नेपाली प्रेम दिवस होली | Nepali Valentine | Ancient Nepal
होलीलाई नेपालमा प्रेम दिवसको रूपमा मनाइन्छ। होलीलाई प्रहलादसँग जोड़े पनि नेपालमा भने यो परम्परा नरहेको देखिन्छ। नेपालको होली बिशेष कृष्णको लीलामा आदारित रहेको छ। हरेराम जोशीका अनुसार होली श्रीकृष्णका अनेक लीलामध्ये रासलीलासँग सम्बन्धित छ। हनुमानढोका दरबारभित्र मोहनकाली चोक छ। उक्त चोकमा काठमा कुँदिएको एक हातमा मुरली समाएर बसेका श्रीकृष्णको मूर्ति छ। साथै नौवटा विभिन्न मुद्रामा रहेका अर्धनग्न गोपिनीहरूको मूर्ति छ। होली पर्वको आरम्भमा त्यहाँ रहेका श्रीकृष्ण र गोपिनीहरूको मूर्तिमा अबिर छर्केर पूजा गर्ने चलन अझै छ।यसैगरी यो समयमा चाँगुनारायणमा हुने बंशगोपाल जात्रामा पनि कृष्णसँग रुक्मणी र सत्यभामाको रथ जात्रा गरिन्छ।
____________
Follow us for daily content: https://www.facebook.com/ourancientne... https://www.instagram.com/ancient_nep... https://www.youtube.com/channel/UCsm9... https://www.reddit.com/user/Ancient_N... https://ourancientnepal.blogspot.com/ https://vm.tiktok.com/ZSuveMFS/
____________________________


Comments
Post a Comment