भैरवनाथ मन्दिर भक्तपुर | Bhairavnath | Ancient Nepal


 भक्तपुरको टौमढी टोलमा रहेको भैरवनाथ मन्दिरलाई भक्तपुर शहरको केन्द्रविन्दु मानिन्छ। यस मन्दिरको निर्माण वि.स १०६२ मा निर्भयदेवले गरेका थिए। यही देवतालाई नै बीचमा राखेर पछि आनन्ददेवले १३ औं  शताब्दीमा भक्तपुर नगरको स्थापना गरेका थिए। सर्वप्रथम एक तल्लाको मात्र रहेको मन्दिरलाई राजा भूपतिन्द्र मल्लले बि स १७७६ मा दुई तल्ला थपी ३ तल्ले देवल बनाए। यस मन्दिरमा ७ औं शताब्दीको उमामहेश्वरको मुर्ती फेला परेकोले यो ठाउँ लिच्छविकाल मै महत्त्वपूर्ण रहेको थियो यहाँ रहेका भैरवलाई काशीको विश्वनाथ, आकाश भैरव वा नृत्यनाथ भनि पूजा गर्ने गर्दछन। देवमाला वंशावली अनुसार राजाले सर्प मारि देखाउने जात्रा गरे जहाँ काशीका विश्वनाथ हेर्न आएको थाहा पाइ तान्त्रिक गुरुहरुले समत्न खोज्नु भयो।यो देखि भैरव जमिन मुनि छिरी भाग्न खोज्दा उनीलाई पकड्न खोज्दा शिर मात्रा समात्न सके र त्यस बेलादेखि यहाँ राखी पूजाआराधना गर्न थालियो।उक्त भैरवनाथलाई वर्षको एकपल्ट बिस्केट जात्रामा बाहिर खटमा राखी जात्रा गर्ने चलन रहेको छ।यद्यपि सक्कली भैरवलाइ भने तामाको टोकरी भित्र राखी मूल पुजारी बाहेक अन्य कसैले पनि हेर्न तथा पूजाआजा गर्न नपाइने गरि राखिएको छ। १९९० सालको भूकम्पमा यस मन्दिर पूर्ण रुपमा भत्केको थियो र प्रधानमन्त्री जुद्धशमशेरले यसलाई पूर्ण निर्माण गरि  आजको स्वरुप दिएका हुन।यो मन्दिरका थुप्रै कलाकृतिहरु समय समयमा चोरी हुने गरेका छ्न।यहि भैरवनाथ उग्र भएकाले तह लगाउन यो मन्दिरको अगाडी सिद्धिलाक्ष्मीको पाच तल्ले मन्दिर स्थापना गरेको बिश्वास गरिन्छ।


Reference:

Kamkala Rahasjya, Dhana Shumsher J B R

BHAKTAPUR THE HISTORICAL CITY – A World Heritage Site, Professor Purushottam Lochan Shrestha

Comments

Popular posts from this blog

हरिबोधिनी एकादशी महिमा | Haribodhani Ekadashni

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal