नेपाली प्रेम दिवस होली | Nepali Valentine | Ancient Nepal



होलीलाई नेपालमा प्रेम दिवसको रूपमा मनाइन्छ। होलीलाई प्रहलादसँग जोड़े पनि नेपालमा भने यो परम्परा नरहेको देखिन्छ। नेपालको होली बिशेष कृष्णको लीलामा आदारित रहेको छ। हरेराम जोशीका अनुसार होली श्रीकृष्णका अनेक लीलामध्ये रासलीलासँग सम्बन्धित छ। हनुमानढोका दरबारभित्र मोहनकाली चोक छ। उक्त चोकमा काठमा कुँदिएको एक हातमा मुरली समाएर बसेका श्रीकृष्णको मूर्ति छ। साथै नौवटा विभिन्न मुद्रामा रहेका अर्धनग्न गोपिनीहरूको मूर्ति छ। होली पर्वको आरम्भमा त्यहाँ रहेका श्रीकृष्ण र गोपिनीहरूको मूर्तिमा अबिर छर्केर पूजा गर्ने चलन अझै छ।यसैगरी यो समयमा चाँगुनारायणमा हुने बंशगोपाल जात्रामा पनि कृष्णसँग रुक्मणी र सत्यभामाको रथ जात्रा गरिन्छ।

उपत्यकाका प्रमुख तीन शहरहरुमा गाइने विभिन्न दफा तथा भजनमा यहाँको संस्कृतिको झल्को पाइन्छ। वसन्तपुर र पाटनको कृष्ण मन्दिर अगाडी उठाइने चिरले कृष्ण र गोपिनीहरुको प्रेम देखौंछ। कृष्णले आफ्नो प्रेम रुपी जालले नग्न रुपमा गंगासँग लाज नमानी नुहाइरहेका गोपिनीहरुलाई लुगा रुखमा झुडाइ पाठ सिकाउनु भएको थियो। यही कुरालाई उतारी पाटन र बसन्तपुरमा चिर उठाने गरिन्छ। त्यस्तै भक्तपुरमा पनि तचपाल टोलमा रहेको भीमसेन मन्दिरमा लिङ्ग र योनी बनाई प्रेमलिला देखाइन्छ। यसबाट पनि हामीले के बुझ्न सक्छौ भने विशेषगरी काठमाडौ उपत्यकामा आजको दिनमा होलीलाई प्रेम दिवसको रुपमा पनि मनाइन्छ।



____________

Follow us for daily content: https://www.facebook.com/ourancientne... https://www.instagram.com/ancient_nep... https://www.youtube.com/channel/UCsm9... https://www.reddit.com/user/Ancient_N... https://ourancientnepal.blogspot.com/ https://vm.tiktok.com/ZSuveMFS/

____________________________

Comments

Popular posts from this blog

हरिबोधिनी एकादशी महिमा | Haribodhani Ekadashni

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal