येँया पुन्ही / इन्द्रजात्रा ( Indra jatra History) | Ancient Nepal
इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर इन्द्रजात्रा व्यवस्थापन समितिले यो वर्ष इन्द्र तथा कुमारी जात्रासहितका जात्रा नगर्ने निर्णय गरेको छ।
८ दिनसम्म चल्ने यस जात्रा विभिन्न नाचगान रथयात्रा गरी सम्पन्न गरिने इन्द्रजात्रा भव्य रूपमा मनाइन्छ। देबि पुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता ,हरिवंश पुराण, भविष्य पुराण जस्ता पुराण र रामायण महाभारत जस्ता महाकाव्यमा उल्लेख भएको लिंगो ध्वजा ल्याउने प्रचलन इन्द्रजात्रामा पाइन्छ।
किम्बदन्ती:
यस इन्द्रजात्राको किम्बदन्ती हेर्ने हो भने प्राचीन समयमा इन्द्रकी आमा वसुन्धराले व्रत पूर्ण गर्न पारिजात फूलको अभाव भएपछि इन्द्रले फुल खोज्दै जाँदा खेरी दरबार क्षेत्र नजिक फूल भेटाए र नसोदि टिप्न लाग्दा इन्द्रलाई चोर भनि बाँधेर राखे। धेरै समय सम्म पनि छोरा नआएपछि आमा वसुन्धराले एरावत हात्तीलाइ लिन पठाईन। यसरी एरावत हात्ती इन्द्रलाई खोज्दा भिडमा मानिसहरुलाई अफ्त्य्रो परेकोले उक्त हात्तीलाई पनि मानिसहरुले नियत्रणा लिए। पछि वसुन्धरा आफ्नो छोरालाई खोज्दै आइन् र छोरालाई बाधेर राखेको देखिन। उनले धानबाली समयमै पाक्ने गराइदिने र मरेकालाइ स्वोर्ग लाने वाचा गरि इन्द्रलाई छुटाएर लागिन्। त्यसबेलादेखि कुहिरो लाग्न थाल्यो जसको कारण बालीहरु सप्रिन थाले र मरेकालाइ स्वोर्ग जाने अवसर पनि मिल्यो। र अहिलेसम्म पनि रथजात्राको पहिलो दिन दागिं निकाल्ने परम्परा छ। दागिं निकालिसकेपछी, दिवागतहरु स्वर्ग जान्छन भनेर दागिंको पछि सतबिज छर्दै जाने चलन रहेको छ।
यस्तै अर्को एक स्रोतअनुसार देव र असुरहरूको युद्ध हुँदा खेरी इन्द्रलाई नेता बनाई सबै देवताहरूले इन्द्रको जितकाे लागि १ ध्वजा निर्माण गरे र विधिवतरुपमा पूजागरि इन्द्रलाई दिए जसलाइ इन्द्रध्वजा भनियो र त्यही ध्वजाको कारण इन्द्रको जीत भयो। यो खबर पृथ्वीका राजा उपरिचर वसुले थाहा पाएपछि उनीले इन्द्रको आराधना गरे र वरदान स्वरुप इन्द्रध्वजा मागे र पाए पनि । त्यस पछि उनको युद्धमा जीत भयो र उक्त इन्द्रध्वजा हरेकवर्ष पुजा गर्ने चलन स्थापना भयो जुन परम्परा अहिले पनि छ।
इतिहास:
प्रामाणिक रुपमा इन्द्रजात्राको उत्पत्ति कहिले भयो भन्ने क्रममा नेपालमा पाँचौंदेखि ७औं शताब्दीसम्म इन्द्रको महिमा बढेको पाइन्छ। र यहि समयदेखि इन्द्रजात्राको सुरुवात भएको हो। तर केहि इतिहासकार अनुसार यसअघि पनि इन्द्रजात्रा मनाइन्थ्यो । तत्कालीन समयमा अगाडि इन्द्रजात्रामा इन्द्रलाई पूजा नगरी आजु भनिने देवतालाई पूजा गरिन्थ्यो। जसलाई पूजा गर्नुको मुख्य कारण पानी पारिदिनु भन्ने थियो।तर इन्द्रको उल्लेख भने थिएन। पछि संस्कृत बुझ्नेहरु र हिन्दुहरूले पानीका देवता त इन्द्र हुन् भनेपछि यस जात्रामा इन्द्रको महत्व थपिएको हो। यसै कुरालाई जोड दिँदै प्रसिद्ध इतिहासविद् गौतम बज्राचार्यका अनुसार, प्राचीन जात्रामा पहिला न इन्द्र थिए न त भैरव नै, उपत्यकामा संस्कृत प्रभावती भएपछि मान्छेहरूले नेवारको प्राचीन देवतालाई ईन्द्र बनेर तोकिदिए र त्यसैगरी अर्काथरी मानिसले भैरवलाई जोडिदिए।
सहकालका देवता इन्द्रको पूजा अर्चना सँगै जोडिएको यस जात्रालाई काठमाडौंमा १0 औं शताब्दीका राजा गुणकामदेवले चलाएको मानिन्छ भने कुमारी यात्रा भने अठारौं शताब्दीको मध्ये सुरुवात भएको मानिन्छ।यस जात्रामा लिङ्गो यः सिं ठड्याउने दबू, लाखे प्याख हलचोक भैरवको नाच पुलुकिसी जस्ता अरु कार्य पनि हुने गर्दछ।
Comments
Post a Comment