मालश्री धुन ? | Dashain tune



विशेषतया दशैंमा बज्ने मालश्री धुन सास्कृतिक तथा प्राचीन रहेको छ। बाह्रमासे धुनमा पनि पर्ने यो धुन शरद ऋतुको प्रतीकको रुपमा मानिन्छ। यो मल्लकालीन समय हुँदै अहिलेसम्म मानिसको मनमा छाएको छ। विभिन्न प्रकारका बाजा गाजा प्रयोग गरिने भएकाले कहिलेकाहीं तालमेलमा फरक परे तापनि यसको मूल भने एउटै रहेको छ। हुनतः मानश्री नेपालमा मात्र नभई भारतमा पनि बजाउने गरिन्छ। धेरै संगितकारहरुले यसलाई कल्याणी थांट भने ता पनि नेपालको मालश्री भने  काफीथांटको रहेको छ। धिमे, खिं, पेंग, डमरु, दुन्दुभी आदि यसको बजाउने गरिन्छ। विशेषगरी भवानी र दैत्यको लडाइँ हुँदा बजाउने दुन्दुभी हनुमानढोकामा बजाइन्थ्यो। तर २०७२को भुकम्प पछि यो कता गयो कसैलाइ थाहा छैन।




केहि इतिहासकारहरुका अनुसार यसको उत्पत्ति मल्लकाल भन्दा अगाडी नै भइसकेको थियो। हुन त विभिन्न अभिलेखहरूमा हामीले देवतालाई स्तुति गरेको पाउँछौ र यो चलन लिच्छविकालमा पनि थियो। विभिन्न अभिलेख यसका प्रमाण हुन। त्यसकारण लिच्छविकालमा पनि भजन तथा यस्ता धुन थिए भन्ने कुरामा कुनै मतभेद रहेको छैन। त्यसैले यही आधारमा यो धुन पनि लिच्छविकालदेखि नै चलिरहेको अनुमान गरिएको छ। तर प्रामाणिक रुपमा हेर्ने हो भने पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा यो गित उत्पत्ती भएको थियो भनिन्छ। उनका केही केही गीतहरूमा मालश्री धुनको राग पाइएका छन्। साथै भक्तपुरका राजा जगज्योति मल्लको पालामा लेखित संगीतचन्द्र नामक पुस्तकका पनि यसको उल्लेख गरेको छ। जुन जितामित्र मल्लको पालामा परिवर्तित भएको थियो। यो आदारमा के अनुमान गर्न सकिन्छ भने यस्को उत्पति जहिले भएतापनि १६औं १७औं शताब्दीमा यो धुन बढी बिकास भएको पाइन्छ। हुनत यो संगितको बिकासक्रम मल्लकाल मै मात्र सिमित भएन। राजा रणबहादुर शाहले देवी प्रार्थनाको लागि पनि नुवाकोटमा दुईवटा मालश्री धुन बनाएका थिए। त्यसमध्ये एउटा अहिले पनि बजाएको पाइन्छ।

 प्रसिद्ध इतिहासकार सत्यमोहन जोशीको अनुसार महाअष्टमीको एक महिना अगाडिको अष्टमीदेखि नै यो धुन बजाउने गरिन्थ्यो। यसैगरी फुलपाती भैत्र्याउदा पनि यो बजाइन्छ। बसन्तपुर दरवार छेत्रमा रहेको नित्यनाथको मन्दिरमा बजाउने गरिन्थ्यो। इन्द्रजात्रा सकिएपछि इन्द्रलाई नै धन्यवाद गर्दै उक्त खुसियालीमा यस मालश्री धुन बजाइएको पनि भनिन्छ।

हुन त विभिन्न संगीतकारहरुको अनुसार पाँच 'श्री' रागिनिहरु मध्य यो पहिलो रागिनी हो। तर पछिल्लो समय स्त्रीप्रधान रागिनिलाइ पनि राग नै भनेर चिनिने गरेको पाइन्छ । तर यो स्त्री प्रधान राग नै हो। काठमाडौँ उपत्यकामा मात्र नभई देशभरकै विभिन्न ठाँउमा मालश्री बजाउने गरिन्छ तर ताल र केही आफ्नो पन भने फरक हुन सक्छ। तर राग भने एउटै हो।

यो दसौंमा मात्र नभइ चैतेदसौंमा पनि यसलाई डमरु सहित बजाउने गरिन्छ भने यस्का केही थांट होलिमा बजाउने संगितसंग मिल्छ। भारतीय उपमहाद्वीप बजाउने भएका कारण यसलाई शास्त्रीय संगीतको उपाधि पनि दिएको पाइन्छ। तर केही इतिहासकारहरु मालश्री नेपालबाट उत्पति भएको मान्छ्न। कारण के भने यसमा अष्टमातृकाको वर्णन पाइन्छ। नेपालमा दसौं नवदुर्गा भवानी संगै यहाँ रहेका अष्टमातृका पिठहरुमा पनि पूजा गरिने गरिन्छ। साथै विभिन्न अष्टमातृकाहरुलाई र दशमहाबिद्यालाइ पनि पुजा गर्ने गरिन्छ। त्यसकारण यो नेपाली सभ्यताको रुपमा मान्न सकिन्छ। अष्टमात्रिका नाच, महानवमी, तलेजु पुजामा मालश्रीसंगै वीर रसको प्रयोग गरिन्छ। 

सन्दर्भ सामग्री ः

https://youtu.be/q37yI7GwVqs
https://en.wikipedia.org/wiki/Malshre... https://www.imnepal.com/dashain-malsh... http://www.baahrakhari.com/news-detai... https://nagariknews.nagariknetwork.co... दर्नाल, नेपालीसङ्गीत-संस्कृति, ने.रा.प्र.प्र. २०४५ काठमाडौँं

Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal

किरातकालको पाटन दरबार | Patan Darbar | Ancient Nepal