घटस्थापना 2020 | Ghatstipana | Dashain | Ancient Nepal
दशैंको पहिलो दिन अर्थात नवरात्रीको आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदाकाको दिनलाई नै घटस्थापना भनिन्छ। यस दिन हिन्दु धर्मावलम्बीहरूको घरमा जमरा राख्ने गरिन्छ। साथै यो कार्य विभिन्न समुदायका मानिसले आफ्नै परम्परा अनुरुप मनाउने गर्दछ्न।
जमरा राख्दा घरनजिकैको तीर्थबाट बालुवा ल्याइन्छ। जसमा पञ्चमाटो विधिपूर्वक पञ्चधातु जाै छरेर घटस्थापना गरिन्छ। घटस्थापना गर्दा कलशमा पनि जाै रोपिन्छ। साथै कलशको वरिपरी नौ देवीको प्रतिमूर्ति स्वरुप गोबरको नौवटा देवीको वा नै वटा दुना राखि लेपन गरिन्छ। त्यसपछि आदि शक्तिको स्वरुपमा महाकाली, महालक्ष्मी र महासरस्वतीकोको आवान गरि पूजा गरिन्छ। नेपाली समाजमा कलशमा देवता आवान गर्ने कुरा नौलो होइन। र यसका पुजाहरु तान्त्रिक र वैदिक हुन्छन। केही पुरेतहरुको अनुसार पहिला जौ मात्र रोप्ने चलन थियो तर पछि मात्र अरू अन्नहरु रोपिन थालियो। हुन त अहिले बिना पुजा पाठको जमरा बजारमा सजिलै किन्न पाइन्छ जसले जमराको महत्त्व भन्दा नि करले गरेको झै देखाउन्छ।
![]() |
Vishnu from Changunarayan |
घटस्थापनामा कलशको निकै महत्व हुन्छ। अघि भने झै नेपाली संस्कृतिअनुसार कलशमा देवीदेवताहरुलाई आह्वान गर्ने गरि पुजा गरिन्छ। अष्टमंगल रुपमा भए पनि नेपाली घरहरू तथा शुभ कार्यमा कलश देख्न सकिन्छ। नेपालमा यसको सुरुवात निकै अघि देखि भएको पाइन्छ जहा लिच्छविकालदेखि नै कलशको पूजा गर्ने गरिएको पाइन्छ। राष्ट्रिय संग्रहालयमा रहेको पूर्ण कलश, राजा नरेन्द्रदेवले कलशमा मच्छिन्द्रनाथलाई ल्याउनुभएको तथा चाँगुनारायणमा रहेको श्रीधरको मुर्ती आदि थुप्रै कुराले यसको वकालत गदर्छन। यसै गरि यो कुरा मल्लकालमा झन व्यापक भएको देखिन्छ। तुलजा भवानीको स्वरुप, नवदुर्गा, दशमहाविद्या पिठ आदि शक्तिहरुलाई कलशमा राखेर पूजा गर्ने गरेको तथा यो पर्वलाइ विशेष महत्व दिने गरेको पाइन्छ। र हालसम्म पनि यो कुरा दशैंको मह्त्वले बोध गर्छ।
यस नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ। मार्कण्डेय पुराण अनुसार हिमालयकी पुत्रीको रुपमा शैली पुत्रको जन्म भएको थियो। जुन कथाअनुसार दक्ष प्रजापतिले गरिएको यज्ञमा महादेव र सतेदेवीलाई नबोलाइ यज्ञ गरे पछि बिना निमन्त्रणा नै सत्यदेवी गइन। यो देखि उसको बुबा दक्ष प्रजापतिले महादेवलाई निन्दा गरे जसको कारण सत्यदेवी आगोमा हाम फाली आफ्नो देह त्याग गर्नुभयो। त्यसैले अर्को जन्ममा सत्यदेवी शैलराज हिमालय र मेनका रानीको कोखबाट जन्म लिनु भयो। शैलिपुत्रिको जन्म पछि त्यस ठाउको महिमा बढ्नुका साथै पुण्य भुमी बन्यो।
![]() |
Sailaiputri from National Museum o Nepal |
यसै गरि जमरा रोप्ने कार्यलाइ नेवार समुदायमा न:ला स्वनेगु भन्ने गरिन्छ भने पारु भ्वय पनि मनाउने गरिन्छ। यो बेलामा बिशेष गरि देविको मन्दिर जाने चलन रहेको छ। यद्यपि काठमाडौंमा मुख्यतया यी देविको मन्दिर छैनन। तर पनि यहाँनेर रहेका शक्तिपिठहरूमा आदिशक्तिको दर्शन गर्ने घुइचो लाग्द छ। तर काठमाडौंमा पहिले-पहिले ९ तीर्थ घुम्ने चलन पनि थियो। जसमा शंखमूल, शोभा भगवती, गोकर्ण, कालमोचन, पचली, टोखा, देउपाटन, टेकु र ढोका टोल पर्द्छ्न। जुन विस्तारै लोप हुँदै गएको देख्न सकिन्छ।
वंदे वांच्छितलाभायाचंद्रार्धकृतशे
वृषारूढांशूलधरांशैलपुत्रीयशस्
पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा।
पटांबरपरिधानांरत्नकिरीटांनाना
प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम्।
कमनीयांलावण्यांस्मेरमुखीक्षी
वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम।
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम्॥
Instagrram: https://www.instagram.com/ancient_nep...
Youtube: https://www.youtube.com/channel/UCsm9...
Reddit: https://www.reddit.com/user/Ancient_N...
Blogger: https://pragyaji.blogspot.com/
Tiktok: https://vm.tiktok.com/ZSuveMFS/
Comments
Post a Comment