Virūpākṣa के विरूपाक्ष कलि नै हुन् त

विरूपाक्ष, एउटा सबैले सुनेको कथा तर यथार्थ के हो?

बिरुपाक्षको कुरा गर्दा यस सम्बन्धी थुप्रै कथाहरु पाइएका छन्। अझ अहिले त युट्युबमा विभिन्नथरिका भिडियोहरु पनि पाइन्छन्, विरुपाक्ष बारेमा। तर ती भनाइहरू कहाँबाट आयो भने कुनै स्रोत खुलाएको हुँदैन र केही मिथ्या कुरा पनि थपेको हुन्छ। 

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस



विरुपाक्षको अर्थ के हो?

विरूपाक्ष कुनै किराती शब्द नभई संस्कृत शब्द हो। यसको उल्लेख वेद पुराणमा पनि परेको छ। यसको उल्लेख विशेषगरी रामायण कथा महाभारतमा रहेको छन। अन्य विभिन्न आयुर्वेदिक शास्त्रहरु र प्रतिमाशास्त्रमा पनि यसको उल्लेख रहेको छ। विरूपाक्ष शब्द 'विरूप' र 'अक्ष' मिलि बनेको शब्द हो। विरुप भन्नाले आकार नभएको यानि की निराकार; कुनैपनि आकारमा भएको हो। र अक्ष भनेको आँखा हो। विरूपाक्ष भनेको यस्तो आँखा हो जसको कुनै आकार प्रकार छैन। यसको व्याख्या गर्ने हो भने बिरुपाक्षको  अर्थ योग समाधिमा गैसकेको व्यक्ति भन्न सकिन्छ। सबै त्यागीसकेको व्यक्ति जो यो भैतिक शरीर भन्दा माथि पुगिसकेको छ। योगसाधना पछिको ठाउँमा पुग्न सक्ने जाहा भोक, तिर्खा, निन्द्रा केहि नलाग्ने ठाउँ छ त्यस्तो रुप देख्ने आँखालाई नै विरूपाक्ष मानिन्छ। त्यसैले आफुलाई चिन्न र यो मायावी दुनियाबाट निस्कन यो अँखाको जरुरत हुन्छ। त्यसैले विरूपाक्षलाई शिवको रुप मानी शिवमा लिन हुन पुकार्नु पर्ने देवताका रुपमा लिइन्छ। यद्यपि यसको अर्थ विभिन्न पुस्तक अनुसार फरक रहेको छ।

कहाका देवता हुन् विरूपाक्ष ?

विरूपाक्ष नेपालमा मात्र नभई भारतमा पनि प्रख्यात रहेका देवता हुन। भारतको हम्पी, कर्नाटकमा उनको सातौं शताब्दीको एउटा भव्य मन्दिर रहेको छ र दक्षिण भारतमा यिनको पुजा भव्य रुपमा हुन्छ। बिरुपाक्षको उल्लेख विभिन्न धर्म ग्रन्थहरुमा कतै दानव बताइएको छ भने कति ठाउँमा उनलाई भगवान नै बनाइएको छ। विश्वकर्मशिल्प नामक ग्रन्थमा उनी एकादश रुद्र मध्ये चौथो रुद्र हुन् भनिएको छ, भने रुपमामण्डल नामक  किताबमा उनीलाई दसौं रुद्र भनिएको छ। यस्तै रुद्रयमालामा भने उनलाइ ६४ भैरव मध्ये ८ औं भैरव मानेको छ। यद्यपि रामायणमा भनी उनीलाई राक्षस भनिएको छ। उनी रावण तर्फबाट रामसँग युद्ध गर्न गएको उल्लेख रहेको छ। यस्तै महाभारतमा भने थुप्रै ठाउँमा यिनको उल्लेख भएको छ। विशेषगरी चारवटा पर्वमा उनको उल्लेख भएको पाइन्छ।अहिले हामीले पढ्ने चर्चित पुस्तक स्वस्थानीमा  आउने कथामा पनि विरूपाक्षको उल्लेख रहेको छ। शिव पुराणमा उनलाई बिरभद्रको पक्षबाट दक्ष प्रजापतिका सेनाहरु मारेको भनेर लेखिएको छ। बिरभद्रका एउटा सेनाको टुक्राको नाइकेको रुपमा विरूपाक्षको उल्लेख रहेछको छ। यसरी बिरुपाक्षको नाउँ खोज्दै जाने हो भने त यस्ता थुप्रै हिन्दु मात्र नभई बौद्ध र जैन ग्रन्थहरुमा उसको नाम पाइएको छ। अझ सत्रौ शताब्दीमा हाल भारतको आन्द्र प्रदेशमा पर्ने एक गाउँको नाम नै विरूपाक्ष बन भनेर राखिएको । 

पशुपतिको विरूपाक्ष

यहाँ रहेका विरूपाक्षलाई थुप्रैले किराँती राजा मान्नुभएको छ। उनको जिउडाल हेर्दाखेरि पनि किराती राजा सँग मिल्ने भएका कारण उनलाई किराँती राजा मानिएको छ। यद्यपि विभिन्न इतिहासकारहरूले यसको समय पाँचौँ शताब्दी राख्नु भएका कारण यिनिलाई किराँती राजा मानी हाल्न मिल्दैन। यदि मान्ने हो भने लिच्छविकालमा पनि किन किराँती राजाको मुर्ती राखियो भनेर प्रश्न उठ्छ।

यहि सन्दर्भलाई जोर्दै केहि इतिहासकारको भनाइअनुसार यो मुर्ति पशुपति बन्नु भन्दा अगाडी नै स्थापना भइसकेको थियो। यो मूर्तिलाई किराँतेश्वर महादेव मानी पूजा गरिन्थ्यो। पछि पशुपतिनाथको महिमा बढ्दै गयो र यो मुर्ती ओझेलमा पर्यो।

अब यी सबै किमंदन्तीहरु हेर्दा एउटा निष्कर्षमा आइ पुग्न सकिन्छ। 

किरातेश्वर महादेवको कुरा गर्ने हो भने किरातेश्वर महादेवको स्थापना मानदेवकी रानी श्री भोगिनीले गरेकी थिइन्। श्री भोगिनी नागा जातकी थिइन भनेको जोशीले पुष्टि गरि सक्नु भएको छ। यसैलाई आधार मानेर विरुपाक्षको कथालाई एउटा छुट्टै दृष्टिकोणबाट बुझ्नसकिन्छ। 

विरूपाक्ष नागा समूहका एक राजा थिए। सायद मानदेवकी पत्निको बुबा वा दाजु भाइ जो राजा थिए। उनकै सम्झनामा भोगिनीले यस मुर्तीको स्थापना गरेकी हुन्।


अब यश कुरालाई अन्य किमंदन्ती तथा प्रचलित कथाहरु सग जोडै। हामी सबैलाई थाहा भएकै कुरा हो की नागा समूहमा हाड छाला सम्बन्ध पर्ने नाता (दाजुभाइ दिदिबहिनी ) यौनसम्पर्क हुने गर्दथ्यो। विभिन्न कथाहरुमा पनि हामीले विरुपाक्षको यस्तै कथा सुन्ने गर्दछौँ। जसबाट यो कुरा केही सम्म सत्य हुन सक्ने अनुमान गर्न सकिन्छ। यस कुराको उल्लेख हिमवत्खण्डमा पनि गरिएको छ। `विरूपाक्ष तिर्थयात्रा´ भनेर विरूपाक्षको वर्णन यसमा पाइन्छ। यद्यपि हामिले सुन्ने गरेको कथा जति लामो वर्णन भने छैन। हामिले सुन्ने गरेको कथासंग मिल्ने एउटा यस्तै कथा ग्रिकको किमदंन्तिमा पाइन्छ। Oedipus नामक त्यो कथाको धेरै अंश यस्मा मिलेको छ।

यस हिमवत्खण्डमा विरूपाक्षको निकै वर्णन गरिएको छ। बिरुपाक्षले नेमुनि ऋषिलाई भेटेर उनीले ६४ लिङगहरुको पुजा गरेको वर्णन गरिएको छ। विरूपाक्ष किरातेश्वर महादेव हुन र उनी पशुपति भन्दा अगाडिका हुन भन्ने कुरा चाहिँ यहीँबाट आएको हो। किनकी निमुनि ऋषिकै पालामा पशुपतिनाथको उत्पत्ति भएको र उनले नै नयाँ राजा बनाएका हुन। त्यसैले बिरुपाक्ष पशुपति भन्दा अघिका हुन र सायद पशुपतिको उतपत्ती पछिका पहिलो राजा यिनै हुन।

तर हिमवत्खण्ड खण्डमा भने त्यहाँ उल्लेख भएको विरूपाक्ष अन्तर्वेदी नगरका हुन भनेर लेखिएको छ। तर भाषा वंशावलीमा चाहि पशुपति आर्यघाटमा रहेको विरूपाक्ष नै यहाँ वर्णन गरिएको विरूपाक्ष हो भनेर लेखिएको छ।

विरुपाक्षको मूर्ति किन राखियो ?

अब हामीले विरुपाक्षको मूर्ति किन यही राखियो भनेर केही गहन अध्ययन गर्ने हो भने विरुपाक्षको मूर्ति पशुपतिको रक्षा गर्न राखिएको थियो। विरुपाक्षको एक काम भनेको सुन चादी जस्ता बहुमुल्य बस्तुको हिफाजत गर्नु पनि हो। पशुपतिको रक्षा गर्न विरुपाक्षको मूर्ति यही राखियो।

विभिन्न ग्रन्थहरूमा उल्लेख भए अनुसार, मन्दिर बनाउँदा अन्य देवताहरूलाई सुरक्षाका लागि राखिएको हुन्छ। यहाँ भने पूर्वपट्टि धृतराष्ट्र, पश्चिममा बिरुपाक्ष, उत्तरमा वैश्रवण र दक्षिणमा विरुधक राख्ने चलन रहेको थियो। यही चलनलाई नै व्याख्या गर्दै हरेराम जोशी लेख्नुहुन्छ धृतराष्ट्र गन्धर्व जातिहरुका राजा थिए। यसैगरी बिरुपाक्ष नागा जातिहरुका राजा थिए।  कुबेर या भनौं वैश्रवण यक्ष जातिहरुका राजा थिए र विरुधक कुमबाडना जातिहरुका राजा थिए। यी चारजना लोकपालहरु पशुपतिलाई चारवटा दिशाबाट रक्षा गर्ने गर्दथिए। यी राजाहरुले बिचमा पशुपति राखेर चार दिशामा आफ्ना आफ्ना राज्य चलाउन्थे। यसै अन्तरगतका बिरुपाक्ष भने नागा जातिका राजा थिए र राज्य चलाउन्थे। तर अहिले भने यो मुर्ती पुर्व पट्टि रहेको छ।

बिरुपाक्षको मूर्ति कहिले बनेको ?

विरुपाक्षको मूर्ति कहिले बनेको भनेर विद्वानहरुमा केही मत अन्तर रहेका छ। लैंसिह वागदेलले यस मूर्तिलाई ४औं शताब्दीको मान्नुभएको छ भने पि.पालले छैटौँ शताब्दीको मान्नुभएको छ। अन्य थुप्रै इतिहासकारहरुले भने ५ औ शताब्दी कै मूर्ति मानेका छन्। यदी यो कुरा सत्य हो भनी भारतमा भन्दा पनि पहिला नेपालमा पुराण अनुसारको यो मूर्ति बनेको पाइन्छ। यस्तै करिब  २०० वर्षपछि मात्र भारतमा विरुपाक्षको पूजा मुर्ती र मन्दिरहरू रहेको पाइन्छ। 

के यो मुर्ती कलि कै हो त ?

यो मुर्ती बिस्तार बाहिर निक्लदै छ र बाहिर आए पछि यो कलिको मुर्ती बागमतिमा हाम फाल्छ। त्यसपछी यो पृथ्वीमा प्रलय हुन्छ र सर्वनास हुन्छ भन्ने गलत प्रचार गरेको छ। मध्यकालि नेपाली समाजमा थुप्रै अन्धबिश्वासहरू थियो। त्यसैले मन्दिरमा अरु जातले मुर्ती छुनुहुन्न भनेर एक गलत कुराको प्रचार गरियो। जसले विरुपाक्षको मुर्ती छुन्छ त्यो कलि संगै भस्म हुन्छ भन्ने गरिन्थ्यो। र यहि कुरामा कुरा थपिदा थपिदा अन्य थुप्रै गलत कुरा आइ सकेका छन। यस्तै ठ्याक्कै मिल्ने कथा moai मा रहेका मुर्तिमा पनि चलेको पाइन्छ। र बि.स २०२२ तिर यो मूर्तिलाई चोर्ने प्रयास गरिएको थियो। चोरहरुले केही तल सम्म खनेको अवस्थमा भेटिएको थियो र पछि पहिलाको जत्ती नै पुरियो। यद्यपि अझैपनी यस प्राचीन मुर्तिको राम्रो सुरक्षा गरेको छैन।

भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस



______________

Follow us for daily content: https://www.facebook.com/ourancientne... https://www.instagram.com/ancient_nep... https://www.youtube.com/channel/UCsm9... https://www.reddit.com/user/Ancient_N... https://ourancientnepal.blogspot.com/ https://vm.tiktok.com/ZSuveMFS/

____________________________

REFERENCES:

वज्राचार्य धनबज्र, लिच्छविकालीन अभिलेख


Comments

Popular posts from this blog

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal

पाटि पौवा सत्तल तथा ढुङ्गेधारा | Ancient Nepal

किरातकालको पाटन दरबार | Patan Darbar | Ancient Nepal