स्वयम्भूको आखाले के भन्छ? Meaning behind Swyambhu's eyes | Ancient Nepal



नेपालमा रहेका थुप्रै स्तुपा मध्ये विशिष्ट नमूनाका रुपमा रहेको स्वयम्भूनाथ काठमाडौंको उत्तर पश्चिम कुनामा रहेको छ। बौद्ध कला र वास्तुकलाको एक उत्कृष्ट नमुनाको रुपमा आजसम्म पनि रहेको यस सुन्दर कला हामी माझ रहेको छ। थुप्रै राम्रा-राम्रा कलाहरु रहेका यो तिर्थ स्थल बिशेषत बज्रयान मतको बिकाश केन्द्रको रुपमा देख्न सकिन्छ।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस 



स्वयम्भूको उत्पतिको बारे कुरा गर्ने हो भने थुप्रै खालका भनईहरु पाइन्छन। यसमध्ये स्वयम्भू पुराण जुन सम्भावत अभय मल्लको पालामा लेखिएको मानिन्छ, यसअनुसार सत्ययुगमा विपक्षी बुद्ध यहाँ आउनुभयो। र यस उपत्यका भने पानि भरिएको थियो। यस पानीले भरिएको नागदहको बिचमा उहाँले कमलको बिज रोप्नुभयो। त्यसको ६ महिनापछि अाशि्वन शुक्ल पूर्णिमाको दिन एक कमलको फुल फुल्यो र अलौकिक शक्ति उत्पन्न भई स्वयम्भूको प्रकट भयो। यही कारणले नै महामन्जुश्री यहाँ आइ पानी फाली यहाँ बस्न योग्य बनाउनुभयो। तर यदि हामीले यो कुरालाई मान्ने हो भने आज चार हजार वर्षअगाडि यसको उत्पत्ति भएको मान्न सकिन्छ।



 तर हामीले पुरातात्विक प्रमाण हेर्ने हो भने यसको निर्माण पाँचौं शताब्दीमा भएको मानिन्छ। केही इतिहासकारहरू तथा गोपालराज वंशावलीलेका अनुसार मानदेवका बाजे वृषदेवले यस स्वयम्भू चैत्यको निर्माण गरेका थिए। जसलाई गुं बिहार भनेर चिनिन्थ्यो। तर अन्य केही वंशावलीका अनुसार यसलाई भारतबाट आएका प्रचण्डदेवले बनाएका पनि भनीएको छ। यद्यपि यो कुरा पुष्टि नभएतापनि यहि क्षेत्रमा फेला परेको ५ औं शताब्दीको अभिलेखमा यस्को उल्लेख परेकाले यो उक्त समयमा बनिसकेको मान्निन्छ।


अब यस सुन्दर चैत्यमा रहेको आखाको बारेमा चर्चा गर्ने हो भने यो आँखा भएको ठाउँलाई हर्मीका भन्ने गरिन्छ। यसको चारैतिर दुई आंखा र एक प्रश्नवाचक चिन्ह जस्तै चिन्ह रहेको छ। यसलाई वैरोचन बुद्धको आखा मानिने गरिन्छ।  अदृश्य र गर्भ भित्र भएका कारण उहाँको आँखा यो भनी मानिन्छ। यस्तै प्रश्नवाचक चिन्हलाइ चाहि सुखावती मार्ग अर्थात स्वर्ग जाने बाटोको रुपमा पनि लिइन्छ। यद्यपि थुप्रै मान्छेहरुले भने यसलाइ थुप्रै अरु व्याख्या दिएका छन्। कसैले यसलाइ सुर्य चन्द्र भनेका छन्, कसैले यसलाई चार दिशामा हेर्ने लोकपालहरु वा पहरेदार भनेका छन् भने कतिले त यहाँलाई स्वयं बुद्धका आँखा हो जसले पुण्री पाप सबै हेरेरहनु भएको हुनुहुन्छ पनि भनेका छ्न।



तर अझ गहिरो भवमा भने केहीले यसलाई उपाय र प्रज्ञा भनेका छन्। उपया भनेको सबैमा बुद्ध बन्ने क्षमता छ तर जसले आफ्नो इच्छा र तृष्णा त्याग गरे पछि मात्र उ बुद्ध बन्न सक्छ भन्ने भुझिन्छ। यस्तै प्रज्ञा भनेको थाहा पाउनु हो। यो थाहा पाउनु कि  दुख यो संसारमा छ र हरेक कुरा परिवर्तन भैरहन्छ र हरेक कुरा सँगसँगै आत्मा पनि परिवर्तन भइरहन्छ त्यसैले यस्मा लगाव राख्नु हुदैन। र यो दुई कुरा जब मानिसमा प्राप्त हुन्छ उ सुखावती मार्गबाट निर्वाण प्राप्त गर्छ वा स्वर्गको मार्ग जान्छ।

यस्तो महत्त्व र गहिरो भव बोकेको यो आखा कहिलेदेखि बन्यो भन्ने कुरा भने पुष्टि हुनसकेको छैन। तर केही इतिहासकारका अनुसार यो सर्वप्रथम आदि बुद्धको मतले यहि स्वयम्भुबाट सुरु भएको हो। अरु स्तुपा तथा हिमाली क्षेत्रका थुप्रै ठाउँहरुमा यस्ता आँखा देख्न पाइन्छ जुन यहि स्वयम्भू कै सिको हो। 


______________________________________________ Follow us for daily content: https://vm.tiktok.com/ZSuveMFS https://www.facebook.com/ourancientne... https://www.instagram.com/ancient_nep... https://www.youtube.com/channel/UCsm9... https://www.reddit.com/user/Ancient_N... https://pragyaji.blogspot.com/ https://vm.tiktok.com/ZSuveMFS/

___________________________
References:

https://sacredsites.com/asia/nepal/swayambhu_stupa.html

https://nagariknews.nagariknetwork.com/others/170282-1549077540.html?click_from=category

https://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%AF%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A5%82%E0%A4%A8%E0%A4%BE%E0%A4%A5


Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal

किरातकालको पाटन दरबार | Patan Darbar | Ancient Nepal