठ मन्दिर नामबाट नै यस स्थानको नाम बुढानीलकण्ठ रहेको हो। यस ठाउँमा बुढानीलकण्ठ नाम गरी जलाशयन नारायणको मूर्ति रहेको छ। काठमाडौँ उपत्यकामा विभिन्न समयका करिब १० प्राचीन जलाशय विष्णुका मूर्ति मध्ये यस मूर्तिलाई सबैभन्दा ठूलो मानिन्छ। राम्रो शरीर भएको, शङ्ख, चक्र, गदा र पद्मबिज लिएको, कानमा ठुला-ठुला कुण्डल, पाखुरामा बाजु र शिरमा मुकुट लगाएको देखिन्छ। यिनको चारहात मध्ये दायाँ हातमा चक्र र गदा लिइएको र बायाँ हातमा शंख र पद्मबिज देखिन्छ, यद्यपि कोहीले खरानीको डल्लो पनि भन्ने गरेका छन्। यसैकारण हरेराम जोशीले यस मूर्तिलाई हरिहरको मूर्ति मान्नुभएको छ। यद्यपि अरु इतिहासकारहरूले भने यस मूर्तिलाई नेपाली कलाको अनुपम नमूना भएको नारायण कै मुर्ती मानेका छ्न।



अब कुरा गरौं यस मुर्तीको नाम बुढानीलकण्ठ कसरी रहन गयो? 

एक किंवदन्तीअनुसार नीलकण्ठ नामक किसानले यसै क्षेत्रमा खेत खन्दा मूर्ति फेला पारेका कारण उनको नामबाट बुढानीलकण्ठ नाम रहन गयो भनेका छ्न। तर यस बुढानीलकण्ठ यसको प्राचीन नाम भने होइन। पृथ्वीनारायण शाहले काठमाडौं जितिसकेपछि मात्र यसलाई बुढानीलकण्ठ नाम राखियो भनिन्छ। 

यसभन्दा अगाडि यसलाइ नेवार भाषामा भुयुज: सि नाराद्यो: भनिने गरिन्थ्यो। साथै किराँतीमा चाहिँ साग्ङे् तोप्लिङ भनिन्छ भने ता पनि प्रमाण भने छैन। यसको प्राचीन नाम भोयु र भोयुव  रहेको कुरा यहाँ प्राप्त बिभिन्न अभिलेखहरू तथा वंशावली र ठ्यासपुमा प्रयोग शब्दहरुले थाहा पाउन सकिन्छ। यो कालान्तरमा यसको अपभ्रंश भई यसलाइ भुइजसी रहन गयो। हुन त धेरै मान्छेहरुले बुढानिलकण्ठको शिरमा बुद्धको मुर्ति रहेका कारण नाम बुढानीलकण्ठ रहन गएको पनि भनेका छन् तर यहाँ कुनै बुद्धको मुर्ती भने देखिँदैन कृतिमुख भएको मुकुट रहेको छ। बुद्धको मुर्ती भएको कुरा अफ्वा रहेता पनि यहाँ बिष्णुलाई थुप्रैले लोकेश्वर मानेर दर्शन गर्द्छ्न।



अब कुरा गरौं यस मूर्तिको कसले बनायो?

एक किंवदन्ती अनुसार सुर्यकेतु नामक राजा द्वापरयुगमा शिवपुर नगरमा बथे। उनी हरेकदिन बद्री र केदारनाथलाई हेर्न जाने गर्दथे तर पछि उनी बुढो भएका कारण या भनौ कुनै कारण छ नपाएका कारण उनले भगवानलाई आफ्नो नजिक आउन आग्रह गरे पछी बद्री केदार एकै ठाउँमा आइ यहाँ बसेको मान्यता रहेको छ।

 सर्वप्रथम हामीले ऐतिहासिक स्रोत खोज्ने हो भने केहि वंशावलीमा यसको उल्लेख रहेको छ। एक वंशावली अनुसार पहिले देखि रहेको यस मुर्ती वृषदेवको पालामा भूकम्पले  शतरुद्र पहाड खसी पुरिएको र त्यसमाथि बगैंचा बनाएको थियो। त्यसपछि उनका नाति धर्मदेव्ले यसलाई निकाले र पूजा गरे। तापनि पछि पहाड फेरि खसे पछि दस पुस्ता पछिला बिष्णु गुप्तले फेरि निकालि पूजापाठ गर्न लगाई भनेको छ। यद्यपि यो कुरामा सत्यता देखिँदैन र गोपालराज वंशावलीमा पनि आर्कै कुरा रहेको छ। अर्को एक वंशावलीअनुसार तथा विभिन्न ठाउँमा जयस्थिति मल्ल र प्रताप मल्ललाई विष्णु भगवानको अवतार मानिएको छ। यसले हामी के अनुमान गर्न सक्छौं भने सायद जयस्थिति मल्लको पालामा पुरिएको बुढानीलकण्ठ किसानले भेट्टाएको हुनुपर्दछ। त्यस्तै केही पुस्ता पछि फेरि पुरियो र प्रतापमल्लले फेरि यस मूर्ति भेट्टाएको हुनुपर्छ। सायद प्रताप मल्लले कालीयदमन जस्तै यो मूर्ति पनि ल्याउन खोजो हुन सक्छन्। तर उनलाई सपनामा नै मुर्ति नलाग्नु पनि देखेका कारण उनले लगेनन् र हालसम्म पनि कुनैपनि राजा यस ठाउँमा आएनन। तर आर्को एक किम्दन्ती अनुसार रानी पोखरीमा बिना पुजा बुढानिलकण्ठको पानी राखेकाले सपनामा भगवानले अब देखि नआउनु भनेकाले नगएको पनि भनिन्छ।

Rani Pokhari, Kathmandu


गोपालराज वंशावलीको कुरा गर्ने हो भने यस वंशावलीमा 'विष्णु गुप्ताले नरशिह स्थानमा ठलो जलाशयी बिष्णु स्थापना गर्नुभयो र मन्दिर पनि बनाउनु भयो' भनिएको छ। यसलाई जोड दिने र प्रामाण गर्ने पुरात्त्विक प्रमाण भनेको यंगला टोल र भृङ्गारेश्वरमा रहेको सन ६४२ को अभिलेख हो। यस अभिलेख अनुसार त्यहाँका मानिसहरूले भगवान बिष्णुको मर्ती बनाउन लाएक ढुंगा तानेर ल्याएकोमा उनीहरुलाई करमा छुट दिएको भनिएको छ। र यस मुर्तिको सानो चोक्टा सन् १९५७मा जाँच गर्दा पनि यस ढुङ्गा उपत्यका बाहिरको पुष्टि भएको छ।

यस मन्दिरमा नारायण मात्र नभएर अरु विभिन्न देवीदेवता गणेश, शिव, सूर्य, मूर्तिहरू चारैतिर रहेका छन।




REFERENCE:
https://ne.wikipedia.org/wiki/बूढानीलकण्ठ_मन्दिर


Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal