चिनमा पुगेको रन्जना लिपि (नेवारी) | Nepali Script in China | Ancient Nepal
नेपालमा कला र संस्कृतिको विकाससँगसँगै विभिन्न लिपिहरुको पनि विकास भएको पाइन्छ। विभिन्न लिपिहरु मध्ये नेपालको आफ्नै मौलिक लिपि रञ्जना हो। विशेषगरी नेपाल भाषा, संस्कृत भाषामा लेखिने यस लिपि नेपालले संयुक्त राष्ट्र सघंमा सदस्यता लिँदा खेरि नेपालकै भनेर दर्ता गरिएको छ। यो अत्यन्तै सुन्दर लिपि मध्री एक हो। यो लिपि नेपालमा मात्र नभई भारत,चीन, जापान जस्ता विभिन्न एसियाका देशहरुमा फैलिएको छ। यस्तै मध्य विशेषगरी यो चिन पनि प्रयोग भएको पाइन्छ।
हामीले चीनमा रन्जना लिपीको कुरा गर्ने हो भने चीन र तिब्बतमा यसको राम्रो प्रयोग भएको पाइन्छ। अहिले बौद्धगुम्बा तथा मन्दिरहरूमा सजावटका लागि मात्र भएपनि यसको प्रयोग भएको पाइन्छ। तर तिब्बतमा यसको प्रयोग निकै पहिले देखि भएको पाइन्छ। १३ औं शताब्दीमा ल्यान्डा नामले प्रख्यात रहेको छ जसको मुल संस्कृत हो। यस लिपि त्यहाँका विभिन्न मठमन्दिर तथा धार्मिक ग्रन्थहरुमा पाइन्छ। तिब्बतका अष्टसाहस्रिका प्रज्ञापारमिता सूत्र, बज्रचिन्दिका प्रजनापारमिता शुत्र, महाव्युत्पत्ति जस्ता ठूलाठूला धार्मिक पुस्तकहरूमा यस लिपिको प्रयोग भएको पाइन्छ। अझ एक चिनी राज मुकुटमा त `ॐ मणिपद्मे हुँ´ मन्त्र रन्जना लिपिमा लेखिएको छ।
तर आज हामी यसको अलावा चीनमा रहेको द ग्रेट वालमा रहेको रन्जना लिपिको बारेमा कुरा गर्न गईरहेका छौं। धेरै लामो रहेको यस ग्रेटवाल तथा विभिन्न राजाहरुले विभिन्न समयमा बनाएको हुन। तर रन्जना लिपिमा मन्त्र लेखिएको ठाउँ चाइ एउटा मात्रै रहेको छ। च्वीयुङक्वान ठाँउमा रहेको एक संस्कृत मन्त्र रन्जना लिपिमा लिखिएको पाइन्छ। यहाँ संस्कृत, तिब्बती, युगुर, फाग्दा, स्या, हान जस्ता भाषामा मन्त्रहरु लेखेका छन्। तीमध्ये संस्कृत भाषामा लेखिएको मन्त्र चाहि रन्जना लिपिमा लेखिएको देखिन्छ।
नेपालमै उत्पत्ति तथा विकास भएको रन्जना कसरी चीनसम्म पुग्यो भनेर प्रश्न उठेको पाइन्छ। रन्जना लिपि नेपालमा ११ औं शताब्दी तिर मात्र विकास भएको मानिन्छ। र यश पछि यो बिकाश भएको देखिन्छ। छोटो समयमै यो कसरी चीन पुग्यो भन्दा यस्को सम्बन्ध लिच्छविकालमा पुग्छ।
तिब्बतमा ७ औं शताब्दी तिर नेपाल र भारतबाट लिपिका पुस्तक र धर्म शास्त्र लगि त्या लिपि र धर्मको बिस्तार गरियो। नेपाल तथा भारतबाट विभिन्न मूर्ति तथा मूर्ति बनाउने प्रतिमा शास्त्रका किताबहरू लगिएको थियो। सातौं शताब्दीमा पनि भृकुटीले विभिन्न बौद्ध मुर्ति तथा महायानी किताबहरु लगिकि थिइन्। साथै नरेन्द्रदेव पनि त्यहाँ बस्दा खेरी उनीले महायान बौद्ध धर्मको निकै प्रचार प्रसार गरेका थिए। यसबाट के बुझ्न सकिन्छ भने तिब्ब्तमा रहेको तिब्बती लिपि र तिब्बती बौद्ध धर्म यता बाट नै गएको हो। यसैले उनिहरु संस्कृत भाषामा पनि मन्त्रहरु लगे र पढे। यो चलन पछि सम्म पनि चली रख्यो।
यस्ता हस्तलिखित ग्रन्थ तथा मन्त्रहरु लादा यहाँको लिपि मै लगिन्थ्यो। जब एघारौं शताब्दीमा रन्जना लिपीको विकास भयो तब बिस्तारै यो प्रख्यात हुँदै गयो। महायानी तथा बज्रयानी सम्प्रदायहरुले मन्त्रहरु लेख्ने थाले। तन्त्रवज्रयानका अनुयायीहरुले त यसलाई कुटाक्षर बनाई कालचक्र वा योगाम्बरको आत्मा स्वरूप मानी यसलाई बौद्ध दर्शनको रुपमा मान्न थाले। साथै यसलाई गोप्य रुपमा पूजा पनि गर्ने थालियो। यसको विकासक्रम यसैअनुसार हुँदै गयो।
चिनमा भने जब तेह्रौँ शताब्दीमा अरनिको चीन गए तब उनीले विभिन्न आकर्षक कलाकृतिहरू बनाए। जहाँ उनले अक्षरहरू प्रयोग गर्दा रन्जना लिपिको प्रयोग गर्नु भयो। अक्षरहरु हेर्दा हेर्दै लोभलाग्ने र सुन्दर भएका कारण यो चाडैं फैलियो र यसले चर्चा बटुल्यो। यसरी चीन पुगेको रन्जना लिपि अहिले पनि उत्तिकै चर्चित छ। हामी नेपाली बिर्सिदै छौं उनीहरु संरक्षण गर्दै छ्न।
References:
https://ne.wikipedia.org/wiki/%E0%A4%B0%E0%A4%9E%E0%A5%8D%E0%A4%9C%E0%A4%A8%E0%A4%BE_%E0%A4%B2%E0%A4%BF%E0%A4%AA%E0%A4%BF
https://en.wikipedia.org/wiki/Ranjana_script#cite_note-Jwajalapa-3
https://en.wikipedia.org/wiki/Tibetan_Buddhism#History
https://www.setopati.com/social/169701/?fbclid=IwAR11T4CGkVW7ZWxnuKs1lmlL1DazUXHKEFygPElVPf4hJbtytwbMEGY1pMM
Comments
Post a Comment