पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal



 प्राचीन समयदेखि नेपालमा पाटि पौवा सत्तल तथा ढुङ्गेधाराहरु बनाउने चलन चलिरहेको थियो। नेपालको हरेक धार्मिक, सांस्कृतिक तथ ऐतिहासिक क्षेत्रमा मात्र नभई बाटोघाटोको छेउमा यस्तो पाटि तथा ढुङ्गेधाराहरु निर्माण गरेको पाइन्छ। यस्ता पाटी पैवाहरुलाइ नेवारी भाषामा चापा, चपाल, क्वाछें, फल्चा, फले, हिति, सत: आदि भनिन्ने गरिन्छ।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 


 सामान्य जिवनमा आराम गर्न वा पानी खान बनाएका  ढुङ्गेधारा, सत्तलहरु साधारण मात्र नभई कलात्मक र सुन्दर रुपमा बनाएका हुन्छन्। प्राचीन समयमा यस्ता पाटि पौवा ढुङ्गेधाराहरु राजा महाराजाले मात्र बनाउने भएतापनि समयअनुसार साधारण मानिसहरुले पनि बाटोको छेउमा पाटी पौवा र त्यसको नजिक पानी बग्ने ढुंगेधारा बनाइएको देखिन्छ। हुन त साधारण तया यस्ता पाटी पौवाहरु आराम गर्न बनाइन्छ। बाटोमा हिँड्ने बटुवाहरु गाह्रो हुँदा थकाइ मार्ने ठाउँको रुपमा पाटी पैवा तथा सत्तललाई लिन सकिन्छ। तर त्यस्ता धार्मिक तथा ऐतिहासिक पाटीपौवामा बृद्धबृद्धाहरु बसेको देख्न सकिन्छ। उनीहरु बिहानदेखि बेलुकासम्म यहि नै बस्ने गर्दछन् भने यहि स-साना बालबालिकाहरु खेल्ने गर्दछ्न। यतिमात्र नभई विभिन्न भोज भतेर तथा दुख सुखको कुरा गर्ने ठाउँको रुपमा पनि स्थापित छ्न यस्ता पाटी। यस्ता सत्तलहरुमा धार्मिक यात्रा गर्न आएका भक्तहरु बस्ने गर्द्थे। उनिहरु महिनौ सम्म बस्थे। यो चलन अहिले पनि पनि रहेको छ। बिशेष गरि भारतबाट शिवरात्रीका अवसरमा आएकाहरु यस्ता पाटी र सत्तलहरुमा बस्ने गर्दछ्न। अझ कोहीको जीवन यहीबाट सुरु हुन्छ भने कोही कोहीको जीवन यही नै समाप्त हुन्छ।


यस्ता पाटीपौवाहरु बनाउँदा धेरै ख्याति कमाउने तथा धर्म हुन्छ भन्ने आस्था रहेका कारण यस्ता पाटीपौवाहरु अहिले पनि बनेको पाइन्छ। यद्यपि यस्ता पाटीपौवाहरु बनाउने मात्र होइन कि यसलाई संरक्षण गरेमा झन् राम्रो हुन्छ भन्ने मान्यता रहेको छ। जस कारण यहाँ देवाता पनि राखी संरक्षक गर्ने गरिन्छ। आज पनि काठमाडौ उपत्यकाको गल्ली गल्लिमा यस्ता कलात्मक नमुना देखन सकिन्छ। यस्ता सम्पदा काठमाडौँ उपत्यकामा मात्र सिमित नभई काठमाडौँ उपत्यका बाहिर सांगा, बनेपा, नाला, पनौती, धुलिखेल, भोजपुर, सुनसरी, दोलखा, नुवाकोट, गोरखा तथा अन्य थुप्रै जिल्लामा देखन पाइन्छ। धार्मिक होस या सास्कृतिक वा इतिहासिक, जे कुरामा भए तापनि यस्ता सत्तल पाटी पौवा र नेपालको नेपालीहरूको आम जिन्दगीमा जोडिएको एक विषय हो जसको महत्त्व एकदम धेरै रहेको छ।यस्ता सम्पदामा देवी देवताहरुको मूर्ति देख्न सक्छौं भने अन्य कलात्मक बुट्टा। यसबाट यसको महत्व धार्मिक महत्व थाहा हुन्छ।

फल्चा (source: facebook)


अझ हालसालै यस कोरोना बढेको बेला क्वारेन्टाइन भन्ने कुरा सुन्न तथा प्रयोगमा आएको छ र पचाउन पनि अलि गाह्रो भएको छ। तर प्राचीनकालदेखि नै यस्ता परम्परा यहाँ रहेको थियो। जसरी हामिकहाँ पहिलै थाह भएको कुरा लोप भइ सकेपछी अरुले सिकाउन्छ्न, यो क्वारेन्टाइन पनि त्यस्तै भएको छ। यहाका व्यापारीहरु जब लासां तथा अन्य सहर बहिर जान्थे उनिहरु फर्के पछि क्वारेन्टाइनमा बस्नु पर्थो त्यो नि १४ दिन। यस्तै क्वारेन्टाइन असनको अन्नपूर्ण मन्दिर पछाडी रहेको छ जसलाइ यिति चपा भन्ने गरिन्छ। यस्तै अन्य ठाउँमा भने क्वारेन्टाइनको रुपमा सत्तल तथा पौवाहरु प्रयोग गरिन्थियो। प्राय यस्ता सत्तलहरु सहर छिर्ने बाटोमा हुन्थे भने संगै धारा पनि हुन्थे। जो कोहि सहरबाट भित्र छिर्न चाहान्थे उनिहरु नुहाएर वा हात खुट्टा धोएर मात्रै सहर पस्न पाउन्थे। उदाहरणको लागि झंग थकु हिति लिन सकिन्छ जाहा मानिसहरुलाइ नुहाए पछि मात्रै सहर भित्र छिर्न दिएन्थ्यो। यहाँ लामा वा पुरोहितहरुले पनि नुहाएर चोखो भए पछि मात्रै भित्र पस्थे। एक घटनाक्रम अनुसार राजा जगत प्रकाश मल्ललाई रोग लागेको थियो त्यसैले उनलाई अलग्गै सत्तलमा राखिएको थियो। जसबाट हामीले यसको महत्व बुझ्न सक्छौ।

 अब हामिले कत्ती बर्ष अधि देखि यस्ता सम्पदा निर्माण भए भन्दा सबैभन्दा पुरानो सत्तलको रुपमा काष्ठमण्डप लिन सकिन्छ जसलाइ ५ औ शताब्दी भन्दा अगाडीको मानिएको छ। अझ ढुङगेधाराको कुरा गर्ने हो भने अहिलेका आधिकाश धाराहरु लिच्छविकालका मानिएका छन। हाल सम्म प्राप्त सबै भन्दा पुरानो अभिलेख जहाँ धाराको उल्लेख आएको छ त्यो चाहिँ सन ५५० को हाडिगाउ अभिलेख हो।

 तर अहिले अहिले यस्ता कलात्मक तथा पुराना पाटीपौवा तथा ढुङ्गेधाराहरु नष्ट हुदौ गाई रहेका छ। पुर्ण निर्माणको नाममा बिगार्ने, सिमेन्ट प्रयोग गर्ने गरेका छन। कत्ती सम्पदाको माथि बाटो बनेका छन् भने कतिका माथि घर।

 

 पुरातत्व विभागले कुनैपनि ढुङ्गेधाराहरुको गन्ति गरेको छैन। जसको अनुसार ५७३ वटा धाराहरु रहेका छन्। त्यसमा पनि केही सुकेको र लोप भइ सकेका छन। त्यो पछिको गन्ती चाहिँ खै त? तर काठमाडौँ उपत्यकामा अझ धेरै ढुङ्गेधारा तथा पार्टीहरु छ्न। कोही पुरिएका, कोही नष्ट भएका छ्न तर यस्को कुनै लेखाजोखा रहेको छैन।

तर किन घटे त धार्मिक महत्वका चिजहरु? के मानिसहरुमा घमण्ड आएको हो कि देवता कमजोर भएका हुन त? 

पहिला-पहिला मान्छेहरु हिडेरै ठाँउ ठाँउ पुग्ने गर्द्थे। जस कारण थकाइ मार्न यी सत्तलहरुको प्रयोग हुन्थ्यो। र सगै धारा पनि हुन्थे जाहा  पानी खाइन्थ्यो । तर अहिलेको समयमा छोटो समयमा नै धेरै दूरीसम्म जान सकिने तथा गार्हो पनि नभएकाले यसको केही महत्व त हराएको होला तर सांस्कृतिक, सामाजिक, एतिहासिक महत्व भने घटेको छैन। यद्यपि बिकास र शहरीकरणको नामले यी सम्पदाहरु चपेटामा पारेका हुन। तर पनि सपिङ कम्प्लेक्स तथा डिस्को बनेता पनि यहाँ मानिसहरु जात्रा तथा चाडपर्वमा नै रमाएका छ्न।

२००७ साल अघि नेपालमा अरु देशबाट कम नै मानिसहरु आउन्थे। त्यसैले बाहिरी प्रभाव कम नै थियो। काठमाडौ उपत्यकामा रहेका मानिसहरुलाई सबै सुबिधा यहि थियो। उनीहरु खेतीकिसानी गन्ने गर्थे। बाहिर जाने काम परे पनि फर्किदा क्वारेन्टाइनमा बसि स्वास्थ भइ मात्रै घर आउन्थे। यहाँ नजिकै वाहा, वही, विहार, मन्दिर, डबली तथा साना साना चोकहरू भएकाले खुल्ला ठाउँहरु रहन्थ्यो र घरमा वा टोलमा बस्दा पनि खुल्ला ठाउँ हुन्थ्यो। र यहाँ उनीहरु दिन बिताउने गर्थे र उनीहरुलाइ शहर बाहिर जाने त्यति काम पर्ने थीएन। आजसम्म पनि भक्तपुरका कति वृद्धहरु काठमाडौ सम्म पनि पुगेका छैन्न।


 तर २००७ सालपछि भने बिदेशीहरु थुप्रै आउने क्रमले उनीहरूको रहनसहन देखियो र त्यस अनुसार परिवर्तन भयो। बिदेशी मात्र नभई उपत्यकामा नेपालको विभिन्न ठाउँबाट पनि मानिस जम्मा भए। साथै यस्ता धार्मिक महत्व बोकेका पाटीपौवाहरु पनि विस्तारै विस्तारै घढ्दै गए र यही क्रममा नै शहरीकरणको नाममा विकासको नाममा यस्ता महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक पाटि ढुङ्गेधाराहरु लोप हुदै गइरहेका छन्। तर त्यही बिदेशीहरु भने यी सम्पदाहरु देखेर छ्क्क पर्छ। उति बेलाको एक बिदेशी लेखकले नेपाल देवता र मानिसहरुसंगै बस्ने देश भनेका थिए। तर अहिले न मन्दिरमा देवता छन् न मानिसमा मानवता।


REFERENCE

ancient_nepal_152_05

https://www.youtube.com/watch?v=wUbXH_1ms-4

https://ekantipur.com/koseli/2019/06/29/156177569897546585.html?fbclid=IwAR2IprCsqsB-mzxk0B4caGpGZ7FFXzQrxKsxN99aOrpMj1-dDkOHwhPo1-k

https://www.khasokhas.com/44896

https://www.souryaonline.com/2019/03/231983.html

https://www.youtube.com/channel/UCsm9zkQsrw6Zk59KB9M-tog?view_as=subscriber

Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

किरातकालको पाटन दरबार | Patan Darbar | Ancient Nepal